भारतीय माओवादीका लागि घातक बन्दै छ स्थिति !
हिजो भारतको छत्तीसगढ राज्यको बिजापुर जिल्लामा सुरक्षाबल संग भएको भिडन्तमा १२ जना माओवादीहरुको मृत्यु भएको छ
। यो घटना बिजापुर जिल्लाको गंगालपुर इलाकामा भएको थियो। यो ठाउलाई माओवादीहरुको गढ मानिन्छ।
स्मरणीय छ गत १६ अप्रिलमा छत्तीसगढ राज्यकै कांकेर जिल्लामा भएको सुरक्षाकर्मीहरु संग भएको मुठभेडमा २९ जना माओवादी छापामारहरुको मृत्यु भएको थियो। भारतीय माओवादीहरुको लागि यो वर्ष सबै भन्दा घातक साबित हुन थालेको छ। यो वर्षको ५ महिनाभित्रै १०३ जना माओवादी छापामारहरुको मृत्यु भएको छ।
२००६ मा प्रधानमन्त्री मनमोहन सिंहले माओवादी आन्दोलनलाई भारतको आन्तरिक सुरक्षाको लागि सबै भन्दा ठुलो चुनौती हो भनेर भनेका थिए। त्यसपछि उनको सरकारले माओवादी बिरुद्ध अप्रेसन ग्रिन हन्ट सुरु गरेको थियो। २०१४ मा सरकारमा आएको नेता नरेन्द्र मोदी सरकारले लामो समय देखी भारतमा चल्दै आएको माओवादी आन्दोलनलाई समाप्त पार्न आफ्नो मुख्य लक्ष्य बनाएको छ। जसअनुसार भारतीय राज्य सत्ता माओवादी आन्दोलनलाई समाप्त पार्न आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ।
फ्रान्समा ‘सम्पूर्ण हडताल’ को समय आएको छ
शाहेद ड्रोन कसरी नयाँ एके–४७ बन्यो ?
उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
प्रतिक्रिया