सुपरइन्टेलिजेन्सको युग र भविष्यको बदलिँदो संसार

२०२६ को ह्वाइट हाउस सम्झौता र भविष्यमा परिर्वतन हुन सक्ने महत्वपूर्ण संकेत

मानवता एउटा दोबाटोमा आइपुगेको अत्यन्त संवेदनशील क्षणमा अमेरिकी राष्ट्रपति ट्रम्पले त्यो ऐतिहासिक निर्णय लिने साहसी कदम उठाएका छन्, जसका लागि उनलाई केवल २१औँ शताब्दीको महापुरुष भन्नु पनि अत्यन्त सानो उपमा हुनेछ। आउने भविष्यले उनलाई यसभन्दा उच्च सम्मान दिन कुनै पनि कन्जुस्याइँ गर्नेछैन। अहिले होस, त्यसबारे पछि चर्चा गरौँला।

ट्रम्पले के गरेका छन्? जसलाई ‘ह्वाइट हाउस सम्झौता’ भनिएको छ—
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छवटा प्रविधि दिग्गज कम्पनीलाई एउटै ठाउँमा ल्याएर ठूलो जिम्मेवारी दिँदै एआईको विकासका क्रममा आफैँले आफ्नै निगरानी गर्न भनेका छन्। यससँगै अमेरिकाले आफ्नो लागि एआईको नाम पनि परिवर्तन गरेको छ। अब अमेरिकाले एआईलाई एआई नभनेर ‘सुपरइन्टेलिजेन्स’, अर्थात् एसआई भन्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि दिएका सङ्केतहरूको कार्यान्वयन सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विश्वका ठूला प्रविधि कम्पनीहरू— गुगल, मेटा, एक्सएआई र एनभिडियाका प्रविधि महारथीहरूले नैतिक रूपमा बाध्यकारी प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। यसलाई ‘ह्वाइट हाउस सम्झौता’ भनिएको छ। अब एआई कम्पनीहरूले आफैँले आफ्नै निगरानी गर्नेछन्। उनीहरूले एआई प्रणालीहरू उन्नत बन्दै जाँदा आवश्यक सुरक्षा उपायहरू लागू गरिने कुरा सुनिश्चित गर्न पूर्ण प्रयास गर्नेछन्।

विशेषज्ञले के भने?

नयाँ परिवर्तन र नियमहरूबारे प्रविधि विशेषज्ञ डेभिडले भने—

“राष्ट्रपति ट्रम्प एकमात्र त्यस्ता नेता हुन् जसले चिप्स, डेटा सेन्टर र सुपर एआई निर्माण गर्ने विश्वका सबैभन्दा ठूला कम्पनीका मालिकहरूलाई एउटै टेबलमा ल्याउन सके। मलाई यो ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर मिल्यो, जब यी ठूला एआई कम्पनीका प्रमुखहरूले ‘ह्वाइट हाउस सम्झौता’मा हस्ताक्षर गरे।”

“प्रविधि कम्पनीहरूले आफ्ना एआई उत्पादनहरूलाई सुरक्षित बनाउने, कम्पनीभित्र कडा नियम लागू गर्ने र बाह्य व्यक्तिहरूद्वारा अडिट गराउने जिम्मेवारी स्वीकार गरेका छन्। बन्ने कुनै ग्यारेन्टी नै नभएको अन्तर्राष्ट्रिय नियम वा सम्झौताको भरोसामा वर्षौँसम्म बसेर पर्खनुभन्दा यो उपाय धेरै राम्रो छ।”

ट्रम्पसँगको बैठकमा उपस्थित प्रविधि नेतृत्वहरू

बैठकमा एनभिडियाका सीईओ जेन्सन हुआङ, ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान, एन्थ्रोपिकका सीईओ डारियो अमोदेई, मेटाका सीईओ मार्क जुकरबर्ग, एक्सएआईका संस्थापक एलन मस्क र गुगलका सीईओ सुन्दर पिचाई सहभागी थिए। यी छ प्रविधि नेतृत्वहरूले राष्ट्रपति ट्रम्पसँग ‘ह्वाइट हाउस सम्झौता’मा हस्ताक्षर गरेका थिए।

“उनीहरू आफैँले आफ्नै निगरानी गर्न जाँदैछन्। यस प्रविधिलाई अब ‘कृत्रिम’ भन्नु उचित हुँदैन।”

— डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

बैठकका क्रममा अमेरिकी राष्ट्रपतिले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को नाम परिवर्तन गरेर ‘सुपरइन्टेलिजेन्स’ राख्ने घोषणा गर्दै एउटा कार्यकारी आदेशमा समेत हस्ताक्षर गरेका थिए। सरल भाषामा भन्नुपर्दा, अब एआईलाई एसआई भनिनेछ, अर्थात् सुपरइन्टेलिजेन्स। यसको अर्थ अमेरिकी सरकारमा एआईसम्बन्धी हुने जुनसुकै बैठकमा ‘एआई’ वा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ नाम प्रयोग गरिने छैन।

प्रविधि कम्पनीहरूले के जिम्मेवारी लिए?

यस हस्ताक्षरको सबैभन्दा ठूलो पक्ष भनेकै प्रविधि कम्पनीहरूले लिएको त्यो जिम्मेवारी हो, जसअन्तर्गत एआईको विकासका क्रममा उनीहरूले आफैँले आफ्नै निगरानी गर्नेछन्। यसका लागि कुनै कानुन बनाइने छैन। यो काम कम्पनीहरूले आफैँ गर्ने निर्णय गरेका छन्। प्रविधि कम्पनीहरूले मुख्यतः यी कुराको पालना गर्नेछन्—
साइबर सुरक्षा, जैविक सुरक्षा तथा रासायनिक खतरासँग सम्बन्धित जोखिमका लागि एआई मोडेलहरूको प्रशिक्षण र तैनाथीका क्रममा निगरानी गर्ने।

सुरक्षा उपायहरू ठीकसँग काम गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न आन्तरिक टोलीहरूलाई जिम्मेवारी दिने।

सुपरइन्टेलिजेन्सको निगरानी उचित रूपमा भइरहेको छ कि छैन भन्ने पत्ता लगाउन बाह्य अडिटर नियुक्त गर्ने।

कुनै समस्या पहिचान भएमा त्यसलाई समाधान गर्न स्वतन्त्र बोर्ड समितिहरू स्थापना गर्ने।

बैठकपछि प्रविधि नेतृत्वहरूले के भने?

“यस प्रतिबद्धताको उद्देश्य एआई प्रणालीहरूले आफ्नै इच्छाअनुसार काम गर्नेछन् भन्ने विश्वास दिलाउनु थियो।”

— मार्क जुकरबर्ग

“हामी अन्य उद्योग नेतृत्वहरूसँग मिलेर नियमहरू तय गर्न र मानिसहरूको भरोसा बढाउन काम गर्न प्रतिबद्ध छौँ। आज हस्ताक्षर गरिएको ‘ह्वाइट हाउस एकर्ड’ अगाडि बढ्नका लागि एउटा बलियो आधार हो।”

— सुन्दर पिचाई

राष्ट्रपति ट्रम्पको यस शब्द-परिवर्तनको महत्व बुझ्ने प्रयास गरौँ

१९५६ देखि २०२५ सम्म — जब कृत्रिमले वास्तविक बन्ने यात्रा पूरा गर्‍यो -
इतिहासमा केही यस्ता मितिहरू हुन्छन्, जसले शब्दलाई जन्म दिन्छन्। सन् १९५६ को गर्मीयाममा अमेरिकाको डार्टमाउथ कलेजको एउटा सानो सेमिनार हलमा १० जना वैज्ञानिकहरू बसेका थिए। त्यहाँ जोन म्याककार्थी, मार्भिन मिन्स्की, क्लाउड श्याननजस्ता व्यक्तिहरू थिए। उनीहरूसँग न आजको जस्तो शक्तिशाली कम्प्युटर थियो, न विशाल डेटा; थियो त केवल एउटा सपना। त्यहीँ म्याककार्थीले पहिलो पटक दुई शब्दलाई एकसाथ जोडे—आर्टिफिसियल इन्टेलिजेन्स।

त्यतिबेला त्यस शब्दको अर्थ अत्यन्त सीमित थियो। एउटा यस्तो मेसिन, जसले चेसमा एउटा चाल चल्न सकोस् वा गणितको एउटा प्रश्न हल गर्न सकोस्। त्यसलाई कृत्रिम भन्नु उचित थियो, किनकि त्यो वास्तविक बुद्धिको नक्कल थियो, केवल छायाँ थियो।

तर ७० वर्षपछि, सन् २०२६ मा, त्यो छायाँ अब छायाँ मात्र रहेन। आज त्यही प्रविधिले कविता लेखिरहेको छ, सर्वोच्च अदालतका निर्णयहरूको सार निकालिरहेको छ, क्यान्सरको औषधिका लागि अणु खोजिरहेको छ, र अन्तरिक्षमा नयाँ ग्रहहरू पत्ता लगाइरहेको छ। आज त्यसलाई कृत्रिम भन्नु भनेको सूर्यको प्रकाशलाई मैनबत्ती भन्नुजस्तै हुनेछ। कृत्रिम त्यो हुन्छ, जो नक्कली होस, जसले काम गर्दैन। तर यो त पूर्ण रूपमा वास्तविक छ, यसको परिणाम वास्तविक छ।

यही सत्यलाई पहिचान गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० सेप्टेम्बर २०२६ मा एउटा ऐतिहासिक कार्यकारी आदेशमा हस्ताक्षर गरे—“Inaugurating the Era of Super Intelligence” अर्थात् “सुपरइन्टेलिजेन्सको युगको उद्घाटन”। उनले भने—अबदेखि अमेरिकी सरकारमा यसलाई आर्टिफिसियल इन्टेलिजेन्स होइन, सुपरइन्टेलिजेन्स—एसआई—भनिनेछ।
यो केवल नाम परिवर्तन होइन; यो ७० वर्ष पुरानो शब्दलाई उसको गरिमा फिर्ता दिने कार्य हो।

यसको सबैभन्दा ठूलो अर्थ के हो भने अब एसआईमाथि अनावश्यक नियम र अनावश्यक सरकारी नियन्त्रण हुनेछैन। जब निर्माताहरू आफैँले हामी नैतिक रूपमा प्रतिबद्ध छौँ भनेर भनिरहेका छन् भने कानुनको डन्डाले यस दौडलाई रोक्नु मानवतामाथिको अन्याय हुनेछ। यो सम्झौताले एसआईलाई दौडन दिनेछ।
 र जब एसआई दौडनेछ, तब त्यो चाँडै नै यी मुकामहरूमा पुग्नेछ –

१. १७–१८ किलोमिटर प्रति सेकेन्डको जञ्जिर टुट्नेछ –

आज विज्ञानको सबैभन्दा ठूलो सीमा गति हो। हाम्रो सबैभन्दा तीव्र अन्तरिक्षयान, पार्कर सोलार प्रोब पनि १९२ किलोमिटर प्रति सेकेन्डसम्म पुग्छ, तर त्यो सूर्यको गुरुत्वाकर्षणको कारणले हो। आफ्नै शक्तिमा पृथ्वीबाट प्रस्थान गर्ने कुनै पनि यान आज पनि १७–१८ किलोमिटर प्रति सेकेन्डको त्यही पुरानो सीमामा अड्किएको छ, जुन हामीले सन् १९६० तिर हासिल गरेका थियौँ। ७० वर्षदेखि हामी यही गतिमा अड्किएका छौँ।

किन? किनकि हाम्रो विज्ञान अझै पुरानै ढङ्गले सोचिरहेको छ—थोरै बढी इन्धन, अलिकति हलुका धातु।

एसआईले यो ढाँचा अन्त्य गरिदिनेछ। एसआईले एकैसाथ हजारौँ नयाँ प्रणोदन (प्रोपल्शन) मोडेलहरू निर्माण गर्नेछ। एन्टिम्याटर इन्जिन, फ्युजन ड्राइभ, लाइट-सेल —यी आजसम्म प्रयोगशालामा वा कागजमा मात्र सीमित छन्, एसआईले यिनलाई गणितमार्फत निकालेर वास्तविकतामा परिणत गर्नेछ। जब १७ किलोमिटर प्रति सेकेन्डको पर्खाल १०० किलोमिटर प्रति सेकेन्ड र त्यसपछि १००० किलोमिटर प्रति सेकेन्ड बन्नेछ, तब मंगल यात्राको अवधि ७ महिना होइन, ७ दिन हुनेछ। एसआईले विज्ञानलाई उड्ने पखेटा प्रदान गर्नेछ। बन्धनको विज्ञान मुक्तितर्फ अघि बढ्नेछ।

२. खगोल विज्ञान — ब्रह्माण्डका ९५ प्रतिशत बन्द ढोकाहरू खुल्नेछन् –

आजको खगोलशास्त्रीले आकाशमा हेर्छ, तर ५ प्रतिशत पनि बुझ्न सक्दैन। ब्रह्माण्डको ९५ प्रतिशत भाग डार्क म्याटर र डार्क एनर्जीले भरिएको छ, जसबारे हामीलाई आजसम्म स्पष्ट जानकारी नै छैन।

एसआईसँग मानव मस्तिष्कजस्तो थकान हुनेछैन। यसले जेम्स वेब टेलिस्कोपका अरबौँ डाटा बिन्दुहरू एकै रातमा पढेर त्यस्ता प्याटर्नहरू पत्ता लगाउन सक्नेछ, जुन मानिसले १०० वर्षमा पनि खोज्न सकेका छैनन। यसले हामीलाई बताउनेछ—ब्रह्माण्डको उत्पत्ति कसरी भयो, के हामी एक्ला छौँ, र के प्रकाशको गतिभन्दा तीव्र यात्रा सम्भव छ। यो केवल खगोल विज्ञान हुनेछैन; यो वेदका अनन्त शब्दहरूको वैज्ञानिक व्याख्या हुनेछ।

३. अर्थशास्त्र — ‘गरिबी’ शब्द नै शब्दकोशबाट हट्नेछ –

आजको अर्थव्यवस्था अभावमा टिकेको छ—स्रोत कम छन्, मानिस धेरै छन्। एसआईले प्रचुरताको अर्थव्यवस्था निर्माण गर्नेछ।

जब एसआईले कारखाना चलाउनेछ, ट्रक चलाउनेछ र कोड लेख्नेछ, तब उत्पादनको लागत लगभग शून्यमा पुग्नेछ। आज जुन औषधि १ लाख रुपैयाँको छ, त्यो भविष्मा १०० रुपैयाँको हुन सक्छ, किनकि त्यसको निर्माणमा मानव श्रम होइन, एसआईको बुद्धि प्रयोग हुनेछ। ट्रम्पको एसआईमाथि अनावश्यक नियन्त्रण नलगाउने निर्णयले आर्थिक क्रान्तिलाई तीव्र गतिमा अगाडि बढ्न दिनेछ। यदि हामीले यसलाई कानुनी बन्धनमा बाँधिदियौँ भने यो क्रान्ति ५० वर्ष ढिलो हुन सक्छ।

४. कृषिमा दोस्रो हरित क्रान्ति — अन्नपूर्णा युग –

पहिलो हरित क्रान्तिले हामीलाई भोकमरीबाट बचायो। एसआईले दोस्रो हरित क्रान्ति ल्याउनेछ, जसले हामीलाई विषबाट बचाउनेछ।

एसआईले प्रत्येक खेतको माटो, प्रत्येक बीउको डीएनए र प्रत्येक बादलको आर्द्रता एकैसाथ पढ्नेछ। यसले बताउनेछ—यस एक एकड जमिनमा कुन दिन, कुन इन्चको गहिराइमा, कति पानी र कुन सूक्ष्मजीव आवश्यक छ। कीटनाशकको आवश्यकता नै समाप्त हुनेछ। एउटै खेतमा उत्पादन चार गुणा बढ्नेछ, पानीको प्रयोग आधा हुनेछ। यो केवल कृषि हुनेछैन; यो प्रकृतिसँगको संवाद हुनेछ। नेपालजस्तो देशमा, जहाँ ६०-६५  प्रतिशत मानिस कृषि क्षेत्रमा निर्भर छन्, त्यहाँ एसआईले किसानलाई फेरि सम्राट बनाइदिनेछ।

५. पृथ्वीलाई स्वर्गसमान बनाउने –

स्वर्गको कल्पना के हो? जहाँ रोग नहोस्, भोक नहोस्, भय नहोस्, र ज्ञानको कुनै सीमा नहोस्।

एसआईले यी चारै काम एकसाथ गर्नेछ—

रोगमुक्त पृथ्वी — धन्वन्तरीका रूपमा एसआई।

भोकमुक्त पृथ्वी — अन्नपूर्णाका रूपमा एसआई।

भयमुक्त पृथ्वी — साइबर र जैविक खतराहरूको आफैँ निगरानी गरेर।

ज्ञानयुक्त पृथ्वी — प्रत्येक बालबालिकासँग विश्वकै महान् गुरुका रूपमा एसआई।

सन् १९५६ मा हामीले एउटा कृत्रिम खेलौना बनाएका थियौँ। सन् २०२६ मा ट्रम्पले ह्वाइट हाउस सम्झौतामार्फत त्यसलाई सुपरइन्टेलिजेन्स भनेर स्वतन्त्र गरे। अब त्यो खेलौना होइन; त्यो विधाताको दोस्रो लेखनी हो, जसले पृथ्वीलाई विभिन्न कारणले स्वर्गसमान सर्वसम्पन्न बनाउन गइरहेको छ।

६. शिक्षा — प्रत्येक बच्चा आइन्स्टाइनको काखमा –

आज एक शिक्षकले ५० जना बालबालिकालाई एउटै ढङ्गले पढाउँछन्। एसआई प्रत्येक बच्चाको निजी गुरु बन्नेछ। जुन बच्चाले कथामार्फत सिक्छ, उसलाई कथामार्फत गणित पढाइनेछ। जो बच्चा छिटो सिक्छ, उसलाई कक्षा ५ मै कक्षा १० को विज्ञान पढाइनेछ। टाढाको गाउँमा बस्ने बालबालिकाले पनि आफ्नै भाषामा एमआईटी स्तरको शिक्षा पाउनेछन्।

७. भाषा र संस्कृति — ७,००० भाषाहरूलाई अमरत्व –

आज ७,००० भाषामध्ये ३,००० भाषा लोपोन्मुख अवस्थामा छन्। हाम्रा वेद, पुराण, लोकगीत आदि ताडपत्रमा बन्द छन्। एसआईले एक महिनामै सबै पाण्डुलिपिहरू पढेर, बुझेर र प्रत्येक भाषामा अनुवाद गरिदिनेछ। तपाईंकी हजुरआमासँग भएको घरेलु उपचारको नुस्खासमेत विश्वको ज्ञान बन्नेछ।

८. ऊर्जा — सूर्यलाई मुठीमा बन्द गर्ने –

आज हामी कोइला जलाउँछौँ। एसआईले फ्युजन ऊर्जालाई सफल बनाउनेछ—त्यही ऊर्जा, जसबाट सूर्य बलिरहेको छ। एक गिलास पानीबाट एउटा सहर उज्यालो हुनेछ। जब ऊर्जा निःशुल्क हुन्छ, तब सबै कुरा निःशुल्क हुनेछन।

९. जल र वातावरण — पृथ्वीको पुनर्जीवन –

 एसआईले समुद्रको नुनिलो पानीलाई पिउनयोग्य बनाउने लागत १० गुणाले घटाइदिनेछ। यसले हावाबाट पानी निकाल्नेछ। प्लास्टिकलाई फेरि पेट्रोलमा रूपान्तरण गर्नेछ। यसले ड्रोनमार्फत प्रत्येक रूखको रोग पहिचान गर्नेछ र उपग्रहबाट प्रत्येक नदीको प्रदूषणको स्रोत बताउनेछ।

