मौन हत्याराः कति खतरनाक छ वायु प्रदूषण?

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार वायु प्रदूषणका कारण मुटुका रोगहरु, फोक्सोको क्यान्सर र श्वासप्रश्वासका संक्रमण भएर संसारभरि करिब ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । संसारभरि नै ९९ प्रतिशत मानिसहरुले विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको मापदण्डभन्दा खराब वायुमा सास फेरिरहेका छन् ।

एल्ला किस्सी डेब्राहा नाम गरेकी सानी बच्चीले थेग्न सकिनन् । सन् २०१३ मा दमको गम्भीर आघातका कारण ११ वर्षीय डेब्राहाको निधन भयो । लण्डनको व्यस्त साउथ सर्कुलर रोडको नजिकै ३० मिटरको दुरीमा बस्ने उनलाई बारम्बार स्वास्थ्य समस्याका कारण अस्पताल लैजाने गरिएको थियो ।

सन् २०२० मा आएर अधिकारीहरुले के जानकारी दिए भने ती बालिकाको निधनका आंशिक कारणमा सडकमा गुडेका गाडीहरुले निस्कासन गरेका विषाक्त धुँवा–ग्याँस र धुलाका कणहरु पनि जिम्मेवार छ । सम्भवतः वायु प्रदूषणका कारण कसैको मृत्यु भएको कुरालाई सरकारी स्तरमा स्वीकारिएको यो पहिलो घटना थियो ।

जनस्वास्थ्य विज्ञहरु डेब्राह व्यापक रुपमा फैलिएको वैश्विक आपतकालको शिकार बनेको मान्छन् । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार वायु प्रदूषणका कारण मुटुका रोगहरु, फोक्सोको क्यान्सर र श्वासप्रश्वासका संक्रमण भएर संसारभरि करिब ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । संसारभरि नै ९९ प्रतिशत मानिसहरुले विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको मापदण्डभन्दा खराब वायुमा सास फेरिरहेका छन् ।

प्रतिष्ठित मेडिकल जर्नल लान्सेटमा गत अगस्तमा चिनियाँ वैज्ञानिकहरुको टीमले गरेको अनुसन्धानको रिपोर्ट छापिएको छ । त्यस रिपोर्टले 'वायु प्रदूषणका कारण मानिसहरुमा प्रतिजैविक प्रतिरोध बढिरहेको' जनाएको छ । उक्त अनुसन्धानले देखाएअनुसार, सोही कारण सन् २०१८ मा ४ लाख ८० हजारको अकाल मृत्यु भएको थियो।

त्यही महिनामा हावर्डका वैज्ञानिकहरुले चाहिँ वायु प्रदूषणमा कार्बनको निष्काशन र केही क्यान्सरहरुको बढ्दो खतराबीच सम्बन्ध रहेको निष्कर्ष निकालेका थिए ।

यसको अर्थ, हामीले कति खतरनाक वायुमा सास फेरिरहेका छौं ?

छोटो उत्तर हुन्छ– अत्यन्तै खतरनाक । वास्तवमै, वायु प्रदूषण अहिले विश्वव्यापी रुपमा नै अकाल मृत्युको प्रमुख कारण बन्दै गइरहेको छ । मानवीय गतिविधिहरुबाट कार्बनको निष्काशनमा कम गर्ने काम त हुँदै गइरहेको छ, तर जङ्गलमा हुने गरेका आगलागीमा बृद्धि भएको छ, इन्धनको विश्वव्यापी आवश्यकता बढेर गएको छ । त्यसले नयाँ नयाँ खतराहरु पैदा गरेको छ । त्यसले सबैलाई समान रुपमा असर त गर्दैन । जनस्वास्थ्यका अन्य चुनौतीहरुमा जस्तै, बसोबासको स्थान र तिनका कमाइले पनि मानिसले कति बढी विषाक्त हावाले पैदा गर्ने खतराको सामाना गर्नुपर्छ भन्ने कुरा निर्धारण गरिरहेको हुन्छ ।

ग्याँस र कणहरु



विश्व स्वास्थ्य संगठनका ‘डिपार्टमेन्ट अफ इन्भायरोमेन्ट, क्लाइमेट चेन्ज एण्ड हेल्थ’ का प्रविधि प्रमुख सोफिया गुमीका अनुसार हावालाई प्रदूषित गर्ने तत्त्वहरु दुई थरिका हुन्छन्– ग्याँस र कणहरु । तिनीहरु प्रत्यक्ष रुपमा कार्बनको उपभोगबाट वा अन्य तरिकाहरुबाट पैदा भइरहेका हुन्छन् । गाडीहरु तथा जैविक इन्धनमा आधारित औद्योगिक रिफाइनरी तथा केमिकल प्लान्टहरुबाट निस्कासन हुने नाइट्रोस अक्साइड (Nitrous oxides) वायु प्रदूषण गर्ने ग्याँसको एउटा उदाहरण हो ।

सबैभन्दा मुख्य प्रदूषक बनेको नाइट्रोजन डायोअक्साइड (nitrogen dioxide) ले मुख्यतः दम लगाउने तथा श्वासप्रश्वाससम्बन्धी अन्य समस्याहरु पैदा गराउने गर्छ । यही नाइट्रोजन डाइअक्स्टथाइडले अन्य नाइट्रोजन अक्साइडहरुसँग मिलेर सूर्यको परावैजनी किरणसँग प्रतिक्रिया गरेर ग्राउण्ड लेभल ओजोन जस्ता प्रदूषकहरु पनि उत्पन्न गर्ने गर्छ । यी प्रदूषकले सुन्नाइदिने तथा हावा मार्गलाई नोक्सान गर्ने गर्छ ।

यिनै नाइट्रोजन अक्साइडहरुले हावामा प्रदूषणका कणहरु बन्न सहयोग गरिरहेको हुन्छ । ओजोन र यी कणहरुको स्रोत एउटै भए पनि तिनले पार्ने असर र परिणामहरु भने फरक हुने गर्छ ।

नर्थवेस्टर्न युनिभर्सिटी फेनवर्ग स्कुल अफ मेडिसिनका पल्मोनरी एण्ड क्रिटिकल केयरका प्रमुख स्कट बुडिङ्गरका अनुसार, जनस्वास्थ्यका लागि विशेष महत्वपूर्ण कुरा कण–प्रदूषकहरु हुन् । उनी भन्छन्, 'अध्ययनहरुले देखाएको छ, त्यस्ता कणहरुको सम्पर्कमा आएक केही दिनमै विविध किसिमका स्वास्थ्य जटीलताहरु बढेर मृत्युको संख्यामा समेत बृद्धि हुने गर्छ ।' 

बुडिङ्गर थप भन्छन्, 'ठूला शहरहरुमा दैनिक रुपमा हुने त्यस्ता प्रदूषण कणसँगको सम्पर्कका कारण मृत्युदरमा बृद्धि भएको जनस्वास्थ्यविद्हरुले पाएका छन् ।'

प्रदूषणले सबैभन्दा ठूलो असर मुटुमा पारिरहेको हुन्छ ।

गुमी भन्छन्, ‘वायु प्रदूषण भन्नेबत्तिकै मानिसहरु श्वासप्रश्वाससम्बन्धी समस्याबारे सोच्छन् । तर त्यस्ता वायु प्रदूषकहरु श्वासको माध्यमबाट फोक्सोमा जान्छ र रगतको माध्यमबाट शरीरका अन्य भागहरुमा पुग्छन् । त्यहाँ तिनले कोषहरुलाई सुन्नाइदिन्छ । त्यसले मुटुलाई असर गर्छ । फलत हृदयघात र स्ट्रोक जस्ता मुटुका समस्याहरु गराउँछ ।'

सबैभन्दा ठूलो खलनायक चाहिँ २.५ माइक्रोनभन्दा साना कणहरु बन्ने गर्छन् । यो भनेको मानिसको कपालभन्दा २० देखि २८ गुना सानो कण हो । त्यति मसिनो हुने भएकोले त्यो कण प्लासेन्टासम्म पुग्न सक्छ । त्यो भनेको त्यसले गर्भमा रहेका भ्रूणको मस्तिष्कसम्मै पुग्न सक्छ ।'

०००

विश्व स्वास्थ्य संगठनका डिपार्टमेन्ट अफ इन्भायरोमेन्ट, क्लाइमेट चेन्ज एण्ड हेल्थकी निर्देशक मारिया नेइराका भन्छन्, त्यसमा पनि सबैभन्दा ठूलो खलनायक चाहिँ २.५ माइक्रोनभन्दा साना कणहरु बन्ने गर्छन् । यो भनेको मानिसको कपालभन्दा २० देखि २८ गुना सानो कण हो । त्यति मसिनो हुने भएकोले त्यो कण प्लासेन्टासम्म पुग्न सक्छ । त्यो भनेको त्यसले गर्भमा रहेका भ्रूणको मस्तिष्कसम्मै पुग्न सक्छ ।'

पिएम २.५ भनेर चिनिने त्यस्ता मसिना कणहरुको सम्पर्कमा आएका कारण समय नपुगिकनै बच्चा जन्मने खतरामा बृद्धि गराइदिन्छ । त्यसैगरी, लामो समयसम्म त्यसता कणहरुको सम्पर्कमा आउँदा डिमेन्सिया, पार्किन्सन, अल्जाइमर जस्ता नशासम्बन्धी रोगहरुको खतरा बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।

त्यसमा पनि सबैभन्दा बढी प्रभावित चाहिँ सीमान्तकृत समुदायका मानिसहरु हुने गर्छन् ।

खतरनाक 'एक्सपोजर'

सियाटलको वाशिङटन विश्वविद्यालयको इन्स्टिच्यूट अफ हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसनका अनुसार, मेटाबोलिक र व्यवहारजन्य जोखिमबाट हुने मृत्यका कारणहरुमध्ये वायु प्रदूषण उच्च रक्तचाप, सूर्ती सेवन र जोखिमयुक्त खानपानपछिको चौथो प्रमुख कारण हो ।

यही संख्या पनि बराबरी बाँडिएको छैन ।

विश्व स्वास्थय संगठनका अनुसार, घरभित्र हुने प्रदूषणका कारण करिब ३२ लाख मानिसहरु वर्षेनी मर्ने गरेका छन् । त्यस्ता क्षेत्रहरुमा सबसहारा अफ्रिका, थुप्रै दक्षिण एशियाली देश, दक्षिणपूर्वी एशियाली देश, रुस लगायतका देशहरु पर्छन् जहाँ अझै पनि मट्टितेल, दाउरा तथा कोइलाहरु कोठा तताउन तथा खाना पकाउन प्रयोग हुने गर्छ ।

वायु प्रदूषणका कारण हुने स्ट्रोक, मुटुले पर्याप्त मात्रामा रगत र अक्सिजन पाउन नसक्ने स्वास्थ्य समस्या, सिओपीडी र फोक्सोका क्यान्सर जस्ता समस्याहरुले बेसी महिला र बच्चाहरुलाई सताउने गर्छन् । यही वर्ग वेसी गरेर घरभित्र समय बिताउने गर्छन् ।

०००

विश्व स्वास्थ्य संगठनका अनुसार, घरबाहिर हुने वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा वर्षेनी ४२ लाख मानिसहरुको अकाल मृत्यु हुने गर्छ । विश्व बैंकले गरेको अनुमान अनुसार, वायु प्रदूषणका कारण स्वास्थ्यमा गर्ने क्षति ८.१ अमेरिकी ट्रिलियन (८१ खरब)डलर बराबरको हुने गर्छ ।

०००

त्यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार, घरबाहिर हुने वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा वर्षेनी ४२ लाख मानिसहरुको अकाल मृत्यु हुने गर्छ । विश्व बैंकले गरेको अनुमान अनुसार, वायु प्रदूषणका कारण स्वास्थ्यमा गर्ने क्षति ८.१ अमेरिकी ट्रिलियन (८१ खरब)डलर बराबरको हुने गर्छ । यो भनेको विश्वभरिकै कूल ग्राहस्थ उत्पादनको ६.१ प्रतिशत हो ।

त्यसो त यो मध्ये धेरैजसो भार तल्लो तथा मध्य आय भएका जनसंख्यामा पर्छ । एक विश्लेषणबाट गरिएको अनुमानअनुसार, सैद्धान्तिक रुपमा मात्रै पनि सन् २०१९ मा मध्यपूर्वदेखि उत्तर अफ्रिकासम्म वायु प्रदूषणलाई न्यून तहमा सीमित गर्न सकिएको हुन्थ्यो भने संसारभरि नै मानिसको आयुदर १ देखि ६ वर्षसम्म लम्बिन्थ्यो ।

गुमी भन्छन्, वायु प्रदूषणका असर सबैभन्दा बेसी कमजोर र संवेदनशील जनसंख्यामा देखिएको छ । संवेदनशील जनसंख्या त्यो समूह हो, जसलाई वायु प्रदूषणले सबैभन्दी बढी सताउने गर्छ । उदारहणका लागि, पहिल्यै तत्सम्बन्धी रोगहरुले सताइएका वा वंशाणुगत रुपमा श्वासप्रश्वाससम्बन्धी रोग वा मुटुसम्बन्धी रोग भएका समूहहरु । कमजोर भन्नाले चाहिँ वायु प्रदूषणको सम्पर्कमा सबैभन्दा बढी आइबस्नुपर्ने समूह । खासगरी, कमसल क्षेत्रमा बस्ने मानिसहरु माथिका दुवै परिधिसँग मेल खाने गर्छन् । तिनीहरु वायु प्रदूषण अत्यधिक भएका क्षेत्रमा बस्छन् वा काम गर्छन् र तिनीहरुलाई स्वास्थ्य सुविधा कमै उपलब्ध हुने गर्छ र उनीहरुलाई सक्रिय र स्वस्थ रहनका लागि कमै समय उपलब्ध हुने गर्छ । 

एकछिनका लागि भारतको राजधानी दिल्लीमा काम गर्ने पुलिस अधिकारीको तस्विर सम्झौं । प्रत्येक जाडो महिनामा छिमेकी राज्यका किसानहरुले आफ्ना खेतबारीमा आगो लगाउने गर्छन् जसले महिनौं लामो समयसम्म हावालाई प्रदूषित तुल्याइदिन्छ । ती पुलिस अधिकारीलाई बाहिरी क्षेत्रमा सुरक्षा निगरानी गर्नुपर्दा त्यस किसिमको प्रदूषणबीच रहनुको कुनै विकल्प नै हुँदैन ।

०००

'सामान्यतः वायु प्रदूषणले सबैभन्दा बढी उपत्यकाहरुलाई प्रभावित पार्ने गर्छ, जहाँ प्रायः वायु बाहिर निस्कासन हुन सक्दैन ।'

०००

उच्च आय भएका मुलुकहरुमै पनि तल्लो सामाजिक–आर्थिक हैसियत भएका मानिसहरु असमान ढंगले वायु प्रदूषणबाट प्रभावित हुने गरेका छन् । अमेरिकामा नै पनि त्यस्ता समुदायहरु सडक नजिक बसोबास गर्ने गरेको बुडिङगर औंल्याउँछन् । यसले थुप्रै अल्पसंख्यक समूहहरु, विशेष गरेर काला अमेरिकीहरुमा वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य समस्याहरुका कारण अकाल मृत्युका घटनाहरु बढी हुने गरेको छ ।

सामाजिक–आर्थिक अवस्थाबाहेक, भूगोलले पनि वायु प्रदूषणको घनत्वलाई प्रभावित पार्ने गर्छ । बुडिङगर भन्छन्, 'सामान्यतः वायु प्रदूषणले सबैभन्दा बढी उपत्यकाहरुलाई प्रभावित पार्ने गर्छ, जहाँ प्रायः वायु बाहिर निस्कासन हुन सक्दैन ।'

त्यसैगरी, जलवायु परिवर्तनका असरहरुको बढोत्तरीसँग आगलागी हुने खतरा बढी भएका जङ्गल क्षेत्रका वायुको गुणस्तरमा प्रत्यक्ष चुनौतीहरु देखापरेका छन् ।

अमेरिकाको वातावरणीय सुरक्षा एजेन्सीको डाटा अनुसार, गएका दुई दशकमा पीएम २.५ मा राष्ट्रव्यापी रुपमा नै ४२ प्रतिशतले कमी आएको छ । तर त्यसबीचमा जङ्गलमा हुने आगलागी तेब्बर भएको छ । आगोको आकार पनि चारगुना बृद्धि भएको छ । अमेरिकामा प्रदूषण कणहरु घटे पनि प्यासिफिकको उत्तरपश्चिमका समुदायमा चाहिँ त्यस्ता प्रदूषक कणहरुमा बृद्धि भएको छ र त्यहाँका बासिन्दाहरु त्यसको चपेटामा परेका छन् । वान स्टाण्डफोर्ड युनिभर्सिटीको विश्लेषणले देखाएको छ – २००७ देखि २०१९ सम्ममा अमेरिकामा जङ्गलको आगलागी पीएम २.५ को निश्कासनको २० प्रतिशत हिस्सेदार छ, त्यसले वार्षिक रुपमा लोककल्याणकारी फन्डमा ९२ विलियन अमेरिकी डलर बृद्धि गराएको छ, अकाल मृत्युसम्बन्धी खर्चमा ८ बिलियनदेखि ३१ विलियन अमेरिकी डलरसम्म लागत बढाएको छ र श्रममार्फत् हुने आय २ प्रतिशतले घटाएको छ ।

जलवायु परिवर्तनका असरहरुको बढोत्तरीसँग आगलागी हुने खतरा बढी भएका जङ्गल क्षेत्रका वायुको गुणस्तरमा प्रत्यक्ष चुनौतीहरु देखापरेका छन् ।

०००

विश्व स्वास्थ्य संगठनका नेइरा भन्छन्, वायु प्रदूषणले हामीलाई कसरी असर गरिरहेको छ भन्ने बारे हामीले प्रत्येक दिन थप प्रमाणहरु फेला पारिरहेका छौं ।

११६ देशहरुमा गरिएका १२ अनुसन्धानहरुके विश्लेषणले देखाएको छ– वायु प्रदूषक कण पीएम२.५ मा १० प्रतिशतले बृद्धि हुँदा त्यसले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक रेसिस्टेन्स) १ प्रतिशतले बढाएको छ । त्यसको असरले वार्षिक ४३,६५४ जनाको अकाल मृत्यु भएको छ । यो प्रतिरोध सबैभन्दा बढी उत्तर अफ्रिका र पश्चिम एशियामा देखिएको छ ।

नेइराका अनुसार वायु प्रदुक्षण अहिले हामीले भोगिरहेको जनस्वास्थ्यसम्बन्धी समस्याहरु मध्ये सबैभन्दा ठूलो समस्या हो भनेर सबैले जान्नु जरुरी भएको छ । त्यसो त वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरु आफैंमा अनुसन्धानको नयाँ क्षेत्र हो, जहाँ धेरै प्रश्नहरु अनुत्तरित नै छन् । तर के प्रष्ट छ भने यो बाटो सजिलो छैन, धेरै खाल्टाखुल्टीहरु छन् ।

सुसमाचार–खराब समाचार

वायु प्रदूषणविरुद्धको लडाइँमा विजयहरु पनि हासिल भएका छन् ।

अमेरिकाको इन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सीका अनुमानमा क्लिन एयर एक्ट पास भए यता पचास वर्षमा सयौं हजारको ज्यान बचेको छ ।

१९७९ मा भएको लङ रेन्ज ट्रान्स बाउण्ड्री एयर पोलुसन कन्भेन्सनलाई पनि धन्यवाद दिनैपर्छ । त्यसले युरोप, उत्तर अमेरिका, पूर्व सोभियतसंघ र वार्साप्याक्टका देशहरु तथा अन्य थुप्रै युरोपेली देशहरुम वायु प्रदूषणलाई सम्बोधन गर्न क्षेत्रीय ढाँचा बनायो जसले त्यहाँको वायु प्रदूषण, विशेष गरेर सल्फरजन्य प्रदूषणको निष्कासन उल्लेख्य रुपमा घट्यो ।

‘विगत लामो समयदेखि वायु प्रदूषण शहरी क्षेत्रको मात्र समस्या हो भनेर मानिदै आइयो,’ विश्व स्वास्थ्य संगठनका गुमी भन्छन्, ‘तर विज्ञानले वास्तवमै हामीलाई प्रदूषण कहाँबाट आउँछ भन्ने कुरा विश्लेषण गर्न दिन्छ ।’

०००

वायुको गुणस्तर सुधारका लागि एउटा क्षेत्र नेतृत्वकर्ता बन्न सक्छ भने अर्को क्षेत्र चाहिँ पछि पर्न । एउटा देशले राम्रो गरिरहँदा उसको छिमेकी देशले जङ्गल मासिदियो भने उसको सबै प्रयत्नहरु सत्यानाश हुन सक्छ ।

०००

उदाहरणका लागि, नाइट्रोस अक्साइट, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड, ब्लाक कार्बन र वातवरणीय जैविक कार्बनहरु सबै सन् २०१२ देखि घट्दो छ । त्यसो हुनुको कारण चीन, उत्तर अमेरिका र युरोपमा त्यसको उत्पादन घट्नु नै हो ।

यो प्रगति विकसित देशहरुमा मात्र सीति छैन । भारत र अफ्रिका यातायातका क्षेत्रबाट हुने प्रदूषणको निश्कासन घटेको छ । त्यसैगरी, भारतको उर्जाको क्षेत्रबाट हुने प्रदूषण पनि घटेको छ, जसले विश्वव्यापी रुपमा नाइट्रोजनको उत्सर्जनमा ६० प्रतिशत र सल्फर डाइअक्साइडको उत्सर्जनमा १४ प्रतिशतले कमी आएको छ ।

तर सुसमाचार मात्रै छैन । वर्षेनी उर्जाको विश्वव्यापी खपत बढ्दो छ । खेतीपातीले एमोनियाको उत्सर्जन निरन्तर रुपमा बढ्दो छ । विभिन्न रसायनहरुको प्रयोग, उर्जा उतपादन तथा यातायातका साधनका कारण धेरै वाष्पशील जैविक यौगिकहरु सामान्य बन्ने कुरा बढ्दै गइरहेको छ ।

गुमीले औल्याएअनुसार, धेरैजसो निम्न तथा मध्य आय भएका देशहरु विकसित देशहरुभन्दा भिन्न खालका विभिन्न विकासे तरिका अपनाउँदा उनीहरुले पुरना र नयाँ खालका वायु प्रदूषणका स्रोतहरु पनि देख्न थालेका छन् । त्यो भनेको जलेको आवासीय फोहोरहरुबाट निस्कने कालोधुँवासँगे कारबाथट निस्कने नाइट्रोस अक्साइड पनि हो ।

यथार्थ कुरा के हो भने आगामी बाटो सहज छैन । भिन्न क्षेत्रहरुका लागि थरिथरिका बाटाहरु एकापसमा भन्नै नसकिने गरी जेलिएको अवस्थामा छन् ।

वायुको गुणस्तर सुधारका लागि एउटा क्षेत्र नेतृत्वकर्ता बन्न सक्छ भने अर्को क्षेत्र चाहिँ पछि पर्न । एउटा देशले राम्रो गरिरहँदा उसको छिमेकी देशले जङ्गल मासिदियो भने उसको सबै प्रयत्नहरु सत्यानाश हुन सक्छ । देशभित्रकै फरक छिमेकीहरु, शहरहरु र राज्यहरुको हकमा पनि यो कुरा सत्य हो ।

विभिन्न क्षेत्रमा समाधानका अस्थायी उपायहरु लागू गर्ने गरी उपलब्ध अनुगमन सेवाले मानिसलाई आफ्नो क्षेत्रको वायुको गुणस्तरलाई केही हदसम्म सटीकताका साथ अनुगमन गर्न सम्भव बनाउँछ तर प्रत्येक दिन वायु प्रदूषणका कारण नयाँ नयाँ स्वास्थ्य जोखिमहरु बढिरहेको बेला यो आफैंमा पर्याप्त भने हुँदैन, विश्व स्वास्थ्य संगठनका नेइरा भन्छिन् ।

प्रदूषणका तथ्यांकहरुको अर्थ के हो भन्नेबारे मानिसहरुले बुझ्नु जरुरी छ, तर ‘सडक प्रदूषित छ भनेर बताउने एप मसँग छ’ भन्ने खालका दायित्व तिनीहरुमाथि थोपरेर मात्र हुँदैन,’उनी भन्छिन्, ‘प्रदूषणसँग लड्ने तरिका यो होइन ।’ उनी थप भन्छिन्, ‘तिमीलाई दिनानुदिन नमार्ने खालको हावामा सास फेर्ने अधिकार तिमीसँग हुनुपर्छ ।

अलजजिरामा प्रकाशित रिपोर्टको अनुवाद ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।