पुटिनको सपथ ग्रहण: बहुध्रुवीय विश्व व्यवस्थाका लागि काम गरिरहने !
भ्लादिमिर पुटिनले रुसका राष्ट्रपतिको रुपमा पाचौं पटक सपथग्रहण गरेका छन्। क्रेमलिनमा भएको भव्य समारोहका बीच ७१ वर्षीय पुटिनले रुसको संविधान माथि दाहिने हात राख्दै सपथ ग्रहण गरेका हुन्।
पुटिनले यो वर्षको मार्च महिनामा भएको राष्ट्रपति निर्वाचनमा ठूलो मतान्तरले जित हासिल गरेका थिए। उनले सो निर्वाचनमा ८७% मत प्राप्त गरेका थिए।
पुटिन दुई दशकभन्दा लामो समयदेखि सत्तामा रहेका छन्। उनी १९९९ मा प्रधानमन्त्री बनेका थिए। डिसेम्बर १९९९ मा कार्वाहक राष्ट्रपति बने। पुटिन २००० मा पहिलो पटक राष्ट्रपति बनेका थिए। त्यसपछि २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति बनिसकेका छन्। अहिले उनले पाचौं पटक राष्ट्रपतिको पद सम्हालेका हुन्।
पुटिनले यो कार्यकाल पूरा गरेसंगै स्टालिन र क्याथरिन दि ग्रेटको नाममा रहेको रुसको सत्ता सबै भन्दा लामो समयसम्म सञ्चालन गर्ने रेकर्ड तोड्नेछन्।
पुटिनको सपथग्रहण समारोहलाई अमेरिका र युरोपेली युनियनका अधिकांश देशहरुले बहिस्कार गरेका छन् ।
राष्ट्रपति पुटिनको यो सपथग्रहण तनावपूर्ण समयको बिचमा सम्पन्न भएको छ। दुई वर्षदेखि रुस र युक्रेनको बीचमा युद्ध चलिरहेको छ। यो युद्धमा रुस बिस्तारै अगाडि बढ्दै गैरहेको छ। हिजै मात्र रुसले पश्चिमी देशहरुको भड्काउ अभिव्यक्तिको जवाफस्वरूप आणविक युद्ध अभ्यास सुरु गर्ने जानकारी दिएको थियो।
सपथग्रहण पछि पुटिनले भनेका छन्- हामी पश्चिमसंग कुरा गर्न तयार छौं। यो उनीहरु माथि निर्भर गर्छ कि हामीहरु संग कुरा गर्न तयार छन् कि छैनन्। पश्चिमी देशहरुले लगातार रुसको विकासलाई रोक्ने प्रयास गरे। उनीहरु वर्षौंदेखि हामीविरुद्ध आक्रामक रवैया अपनाउँदै आएका छन्। तर हामी युरोप र एसियाका हाम्रा सहयोगीहरु संग मिलेर बहुध्रुवीय विश्व व्यवस्थाका लागि काम गरिरहनेछौं। हामी चाहन्छौं कि सबै देशहरुसंग एकै प्रकारको सुरक्षा व्यवस्था होस्। स्वतन्त्रता र एकता कायम राख्नको लागि रुसको सामाजिक-राजनीतिक प्रणाली लचिलो हुनु पर्छ। हामीहरुले हरेक समय कुनै पनि चुनौती वा खतराको लागि तैनाथ रहनु पर्छ।
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया