पन्थ: इतिहासको पानीको फोका !
पन्थ (cult), यो छुट्टै संरचना हो । यो वृहत्तर सामाजिक या राष्ट्रिय मिसन साँध्न बनाइएको संरचना होइन । यो व्यक्ति र उसका आसेपासेको हित साँध्न बनाइएको पासो हो । यसले व्यक्तिको करिश्मालाई अतिसय उछाल्छ र पुजा गर्छ, विभिन्न वहानामा, विभिन्न नाममा ।
यसको सातो भनेकै मुखिया- कारिन्दा सम्वन्ध हो । मुखिया निर्णयकर्ता हो र बाँकी सब सदस्य फगत निर्णय तामिल गर्ने कारिन्दा । ती दुई बिचको संबन्धको सेतु भनेको मुखिया प्रतिको निशर्त समर्पण/बफादारी हो ।
यस किसिमको संबन्धको प्रतिरक्षा गर्न के भनिन्छ भने मुखिया भनेको, स्वयं मुखियाबाट भनाइन्छ, 'एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति ।' अनि भने चेङ्गिज आइत्मातोभको मान्कुर्त (दासताको डरलाग्दो कथा : मान्कुर्त) जस्ता स्वत्त्व र विवेक हराएका करिन्दाहरु जोडजोडले झ्याली पिट्छन्, 'हो, हो ! त्वमेव माता च पिता त्वमेव !'
यहाँ मुखिया साक्षात परात्माको दुत बन्छ, त्रिकालदर्शी; र कारिन्दा भनेका परमात्माको निगाहमा बाँच्न अभिसप्त भोका, गँवार जैविक सृजना; बिचराहरु स्वत्त्व हराएका, सातो गएका रोबोटहरु ! यो चार्वाकको चेलो हो, आफू न रहे खेलै खतम, भोलिको जोहो होइन, आजै हजम गर्नु पर्छ भन्छ । ठाडै भन्छ, ऋणं कृत्व्वा घृतं पिवेत । यो कार्यनीतिक पासा चलाउँछ र त्यसैलाई रणनीति बनाउँछ । यो दानी त हुँदै होइन, महाको मख्खिचुस । नकचरो पनि हो, मुखमा राम राम, बगलीमा छुरा । बडो निर्दयी बनिया, शाइलक नै हो यो ।
यो आधुनिक, वृहत्तर, राष्ट्रिय, वर्गीय संरचना होइन, पुरानो, सामन्ति, कुलीन, अभिजात वर्गीय संरचना हो, अत्यन्त केन्दृकृत अलोकतान्त्रिक संरचना । एउटा खास कालखण्डमा जस्तोसुकै बिगबिगी भए पनि हो त इतिहासको पानीको फोका ।
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
भारतमा वाम युगको अन्त्य
प्रतिक्रिया