इरानविरुद्ध इजरायलको प्रत्याक्रमणः खाडी क्षेत्रमा युद्धको खतरा बढ्यो
केही दिन अघि इरानले गरेको आक्रमणको बदलामा इजरायलले इरानमा जवाफी हमला गरेको छ ।
इजरायलले इरानको रणनीतिक मानिने इस्फाहान प्रान्तमा मूलतः आक्रमण केन्द्रीत गरेको खबरहरु आएको छ । यस प्रान्तमा इरानका थुप्रै रणनीतिक महत्वका कारखानाहरु, सैन्य अनुसन्धान केन्द्र तथा विकास निर्माणका क्षेत्रहरु तथा सैन्य केन्द्रहरु रहेको छ । इस्फाहान नजिकको शहर नातान्ज त इरानको आणविक केन्द्र नै पनि हो । इजरायली प्रत्याक्रमणको सम्भावनालाई ख्याल गर्दै इरानले आफ्ना आणविक केन्द्रहरुलाई केही दिनअघि नै बन्द गरिसकेको छ । तर अमेरिकाले अहिलेको इजरायली आक्रमणको तारो आणविक केन्द्रहरु नरहेको जनाएको छ ।
इजरायली आक्रमणको सम्भावनालाई केन्द्रमा राखेर इरानले आफ्ना हवाई सुरक्षा प्रणालीलाई पहिल्यै नै सक्रिय तुल्याइसकेको छ । इरानी अधिकारीहरुको हवाला दिँदै प्रकाशमा आएको खबरअनुसार इरानले थुप्र्रै इजरायली ड्रोनहरुलाई खसाइदिएको छ ।
इजरायली आक्रमणका बीच इरानले आफ्ना थुप्रै शहरहरुको हवाई यातायातलाई स्थगित गरेको छ । खासगरी, राजधानी तेहरान, इस्फाहान र सिराज हवाइअड्डाहरुलाई यतिखेर बन्द गरिएको छ ।
इरानी सञ्चार माध्यमहरुले इस्फाहान हवाइअड्डा नजिक विस्फोटको आवाज सुनिएको बताएको छ । तर त्यो विस्फोट इजराली हवाइ हमलाको कारण हो वा अन्य कुनै अहिलेसम्म खुलेको छैन ।
उता सिरिया र इराकमा पनि विस्फोटहरु भएका छन् ।
उता उत्तरी इजरायलमा पनि हवाइ हमलाको जनाउ दिने साइरनहरु बजेकोको खबर आएको छ । तर लगत्तै इजरायली पक्षले त्यो साइरन भूलवश बजेको, त्यहाँ कुनै हवाइ हमला भइनहालेको जनाएको छ ।
इजरायल र इरानबीच प्रत्यक्ष युद्ध चर्कने सम्भावना बढ्दै जाँदा त्यसले खाडी क्षेत्रमा वृहत् युद्धको खतरालाई जन्म दिएको छ । युद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि खाडी क्षेत्र नेपालीहरुको लागि वैदेशिक रोजगारको ठूलो गन्तव्य रहेको पृष्ठभूमिमा त्यहाँ चर्कने युद्धले नेपालमा गहिरो प्रभाव पार्ने निश्चित छ ।
अमेरिकाले पनि अहिले चर्कोको आक्रमण प्रत्याक्रमणले खाडी क्षेत्रलाई गहिरो युद्धमा धकेल्ने चिन्ता व्यक्त गरेको छ ।
इरानका विदेशमन्त्रीले इरानविरुद्ध इजरायलले कुनै सैन्य कारवाही गरेमा ‘इरानले पनि तुरुन्तै र वृहत स्तरमा जवाफ दिने’ चेतावनी दिएको लगत्तै इजरायलले चालेको कदमले वृहत् स्तरको युद्धको सम्भावनालाई बढाइदिएको छ ।
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया