किन चीनले ताइवानमाथि सैन्य कारवाही गरिहालेको छैन ? यसो भन्छन् चिनियाँ राष्ट्रपति !
लामो समयदेखि चर्कँदै आएको चीन–ताइवान तनाव अनि पछिल्लो समयमा चीनले ताइवान वरिपरि बढाएको सैन्य अभ्यास हेर्दा यस्ता प्रतीत हुन्छ– कुनै पनि बेला चीनले ताइवानमाथि सैन्य कारवाही गर्न सक्छ, उसले सैन्य कारवाही गरेर कुनै पनि बेला ताइवानलाई चीनको मूल भूमिममा एकीकरण गर्न सक्छ !
लामो समयदेखि अमेरिकी पक्ष तथा उनका समर्थकहरुले चीनले ताइवानमाथि कुनै पनि बेला आक्रमण गर्न सक्छ भनेर हल्लीखल्ली गर्दै आइरहेको छ । पश्चिमा मिडियाहरुले पनि यो कुरा उच्च प्राथमिकताका साथ प्रचार गर्दै आइरहेका छन् । कतिसम्म भने, चीनले ताइवानमाथि आक्रमण गरिहाल्यो भने ताइवानमा रहेको चिप्स बनाउने विश्वप्रख्यात कम्पनी TSMC लाई अमेरिका आफैंले ध्वस्त पारिदिनेछन् ताकि त्यो प्रविधिमाथि चीनको कब्जा नहोस्, यस्तो हल्ला समेत चल्दै आइरहेको छ । अझ युक्रेनमाथि रुसले विशेष सैन्य कारवाही थाले लगत्तै चीनले पनि ताइवानमाथि सैन्य कारवाही थाल्न सक्ने आँकलन गरिँदै आएको थियो ।
तर यी सबै तयारी, चर्चा र आँकलनहरुका बीच चीनले ताइवानमाथि कुनै सैन्य कारवाही गरिहालेको भने छैन । आखिर किन चीनले ताइवानमाथि सैन्य कारवाही गरेको छैन त ? यो कुराको रमाइलो खुलासा चीनका राष्ट्रपति सि जिनपिङले गरेका छन् ।
चीनका राष्ट्रपति सि जिनपिङले अमेरिकाले चीनलाई ताइवान माथि आक्रमण गर्न उक्साइरहेको बताएका छन्। यूरोपीयन आयोगकी अध्यक्ष उर्सुला वॉन डेर लेयेन संगको कुराकानीको क्रममा सि जिनपिङले यो कुरा बताएका हुन्। फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार राष्ट्रपति सिले यूरोपीयन आयोगकी अध्यक्ष उर्सुला संग २०२३ को अप्रिलमा भएको मिटिंगको क्रममा यो कुरा भनेका थिए। राष्ट्रपति सिले आफ्नो कुरालाई थप स्पष्ट पार्दै भनेका थिए कि अमेरिकाले चीनलाई झुक्याएर ताइवानमाथि आक्रमण गराउन खोज्दैछ तर चीन यो पासोमा पर्नेवाला छैन। सि जिनपिङले यस्तै प्रकारको चेतावनी आफ्ना पदाधिकारीहरुलाई पनि दिएका छन्।
केही चिनिया प्राज्ञ र अवकाश प्राप्त सैनिक अफिसरहरुले पनि वासिंगटनले ताइवानलाई हतियारहरु उपलब्ध गराएर चीनलाई उक्साउन खोजिरहेको बताउँदै आएका छन् । साथै उसले अरु बिधि अपनाएर चीनलाई सैन्य द्वन्द्व तर्फ लोभ्याउदै आएको पनि चर्चा चल्ने गरेको छ। यस कुरालाई अझ प्रस्ट पार्दै अमेरिकाका लागी पूर्व चिनिया राजदुत कूई तियानकाईले एसिया सोसाइटीमा जनवरीमा बोल्दै भनेका थिए- चीन अरुले उसको लागि थापेको पासोमा फस्ने वाला छैन। यो कुरामा उनले अमेरिकी चलखेलतर्फ संकेत गर्न खोजेका छन्।
राष्ट्रपति सि जिनपिङले युरोपियन आयोगकी अध्यक्ष उर्सुला वॉन डेर लेयेनसंग गरेको टिप्पणी ताइवानको मामिलामा सम्भवत: कुनै विदेश नेतासंग गरेको पहिलो टिप्पणी मानिन्छ। सि जिनपिङले यो पनि भनेका छन् कि अमेरिकासंगको द्वन्दमा फँस्दा चीनले प्राप्त गरेका थुप्रै उपलब्धिहरु गुम्ने छन् र यसले चीनको २०४९ सम्ममा महान कायाकल्प गर्ने लक्ष्यमा धक्का पुग्ने छ।
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया