२४ वर्षपछि उत्तर काेरियाको भ्रमणमा पुटिन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दैछन्। पुटिन मंगलबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्दैछन्। पुटिन २४ ले २४ वर्ष पछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्।
यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ्गले रुस भ्रमण गरेको ९ महिना पछि हुन लागेको हो। राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमणलाई धेरै महत्व दिएर हेरिदैछ। उनले आफुसंग निक्कै ठुलो टोली लिएर उत्तर कोरिया जाँदै छन्। उनको टोलीमा रुसका विदेश, रक्षा, स्वास्थ्य र यातायात मन्त्रीहरु रहेका छन्। किम जोङ्ग उनको रुस भ्रमण पछि दुई देश बीच आर्थिक र सैन्य क्षेत्रमा ठुलो मात्रामा सहयोग बढेको छ। गत हप्ता मात्र रुस र उत्तर कोरियाली सम्बन्ध बारे टिप्पणी गर्दै किमले यसलाई बिकसित र अटुट सम्बन्ध भनेका थिए।
क्रेमलिनका पधादिकारी युरी उसखाकोवका अनुसार पुटिनको यो भ्रमणमा धेरै दस्ताबेजहरुमा हस्ताक्षर हुनेछन्। जसमध्ये केही महत्वपुर्ण र अति महत्वपूर्ण हुनेछन्। यस मध्ये रुस र उत्तर कोरिया बीचको साझेदारी सम्झौताको परिवर्तित संस्करण हुनेछ। जसमा पुटिनले आफ्नो अघिल्लो उत्तर कोरिया भ्रमणको बेला हस्ताक्षर गरेका थिए। उसखाकोवका अनुसार परिवर्तित संस्करणलाई बिश्व र क्षेत्रको भूराजनीतिमा आएको गहन अनुसार बदलाव गरिएको छ।
अमेरिकाले रुस र उत्तर कोरिया बीच गहिरिदै गरेको सम्बन्धबारे चिन्ता प्रकट गरेको छ। उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको र त्यस बापत रुसले उत्तर कोरियालाई सैन्य प्रविधि हस्तान्तरण गरेको आरोप अमेरिकाले लगाउदै आएको छ। यो आरोपलाई रुस र उत्तर कोरिया दुबैले खण्डन गरेका छन्।
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया