हुथी विद्रोहीहरुले अमेरिकी ड्रोन खसाले !
गाजा क्षेत्रमा इजरालले गरेको नरसंहार तथा इजरायलको समर्थनमा अमेरिका लगायत युरोपेली देशहरु लागिपरेपछि यमनका हुथी विद्रोहीहरुले लालसागरमा प्रतिरोधी आक्रमण जारी राखेका छन् । यसैक्रममा पछिल्लो पटक उनीहरुले बेलायती तेलवाहक जहाज ‘एन्ड्रोमेडा स्टार’माथि मिसाइल आक्रमण गरेर क्षति तुल्याएका छन् भने अमेरिकी ड्रोन एमक्यू– ९ लाई पनि खसालिदिएका छन् ।
हुथी आक्रमणमा परी ‘एन्ड्रोमेडा स्टार’ मा सामान्य मात्रै क्षति पुगेको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । अहिले अमेरिका र उसका गठबन्धनले लालसागरमा हुथी विरुद्ध सेना नै परिचालन गरेको छ ।
अहिलेसम्म अमेरिकाले आफ्ना ड्रोन हुथी विद्रोहीले खसालिदिएको बारे कुनै प्रतिक्रिया जनाएको छैन । तर अमेरिकी मिडियाहरुले सो बारे खबर प्रकाशित गरेका छन् । हुथीहरुले खसालिदिएको अमेरिकी ड्रोन अत्याधुनिक र महंगो मानिन्छ । एक खबरअनुसार सो ड्रोनको मूल्य ३० मिलियन अमेरिकी डलर पर्छ ।
गाजामा इजरायलले आक्रमण शुरु गरेयता हुथीहरुले अमेरिकाको आक्रमक ड्रोनलाई खसालिदिएको यो तेस्रो घटना हो ।
हुथी विद्रोही समूह इरान समर्थित विद्रोही मानिन्छन् । यो समूह संसारकै सबैभन्दा ठूलो सैनिक क्षमता भएको विद्रोही समूह हो । यस समूहमा डेढ लाख जति सक्रिय सेना तथा अत्याधुनिक हातहतियारहरु रहेको विश्वास गरिन्छ ।
Image source: https://www.aljazeera.com
युद्धले खारिएको हुथीलाई कमजोर आँक्ने हुँदैछ गल्ती
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया