शान्तिवार्ताका लागि रुसका नयाँ प्रस्ताव !
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसंग शान्तिवार्ता सुरु गर्नका लागि केही शर्तहरु अगाडि सारेका छन्। रुसको समाचार एजेन्सी तासका अनुसार पुटिनले अगाडि सारेका शर्तहरुमा युक्रेनले डोनेट्स, लुहांस, जापोरिझिया र खेरसोन क्षेत्र बाट आफ्ना सबै सेनाहरु फिर्ता गर्नुपर्ने र युक्रेनले नेटो सैन्य गठबन्धनमा सहभागी हुने योजना परित्याग गरेको औपचारिक घोषणा गर्नु पर्ने कुरा समावेश छन्। पुटिनका अनुसार युक्रेनले यी शर्तहरु मानेमा रुसले त्यही मिनेटमा युद्धविरामको आदेश दिनेछ र वार्ता सुरु गर्नेछ। र युक्रेनले यी सर्तहरु मानेमा उसका सैनिकहरुलाई बाधारहित रुपमा सुरक्षित फिर्ताको अवसर सुनिश्चित गर्नेछ।
पुटिनले अगाडि भनेका छन्– हामीहरु आज फेरि अर्को वास्तविक शान्ति प्रस्ताव अगाडि सार्दैछौ। यो द्वन्दलाई रोक्ने सवाल मात्र होइन, बरु यसलाई निश्चित टुंगोमा पुर्याउनु हो। रुसको यो शान्ति प्रस्तावलाई पश्चिम र किभले अस्वीकार गरे भने रक्तपातको जिम्मेवारी उनीहरुकै हुनेछ।
युक्रेनले रुसका यी शर्तहरु मान्ने सम्भावाना एकदम कम छ। युक्रेनले पटक पटक आफ्नो कुनै पनि क्षेत्र रुसलाई नदिने अडान लिँदै आएको छ। त्यस्तै अमेरिका र नेटोले पनि रुसको यो प्रस्तावलाई अस्वीकार गरेका छन्। नेटोका महासचिव जेम्स स्टोलटेनबर्गले रुसको प्रस्ताव राम्रो मनसायले राखिएको छैन भनेर भनेका छन्। त्यस्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनका अनुसार पुटिनले अवैध रुपमा सार्वभौम युक्रेनको भूभाग कब्जा गरेको छ। उनी युक्रेनले शान्तिको लागि के गर्नु पर्छ भनेर हुकुम गर्ने हैसियतमा छैनन्।
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया