किन दुख्छ दाँत

हामीले खाएको खाना र चिनी मुखमा रह्यो भने त्यसलाई व्याक्टेरियाले खाने गर्छ ।

दाँत हाम्रो शरीरको सबैभन्दा कडा र दह्रो भाग हो । यो हाम्रो हाडभन्दा पनि दह्रो हुन्छ । दाँत डेन्टाइन (dentine) भन्ने तत्व मिलेर बनेको हुन्छ । दाँतको सबैभन्दा बाहिरको भागलाई इनामेल (Enamel) भनिन्छ । इनामेल हाम्रो शरीरकै सबैभन्दा ठोस तत्व हो । शरीरको सबैभन्दा दह्रो भाग हूँदा हुँदै पनि कि दाँतमा कीरा लाग्छ त ? किन हाम्रो दाँत दुख्ने गर्छ त ?

हाम्रो दाँतका धेरै शत्रुहरु छन् । हामीले खाएको खाना र चिनी मुखमा रह्यो भने त्यसलाई व्याक्टेरियाले खाने गर्छ । यसरी खाएपछि व्याक्टेरियाले एउटा विशेष प्रकारको अमिलो तत्व पैदा गर्छ । त्यस्तो अमिलो तत्वलाई अम्ल (Acid) भनिन्छ । त्यही अम्लले हाम्रो दाँतको इनामेललाई नोक्सान पु¥याउने गर्छ । इनामेललाई नष्ट गरेपछि विस्तारै त्यसले डेन्टाइलाई पनि हानी पुर्याउँछ । डेन्टाइनपछि त्यसले दाँतको भित्री भाग पल्प क्याभिटी (Pulp Cavity) मा समेत असर गर्छ । जब ब्याक्टेरिया पल्प क्याभिटीसम्म पुग्छ, त्यसबेला हामीलाई अति नै दुख्ने गर्छ । त्यसैलाई हामी दाँत दुखेको भन्छौं ।

जथाभावी खानेकुराहरु खाने बानी र खानेकुरा खाएपछि दाँत सफा नगर्ने वा दाँत माझिनहाल्ने खराब बानीले गर्दा पनि हाम्रो दाँतमा त्यस्तो हुने गर्छ । त्यसैले हामीले दाँतको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । हामीले दिनहुँ दाँत माझ्ने बानी बसाल्नु पर्छ र खाना खाइसकेपछि मुख पनि सफा गर्नुपर्छ । यसो गर्दा मुखमा खानेकुरा रहन पाउँदैन । मुखमा खानेकुरा नरहेपछि व्याक्टेरियाले दाँत वा मुखमा अम्ल पनि पैदा गर्न पाउँदैन । अनि त हाम्रो दाँत दुख्ने कुरा नै आउँदैन ।

स्रोतः Know about Human Body

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।