राजेन्द्र सुवेदी स्मृति समाज गठन

वरिष्ठ साहित्यकार, शिक्षासेवी तथा समाजसेवी राजेन्द्र सुवेदीका विशिष्ट योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले राजेन्द्र सुवेदी स्मृति समाज गठन भएको छ । प्रा.डा.जीवेन्द्रदेव गिरीको अध्यक्षतामा गठित सो समितिमा उपाध्यक्ष डा.रमेश शुभेच्छु लुइँटेल, सचिवमा कमल सुवेदी नीलकमल र कोषाध्यक्षमा पुष्पा सुवेदी घिमिरे रहनु भएको छ । समितिका अन्य सदस्यहरूमा डा.हरिप्रसाद सिलवाल, डा.भागवत आचार्य, सीता सुवेदी पन्थी, डा.सावित्री श्रेष्ठ, धीरकुमार श्रेष्ठ, डा.नारायणप्रसाद गडतौला र होम भट्टराई रहनुभएको छ ।

सो समाजले हरेक वर्ष विशेष गरी साहित्यको निबन्ध र समालोचनाका क्षेत्रमा विशेष योगदान दिने स्रष्टालाई राजेन्द्र सुवेदी साहित्य पुरस्कार र ललितकला, रङ्गमञ्च, चित्रकला ,मूर्तिकला, गीतसङ्गीत तथा चलचित्रका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वलाई  राजेन्द्र सुवेदी कला पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । स्वर्गीय राजेन्द्र सुवेदीको जन्म जयन्ती हरेक वर्षको साउन १९ गते यी पुरस्कार प्रदान गरिने छन् । यसबाहेक राजेन्द्र सुवेदीका अप्रकाशित कृतिहरूको प्रकाशन र उहाँका बारेमा थप शोध तथा अनुसन्धान गर्नु गराउनु यो संस्थाको उद्देश्य रहेको छ ।

प्रा.डा. वासुदेव त्रिपाठी, वरिष्ठ कलाकार के.के.कर्माचार्य, डा.तुलसी भट्टराई, सह प्रा. होम सुवेदी, प्रा.डा.कविता लामा (सिक्किम), काजी रोशन, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्राज्ञ नर्मदेश्वरी सत्याल, रामबाबु नेपाल आदि रहनु भएको छ । काठमाडौँको कोटेश्वरमा कार्यालय रहेको र निकट भविष्यमा स्वर्गीय सुवेदीको स्मृतिग्रन्थ प्रकाशन गर्ने योजनामा रहेको सो समाजलाई सुवेदीको परिवारले अक्षयकोशका लागि रु. दश लाख अक्षयकोशको व्यवस्था गरेको छ ।      

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।