नेपालमा विद्यालयहरू

# नेपालमा २०८२ सालमा कुल ३५,९५१ विद्यालय अस्तित्वमा रहेका छन्।

# नेपालका सम्पूर्ण विद्यालयमध्ये ७१.३% विद्यालय सार्वजनिक प्रकृतिका छन्।

# अनि २४.३% विद्यालय नेपालमा निजी प्रकृतिका छन्।

#  नेपालमा धार्मिक एवं परम्परागत प्रकृतिका विद्यालय ३. ८% प्रतिशत छन्।

# नेपालमा २०८२ साल मा जम्माजम्मी ७० लाख ४० हजार ८२५ विद्यार्थी कुनै न कुनै विद्यालयमा अध्ययनरत छन्।

# नेपालका कुल विद्यालयमध्ये धार्मिक र सामुदायिक प्रकृतिका विद्यालय जोडेर कुल ७५% सार्वजनिक प्रकृतिका विद्यालय भएपनि तिनीहरूमा ६२% विद्यार्थीहरू मात्र भर्ना हुन्छन्।

# नेपालका कुल विद्यालयमध्ये २४% निजी प्रकृतिका विद्यालय भएपनि तिनीहरूमा ३८% विद्यार्थीहरू भर्ना हुन्छन् ।

# हाम्रो देशमा  ५७.५% विद्यार्थीहरू कक्षा १ देखि ५ सम्म पढाइ हुने, त्यस्तै ३३.३% विद्यार्थीहरू कक्षा ६ देखि ८ सम्म पढाइ हुने निजी प्रकृतिका आधारभूत विद्यालयमा भर्ना हुन्छन्।

# कक्षा ९ देखि १० सम्म पढाइ हुने माध्यमिक तहका विद्यालयको कुरा गर्ने हो भने ७१.३% विद्यार्थीहरू सार्वजनिक प्रकृतिका विद्यालयमा भर्ना हुन्छन् भने २८.७% विद्यालय विद्यार्थीहरु निजी किसिमका विद्यालयमा भर्ना हुन्छन् ।

# कक्षा  ११ देखि १२ सम्म पढाइ हुने माध्यमिक विद्यालयको स्थिति थोरै भिन्न छ। त्यहाँ ६२.२% विद्यार्थीहरू सार्वजनिक प्रकृतिका विद्यालयमा भर्ना हुन्छन् जबकि  ३७.८% विद्यार्थीहरु निजी प्रकृतिका विद्यालयमा भर्ना हुन्छन्।

# हाम्रो देशमा अहिले अर्थात् २०८२ सालमा, कक्षा १ मा प्रवेश गर्ने उमेरका बालबालिकाहरूको विद्यालयमा खुद प्रवेश दर ८७.७% छ। यसको तात्पर्य, स्कुलमा जाने उमेरका १२.३% बालबालिकाहरु कक्षा एकमा भर्ना नै हुँदैनन्।

# अहिले नेपालमा कक्षा १ देखि ८ सम्म पढाइ हुने आधारभूत तहमा विद्यार्थीहरूको खुद भर्ना दर ९७.८% छ। यसको मतलब नेपालमा २.२ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर छन्। उनीहरु आधारभूत तहको विद्यालयको मुखै हेर्न पाउँदैनन्।

# अहिले नेपालमा कक्षा ८ सम्मको विद्यार्थीको टिकाउ दर ७९.१% छ। यसको तात्पर्य यो हो कि हाम्रो देशमा २०.९% विद्यार्थीहरूले कक्षा ८ पुरा नहुँदै विद्यालय छाड्छन्। ती कहाँ जान्छन् के गर्छन् केही निश्चित छैन।

# नेपालमा कक्षा १० सम्मको टिकाउ दर सन् २००८२ सालमा ७४.६% छ। यसको तात्पर्य के हो भने २५.७% विद्यार्थीहरु कक्षा १० पार नगर्दै स्कुल छाड्छन्।

# नेपालमा २०८२ सालमा कक्षा १२ सम्मको टिकाउ दर ४१% छ। यसको मतलब नेपालमा ४९% विद्यार्थीहरूले माध्यमिक तह पूरा नगर्दै विद्यालय छाड्छन्।

स्रोत: यी सबै तथ्य र तथ्याङ्कहरूको स्रोत शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय हो। यी तथ्याङ्कहरू अर्थमन्त्रालयद्वारा प्रकाशित २०८२ /८३ सालको आर्थिक सर्वेक्षणबाट लिइएका हुन्।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।