तुरुन्तै युद्धविरामको माग गर्दै राष्ट्रसंघमा प्रस्ताव पारित
मानवीय आधारमा गाजा क्षेत्रमा अविलम्ब युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा विशाल बहुमतका साथ प्रस्ताव पारित भएको छ ।
हिजो मंगलबार पारित उक्त प्रस्तावको पक्षमा नेपाल समेत गरी १५३ राष्ट्रले मतदान गरेका छन् भने त्यसको विपक्षमा अमेरिका, इजरायल लगायत १० वटा देशहरुले मतदान गरेका छन् । २३ वटा देशहरु भने तटस्थ बसेका छन् ।
पारित प्रस्ताव बाध्यकारी नभए पनि त्यसले विश्व जनमतको भावनालाई प्रतिनिधित्व गर्दछ । त्यसले इजरायलको आक्रमणको विरुद्धमा विश्व जनमत खडा छ भन्ने कुरालाई बलियोसँग दर्शाउँदछ ।
यतिखेर इजरायलले गाजाक्षेत्रमा नरसंहार मच्चाइरहेको छ । विश्व जनमत युद्धको विरुद्धमा खडा छ तर अमेरिका र युरोपको सह पाएको इजरायलले युद्ध अपराधको हदमा गाजा क्षेत्रमा अस्पताल, आवासीय क्षेत्रहरुमा समेत आक्रमण गरेर बालबालिका, महिला, बृद्धबृद्धा तथा स्वास्थयकर्मीहरु समेतको हत्या गरिरहेको छ ।
यसअघि पनि गत अक्टोबर २७ मा यस्तै एउटा प्रस्ताव पारित गरिएको थियो । त्यसबेला प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेका थिएन भने १४ ले विपक्षमा । त्यसबेला ४५ राष्ट्रहरु तटस्थ बसेका थिए ।
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया