पुटिन भन्छन्– उदीयमान बहुध्रुवीय विश्वलाई बलियो बनाउनु जरुरी !
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो बहुचर्चित चीन भ्रमणबाट फर्केपछि सो भ्रमणबारे रुसी मिडियाले सोधेका प्रश्नहरुको उत्तर दिएका छन्। सो क्रममा उनले व्यक्त गरेका केही महत्त्वपूर्ण विचारहरु यहाँ प्रस्तुत गरिएको छ।
भविष्य रुस र चीनमा निर्भर गर्छ भन्ने तथ्य केवल आंशिक रुपमा सत्य छ। मानव जातिको भविष्य सम्पूर्ण मानवतामाथि निर्भर गर्छ। निश्चित रुपमा रुस र चीन आधुनिक सभ्यताको महत्त्वपूर्ण घटक हुन्। हामीले कसरी विकास गर्नु पर्छ भन्ने कुरामा हाम्रो आफ्नै विचारहरु छन्। हामी ठान्छौं कि विकास रचनात्मक र शान्तिपूर्ण हुनु पर्छ, यसमा कुनै सन्देह छैन। हाम्रा हितहरुको बाहेक, त्यसले अन्तर्राष्ट्रिय अन्तर्क्रिया सबै पक्षहरुको हितहरु माथि पनि ध्यान दिनु पर्छ।
उदीयमान बहुध्रुवीय विश्वलाई बलियो बनाउनु जरुरी छ। यसमा अलिकति पनि शंका छैन कि हाम्रो आँखाको अगाडि एउटा नया संसारले आकार लिइरहेको छ र बहुध्रुवीय बनिरहेको छ।
अहिले हामीहरु युक्रेनको सम्बन्ध जे भइरहेको छ त्यसको विश्लेषण गरिरहेका छौं । अवश्य पनि हामीले देखिरहेका छौं कि स्विट्जरलैंडको जेनेभामा विश्वव्यापी रुपमा घोषित बैठकको आसपास के भइरहेको छ। मेरो विचारमा यो बैठकको स्थान हो। हामी निश्चित रुपमा यस्तो कुनै फर्मुलाको बारेमा चर्चा गर्ने वाला छैनौं, जसको बारेमा हामी बिल्कुल केही पनि जान्दैनौ। तर युक्रेन भन्दा फरक हामीले कहिले पनि संवादलाई अस्वीकार गरेका छैनौं।
जेनेभाको यो कार्यक्रमको उदेश्य स्पष्ट छ। उनीहरु धेरैभन्दा धेरै देशहरुलाई भेला गर्न चाहन्छन, घोषणा गर्न चाहन्छन् कि हरेक कुरामा सबैको सहमति भयो र यसलाई हल गरिएको मुद्दाको रुपमा, एउटा अल्टिमेटमको रुपमा रुसको सामू पेश गर्न चाहन्छन। यस्तो कहिले पनि हुनेवाला छैन।
आर्थिक गतिविधिमा संलग्न तेश्रो देशहरुमा लगाइएका प्रतिबन्ध दुई गुणा वा नीन गुणा नाजायज छन्। किनकि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुमति बेगर लगाइने प्रतिबन्ध बिल्कुल नाजायज हुन्।
राजनीतिक कारणहरु बाट डलरमा विश्वास कमजोर गरेर अमेरिकीहरुले आफ्नो शक्तिको मुख्य , सबै भन्दा शक्तिशाली र महत्त्वपूर्ण साधनलाई डलरलाई नै कमजोर बनाइरहेका छन्। उनीहरु आफैंलाई अपूरणीय क्षति पुर्याइरहेका छन्। एउटा प्रख्यात भनाइलाई प्रयोग गर्ने हो भने उनीहरु आफ्नै रोटी र मक्खनसंग झगडा गर्दैछन्।
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया