ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र
रुसको कजानमा बुधबार सम्पन्न ब्रिक्स शिखर सम्मेलनले कजान घोषणा-पत्रलाई पारित गरेको छ। यो घोषणा-पत्रलाई ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका ब्रिक्स राष्ट्रहरूको सामूहिक दृष्टिकोण र उद्देश्यलाई प्रतिबिम्बित गर्ने दस्तावेजको रूपमा लिइएको छ। कजान घोषणा-पत्रबारे टिप्पणी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्- यो घोषणा-पत्रलाई सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेका छन् र यसलाई विश्वव्यापी बहुध्रुवीयताको महत्त्वपूर्ण अभिव्यक्तिको रूपमा संयुक्त राष्ट्र संघमा वितरण गरिनेछ।
कजान घोषणा-पत्रका महत्त्वपूर्ण बुँदाहरू :
▪️ ब्रिक्स राष्ट्रहरूले युक्रेनको द्वन्द्वलाई "वार्ता र कूटनीतिका माध्यमबाट" समाधान गर्नुपर्ने आवश्यकता रहेको घोषणा गरे। उनीहरूले शान्तिपूर्ण समाधानका लागि मध्यस्थताको प्रस्तावहरूलाई "स्वागत" गरे (जसमा स्पष्ट रूपमा चिनियाँ-ब्राजिलीयन शान्ति पहललाई सन्दर्भको रूपमा लिइएको छ)।
▪️ मध्य पूर्वलाई आणविक हतियार-मुक्त क्षेत्र घोषणा गर्ने र आणविक अप्रसार प्रणालीलाई सुदृढ बनाउन आह्वान गरे;
▪️ इरानी आणविक सम्झौतामा सबै पक्षहरूले पुन: सहभागिता जनाउनुपर्ने आवश्यकता बलियो रूपमा उठाए;
▪️ ब्रेटन वुड्स संस्थाहरूको सुधारका लागि विकासशील देशहरूको विश्व अर्थतन्त्रमा योगदान विस्तार गर्ने प्रस्ताव राखे;
▪️ ब्रिक्सले समूहका देशहरूबीच बहुआयामिक लजिस्टिक प्रणाली सुनिश्चित गर्न एकल यातायात प्लेटफर्म निर्माण गर्ने अध्ययन गर्नेछ;
▪️ मध्य पूर्वको चर्कदो अवस्था प्रति चिन्ता व्यक्त गर्दै, इजरायली आक्रमणको आलोचना गरे, जसमा इरानी दूतावासमा भएको आक्रमण र लेबननमा भएको बमबारी समावेश छ;
▪️ नयाँ विकास बैंकको पूर्वाधार प्रयोग गरी नयाँ लगानी प्लेटफर्मको निर्माणलाई स्वागत गरे;
▪️ सिरियाको सार्वभौमसत्ताको बिना शर्त सम्मान र यसको भूभागीय अखण्डताको संरक्षणको पक्षमा समर्थन गरे;
▪️ रूसको अन्न विनिमय सिर्जना गर्ने पहललाई समर्थन गरे, जसले भविष्यमा अन्य कृषि क्षेत्रहरूलाई पनि समेट्नेछ;
▪️ १९६७ का सीमाभित्र प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने प्रस्तावको समर्थन गरे;
▪️ नयाँ विकास बैंकलाई उदाउँदै गरेका देशहरूको लागि एक बहुपक्षीय विकास बैंकमा परिणत गर्ने सहमति जनाए।
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया