अझै मरेको छैन पुस्तक प्रेम !
एकैजनाले ३ लाखभारुभन्दा बढीको पुस्तक किने !
भरखरै मात्र ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भयो । भारत सरकार आफैं सक्रिय भएर लागिपरेको उक्त मन्दिरको दर्शन गर्न ११ दिनमा २५ लाख मानिसहरु सहभागी भएका थिए । त्यस अवसरमा ८ करोड रुपियाँ भेटी संकलन भएको थियो । त्यो धर्मप्रति आम भारतीय रुझानको प्रतिक थियो । तर त्यो भन्दा पनि बढी मानिस कलकत्तामा भरखरै सम्पन्न पुस्तक मेलामा सहभागी भएका थिए । त्यसले कलकत्ताका मानिसहरुमा रहेको अद्भूत पुस्तक प्रेम एवं पठन संस्कृतिलाई प्रकट गरेको थियो ।
गत जनवारी १८ देखि ३१ सम्म चलेको सो अन्तर्राष्ट्रिय पुस्तक मेलामामा २९ लाख मानिसहरु सहभागी भएका थिए । त्यस मेलामा २७ करोड भारतीय रुपियाँ बराबरको किताबहरु बिक्री भएको थियो । अघिल्लो बर्ष भएको पुस्तक मेलामा पनि २५ लाख मानिसहरु सहभागी भएका थिए र त्यसबेला २५ करोड भारतीय रुपियाँ बराबरको पुस्तकहरु बिक्री भएको थियो । यसपालि अघिल्लो पटकभन्दा सहभागिता तथा पुस्तकको समेत बिक्री बढेको हो ।
सबैभन्दा अद्भूत कुरा त के पनि भयो भने यस पटकको पुस्तक मेलामा देवब्रत चटर्जी नाम गरेका पुस्तक प्रेमी एक्लैले ३ लाख १५ हजार भारतीय रुपियाँ बराबरको पुस्तक किनेका छन् । पेशाले निजी शिक्षक चटर्जीको पुस्तक प्रेमलाई देखेर पब्लिशर्स एण्ड बुक सेलर्स गिल्डले उनलाई सम्मानित गरेको छ ।
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया