श्रीलङ्काको चुनावमा वामपन्थी उम्मेदवारले जित्दै !
श्रीलङ्कामा शनिबार भएको राष्ट्रपति चुनाबमा नेशनल पिपुल्स पावर (NPP) गठबन्धनका नेता अनुरा कुमारा दिसानायके विजयी बन्ने लगभग सुनिश्चित भएको छ। प्रारम्भिक मतगणनाको क्रममा हुलाक बाट प्राप्त मतपत्रहरुको परिणामको आधारमा उनले स्पस्ट अग्रता लिएका छन्। दिसानायके बामपन्थी पार्टी पिपुल्स लिबरेशन फ्रन्ट (JVP) का नेता हुन्। सात निर्वाचन जिल्लामा हुलाक मतदानको परिणामअनुसार दिसानायकेले ५६ प्रतिशत भोट प्राप्त गरेका छन्।
अनुरा कुमारा दिसानायकेका प्रतिस्पर्धी सजित प्रेमदासा र वर्तमान राष्ट्रपति रानिल विक्रमसिंघेलाई १९-१९ प्रतिशत भोट प्राप्त भएको छ। विश्लेषकहरूका अनुसार दिसानायकेलाई कुल मतको ५० प्रतिशतभन्दा बढी भोट प्राप्त हुने सम्भावना छ। यदि उनी विजयी भए भने, उनी श्रीलङ्काका पहिलो मार्क्सवादी राष्ट्रपति हुनेछन्। अहिलेको संसदमा जेभीपीको जम्मा ३ सिट मात्र रहेको छ। जेभीपीले भ्रस्टाचार विरोधी र गरिबको पक्षधर नीतिको वकालत गर्दछ। श्रीलङ्कामा २०२२ को आर्थिक संकटपछि अनुरा कुमारा दिसानायके लोकप्रिय बनेका थिए । गरिबहरूको सहयोग गर्ने उनको वामपन्थी नीतिहरू र जोशपूर्ण भाषणका कारण उनी श्रीलङ्काको आम मतदातालाई आफ्नो पक्षमा तान्न सफल भएको अनुमान गरिन्छ।
सम्बन्धित सामग्री
फ्रान्समा ‘सम्पूर्ण हडताल’ को समय आएको छ
शाहेद ड्रोन कसरी नयाँ एके–४७ बन्यो ?
उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
प्रतिक्रिया