इजरायली युद्ध अपराधविरुद्ध कविता वाचन

प्यालेष्टाइनमाथि इजरायलले गरिरहेको मानवताद्रोही आक्रमण र नरसंहारको विरुद्धमा राजधानी काठमाडौंमा कविता वाचनको कार्यक्रम हुने भएको छ । 

कार्यक्रमको मूल शीर्षक  ‘मानवताको पक्षमा साहित्यः प्यालेस्टिनी जनतामाथिको युद्धअपराधविरुद्ध कविता वाचन’ रहेको छ । उक्त अवसरमा विभिन्न कविहरुले इजरायलको नरसंहारविरु्द्ध तथा प्यालेस्टिनी जनताको लागि न्यायको पक्षमा लेखिएका कविताहरु पाठ गर्नेछन् । उक्त कविता वाचन कार्यक्रम कात्तिक १७ गते शुक्रबार म्हेपी नयाँबजारस्थित पारिजात स्मृति भवनमा हुनेछ । 

पारिजात स्मृति केन्द्रले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि कवि विमल निभा रहनेछन् । 


 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।