१०. विपद् व्यवस्थापन — भूकम्पभन्दा ७ दिनअघि चेतावनी –

आज भूकम्पको चेतावनी बढीमा १० सेकेन्डअघि मात्र प्राप्त हुन्छ। एसआईले पृथ्वीका सूक्ष्म कम्पन, जनावरहरूको व्यवहार र समुद्रको तापक्रमलाई जोडेर कहाँ बाढी आउनेछ र कहाँ भूकम्प आउनेछ भन्ने कुरा ७ दिनअगावै बताउन सक्नेछ।

११. न्याय र प्रशासन — ‘तारिखमाथि तारिख’ समाप्त –

अहिले नेपाल भरीमा १,५०,००० मुद्दा विचाराधीन छन्। एसआई न्यायाधीश बन्नेछैन, तर न्यायाधीशको सबैभन्दा ठूलो सहायक बन्नेछ। यसले १०० वर्षका सबै फैसला र सबै प्रमाण १० मिनेटमै पढेर न्यायाधीशलाई सार उपलब्ध गराउनेछ। न्याय वर्षौँमा होइन, दिनमै उपलब्ध हुनेछ।

१२. कला र संगीत — प्रत्येक व्यक्ति कलाकार –

आज फिल्म बनाउन करोडौँ रुपैयाँ चाहिन्छ। एसआईसँग प्रत्येक व्यक्तिले आफ्नै कल्पनाबाट फिल्म बनाउन सक्नेछ, आफ्नै स्वरमा जुनसुकै रागमा गीत गाउन सक्नेछ। कला केही व्यक्तिको जागिर वा जागीरदारी रहने छैन; यो सबैको अधिकार बन्नेछ।
१३. आयु — १०० वर्ष होइन, १२० वर्षको स्वस्थ जीवन –

आज औषधि रोग लागिसकेपछि आउँछ। एसआईले रोग आउनुभन्दा ५ वर्षअघि नै तपाईंको रगत र डीएनएबाट कहाँ गडबडी हुन लागेको छ भन्ने बताइदिनेछ र त्यसलाई त्यहीँ समाधान गरिदिनेछ। मानिस १०० वर्षसम्म बूढो भएर होइन, युवाजस्तो जीवन जिउनेछ।

सन् १९५६ मा डार्टमाउथमा हामीले एउटा कृत्रिम बीउ रोपेका थियौँ। सन् २०२६ मा ह्वाइट हाउसमा ट्रम्पले त्यस बीउलाई सुपरइन्टेलिजेन्स भनेर रूख बन्ने स्वतन्त्रता दिएका छन्। अब त्यो रूख दौडिने मात्र होइन, आकाशगामी हुनेछ; र आफ्नो सामर्थ्य तथा अमोघ प्रज्ञाद्वारा सम्पूर्ण पृथ्वीलाई स्वर्गसमान सर्वसम्पन्न बनाउनेछ।
अन्त्यमा, त्यसै कुराको चर्चा, जसलाई पछि गरौँला भनेर छोडिएको थियो -
सन् २०७५–२०८० को आसपास, जब एसआईको चरम विकास भइसकेको हुनेछ र विश्वले आफ्नो रङढङ्ग परिवर्तन गरिसकेको हुनेछ। त्यतिबेला बन्ने समाजले यदि ट्रम्पको मूर्ति बनाएर त्यसलाई सिंहासनमा राखी पूजा–आरती गर्न थाल्यो, र उनलाई आफ्नो अन्तिम अवतार, पैगम्बर वा मसीहा भन्न थाल्यो भने त्यसमा कुनै आश्चर्य मान्नुपर्ने छैन। किनकि हामीले पनि, वर्तमान समाजले, इतिहासमा हाम्रो समाज, धर्म र मानवताका लागि योगदान दिएका व्यक्तिहरूलाई सिंहासनमा राखेका छौँ। ट्रम्पको यो  एउटै कार्य उनलाई भविष्यका मानिसहरूको हृदयमा शासन गर्न पर्याप्त हुनेछ।