अभिव्यक्तिबारे
गुरु कक्षाकोठामा प्रवेश गरे ।
छात्र : गुरु ! राम्रो अभिव्यक्ति कसरी गर्ने ?
गुरु : मसंग एउटा सुराग भने छ । तिमीलाई काम लाग्छ भने सुन; लाओत्सेले भनेका छन्, ' सुन्दर शब्द भरपर्दा हुँदैनन् र भरपर्दा शब्द सुन्दर हुँदैनन् ।'
त्यसरी नै कन्फुसियसले भनेका छन्, 'लिखतमा वाणीको उतार ठ्याक्कै कहाँ हुन्छ र ?! उसरी नै वाणीमा विचारलाई जस्ताको तस्तै कहाँ उतार्न सकिन्छ र ?!'
तिमीले आफ्नो सुविधामा छनौट गरे भयो ।
छात्र : गुरु ! मलाई त मुरलीको धुन मन पर्छ । युधिष्ठिर जस्तो दोचारे पनि हुनु नपरोस् । लिखत र वाणीमा संगति चाहिन्छ , तिनमा विचारको ताज होस् । अब मैले के गर्नु पर्ला ?
गुरु : तिमी छुल्याहा होइनौ भने दिलको भाषा बोल, सकेसम्म दिमागले उजिल्याउँ । मैले पढ़ा'को तिमी सब्बै बुझ्छौं र ?! न बुझे सोद्छौ । तिमेर्ले बुझेनौ भनेर न म दिक्दार हुन्छु न पढाउन नै छोड्छु । बाहिर म भन्दा राम्रा गुरु पनि छन् त्यो मलाई थाहा छ । तर तिनलाई पर्खने सुविधा हामीलाई कहाँ छ र ?! बस, अर्थ न बाङ्गियोस्, शब्द शृंगारमा म लाग्दिनँ ।
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
भारतमा वाम युगको अन्त्य
प्रतिक्रिया