वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको दुःखद निधन भएको छ ।

हर्निया रोगबाट पीडित मानन्धरको बयोधा अस्पतालमा उपचार भइरहेको अवस्थामा निधन भएको हो ।

साहित्यकार मानन्धर ९० वर्षको हुनुहुन्थ्यो ।

नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत रहनुभएका शान्तदास मानन्धर जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय एवं क्रियाशील हुनुहुन्थ्यो ।

गत वर्ष उहाँलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

मानन्धर पहिलो पारिजात बालसाहित्य सम्मान २०७०, जगदम्बाश्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरुबाट समेत सम्मानित हुनुहुन्थ्यो ।

मानन्धरको दाहसंस्कार २९ गते बुधबार आर्यघाटमा गरिने तय भएको बुझिएको छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।