काबुलीवाला : महान साहित्यकार रविन्द्रनाथ टैगोरको अमर रचना

आँखा रसाइदिने पिता–प्रेमको एउटा अद्भूत कहानी

मेरी पाँच वर्षकी सानी छोरी नबोलीकन एकक्षण पनि बस्न सक्दिनन् । संसारमा आइसकेपछि भाषा सिक्न उनले एक वर्ष मात्र लगाइ होलिन् । नसुतुन्जेलसम्म उनी एक क्षण पनि चुपचाप बित्दैन । धेरैजसो त उनकी आमाले हप्कीदप्की गरेर उनको बोली बन्द गरिदिन्छिन् तर मबाट त्यस्तो हुँदैन । मिनीको मौनता मलाई अस्वाभाविक लाग्छ, जसलाई म धेरैबेर सहन सक्दिनँ र यही कारण हो कि मसँग उनका भावनाहरूको आदानप्रदान अलि बढी उत्साहका साथ हुने गर्छ ।

 

 

बिहानै मैले आफ्नो उपन्यासको सत्रौँ अध्यायमा हात मात्रै के लगाएको थिएँ, मिनी आएर भन्न थालिन्, ‘‘बाबा ! रामदयाल चौकीदार हिजो कागलाई कौवा भन्दैथियो । ऊ केही पनि जान्दैन हगि बाबा !’

विश्वका भाषाहरूका विभिन्नताबारे मैले केही बताउनुभन्दा पहिल्यै उनले अर्को प्रसङ्ग उप्काइन्, ‘बाबा भोला भन्थ्यो आकाशले मुखबाट पानी फ्याँक्छ र त्यहीँबाट पानी पर्छ । भोला पनि झुटो बोल्छ हगि बाबा ? खालि बकबक मात्र गर्छ, दिनरात बोलि मात्रै रहन्छ ।’

यस विषयमा मेरो सुझावको अलिकति पनि वास्ता नै नगरी तुरुन्तै सानो स्वरमा एउटा जटिल प्रश्न गरिन्, ‘बाबा ! आमा तपाईंको को पर्नुहुन्छ ?

मनमनै मैले भनेँ– साली पर्छिन् र फेरि भनेँ, ‘मिनी तिमी जाऊ भोलासँग खेल । मेरो अहिले काम छ है ।’

तब उनी मेरो मेचको पछिल्लो भागमा, खुट्टाको नजिकै बसेर आफ्नो दुवै घुँडा र हातहरू हल्लाउँदै अत्यन्तै छिटो मुख चलाएर ‘अम्बल डम्बल खैले पाल’ भन्न थालिन् । जबकि मेरो उपन्यासको अध्यायमा प्रतापसिंह त्यस समयको कञ्चनमालालाई लिएर रात्रिको प्रगाढ अन्धारमा बन्दीगृहको अग्लो प्वालबाट तल कलकल गर्दै बगिरहेको नदीमा कुदिरहेको थियो ।

मेरो घर सडकको किनारमा थियो, अचानक आफ्नो अम्बल डम्बल छाडेर कोठाको झ्याल नजिक दौडेर गइन् र ठूलो स्वर चिच्याउन लागिन्, ‘काबुलीवाला, ओ काबुलीवाला ।’

https://www.femina.in

फोहोर मैलो ह्वाङ्लाङ्ग परेको कपडा लगाएको, टाउकोमा फेटा लगाएको, काँघमा सुख्खा फलहरूको मैला झोला झुण्ड्याएका, हातमा चमनको अङ्गुरहरूको केही टोकरी बोकेको, एउटा अग्लो–बलियो देखिने काबुली सुस्त गतिमा सडकमा गइरहेका थिए । उसलाई देखेर मेरी सानी छोरीको हृदयमा कस्तो भाव उदय भयो, यो बताउन असम्भव छ । उसले ठूलो स्वरले बोलाउन सुरु गरिन् ।

***

फोहोर मैलो ह्वाङ्लाङ्ग परेको कपडा लगाएको, टाउकोमा फेटा लगाएको, काँघमा सुख्खा फलहरूको मैला झोला झुण्ड्याएका, हातमा चमनको अङ्गुरहरूको केही टोकरी बोकेको, एउटा अग्लो–बलियो देखिने काबुली सुस्त गतिमा सडकमा गइरहेका थिए । उसलाई देखेर मेरी सानी छोरीको हृदयमा कस्तो भाव उदय भयो, यो बताउन असम्भव छ । उसले ठूलो स्वरले बोलाउन सुरु गरिन् । मैले सोचेँ, अब झोला काँघमा भिरेका, टाउकोमा एउटा समस्या आएर खडा हुनेछ र मेरो सत्रौँ अध्याय आज अधुरो नै रहनेछ ।

तर मिनीले बोलाएपछि जसै काबुलीवाला हाँस्दै उनीतिर फर्केर घरतर्फ बढ्न लागे, मिनी डराएर भित्र भागिन् । उनी कहाँ लुकिन्, थाहा नै पाउन सकिएन । उनको बालमनमा यो अन्धविश्वास थियो कि तिनको झुत्रोमैलो झोलाभित्र खोज्ने हो भने उनी जस्तै ज्युँदाजाग्दा बच्चा फेला पर्न सक्छन् ।

***

जसै काबुलीवाला हाँस्दै उनीतिर फर्केर घरतर्फ बढ्न लागे, मिनी डराएर भित्र भागिन् । उनी कहाँ लुकिन्, थाहा नै पाउन सकिएन । उनको बालमनमा यो अन्धविश्वास थियो कि तिनको झुत्रोमैलो झोलाभित्र खोज्ने हो भने उनी जस्तै ज्युँदाजाग्दा बच्चा फेला पर्न सक्छन् ।

***

यता काबुलीवाला आएर मुस्कुराउँदै हात उठाएर अभिवादन गरे र उभिए । मैले सोचेँ, वास्तवमा प्रतापसिंह र कञ्चनमालाको दशा अत्यन्तै सङ्कटापन्न छ तर पनि घरमा बोलाएर योसँग केही पनि नकिन्नु ठीक हुन्न ।

केही सौदा किनपछि मैले उनीसँग यताउताका कुराहरू गर्न थालेँ । भगवान, रुस, अङ्ग्रेज, सीमान्त रक्षाका बारेमा गफसफ हुन लागे ।

अन्त्यमा उठेर जाँदै गर्दा उसले आफ्नो मिलीजुली भाषामा सोधे– ‘बाबुजी, तपाईंको बच्ची कहाँ गइन् ?’

मैले मिनीको मनमा रहेको व्यर्थको डर हटाउने अभिप्रायले उसलाई भित्रबाट बोलाएँ । उनी एकदमै मसँग टाँसिएर काबुलीवालाको मुख र झोलातिर सन्देहात्मक दृष्टिले हेर्दै खडा भइन् । काबुलीले झोलाबाट किसमिस र एप्रिकोट फल निकालेर दिन खोजे तर उनले लिइनन् र दोब्बर सन्देहका साथ मेरो घुँडामा टाँसिएर उभिइन् । उसको पहिलो परिचय यस प्रकारले भयो ।

https://cdn.epustakalay.com

आफ्नो पाँच वर्षको जीवनमा आफ्ना बाबुजीबाहेक, मिनीले सायदै यस्तो धैर्यवान स्रोता फेला पोरकी होलिन् । यसो हेर्छु त उनको फ्रकको अगाडिको भाग बदाम–किसमिसले भरिएको पो छ । मैले काबुलीवालालाई भने, ‘यिनलाई यो सबथोक किन दिएको ? अब कहिल्यै पनि नदिनू ।’

***

त्यस घटनाको केही दिनपछि एक दिन बिहानै म एउटा आवश्यक कामले बाहिर जाँदैथिएँ । मेरी नानी त ढोकाछेवैको बेन्चमा बसेर काबुलीवालासँग मरीमरी हाँस्दै कुराकानी गरिरहेकी छिन् र काबुलीवाला उसको खुट्टा नजिकै बसेर बीचबीचमा हाँस्दै उनलाई ध्यानपूर्वक सुनिरहेका छन् र बीचबीचमा आफ्नो राय मिल्दोजुल्दो भाषामा व्यक्त पनि गरिरहेका छन् । आफ्नो पाँच वर्षको जीवनमा आफ्ना बाबुजीबाहेक, मिनीले सायदै यस्तो धैर्यवान स्रोता फेला पोरकी होलिन् । यसो हेर्छु त उनको फ्रकको अगाडिको भाग बदाम–किसमिसले भरिएको पो छ । मैले काबुलीवालालाई भने, ‘यिनलाई यो सबथोक किन दिएको ? अब कहिल्यै पनि नदिनू ।’ त्यसो भनेर मैले कुर्ताको खल्तीबाट आठ आना झिकेर उनलाई दिएँ । उनले पनि बिना कुनै हिच्किचाहट आठ आना लिएर आफ्नो झोलामा राखे ।

केही समयपछि, घर फर्केपछि देखेँ, त्यो आठ आनाले अत्यन्तै ठूलो उपद्रो पो खडा गरिदिएको छ ।

मिनीकी आमा एउटा सेतो चम्किलो गोलाकार पदार्थ हातमा लिएर गाली गर्दै मिनीलाई सोधिरहेकी थिइन्, ‘तैँल यो आठ अना कहाँबाट पाइस्, बता ?’

मिनीले भनिन्, ‘काबुलीवालाले दिएका हुन् ।’

‘काबुलवालासँग तैँले आठा आना कसरी लिइस्, भन् ?’

मिनीले रुँन सुरु गर्दै भनिन्, ‘मैले मागेकै थिइनँ, उनले आफैं दिएका हुन् ।’

मैले गएर मिनीलाई त्यस अचानक मुस्किलबाट रक्षा गरेँ र उनलाई बाहिर लिएर आएँ ।

पछि थाहा भयो काबुलीसँग मिनीको यो दोस्रो भेट थियो । यस क्रममा ऊ दिनहुँ आइरहे र पिस्ता बदामको घुस दिएर मिनीको सानो हृदयमा धेरै अधिकार जमाइसके ।

देखें, यो नयाँ मित्रतामा बाँधिएका कुरा र हाँसो नै प्रचलित छ । जस्तै मेरी नातिनी, रहमतलाई देख्नेबित्तिकै हाँस्दै सोध्थिन्, ‘काबुलीवाला, ओ काबुलीवाला, तिम्रो झोलाभित्र के छ ? काबुली, जसको नाम रहमत थियो, एउटा अनावश्यक चन्द्रबिन्दु जोडेर मुस्कुराउँदै उत्तर दिन्थे, ‘हो छोरी’ । उसको परिहासको रहस्य के हो, त्यो त भन्न सकिन्नँ तर पनि यी नयाँ मित्रहरूलाई यसबाट विशेष खेलजस्तै प्रतीत हुन्थ्यो र जाडोको बिहानीमा एउटा उमेर पुगेका र एउटी बच्चीको सरल हाँसो सुनेर मलाई पनि अत्यन्तै राम्रो लाग्थ्यो ।

***

यी दुई मित्रहरूमा अरू पनि एकाध कुरा प्रचलित थिए । रहमत मिनीलाई भन्थे, ‘तिमी कहिल्यै पनि ससुराल (श्रीमानको घर) नजानू, हुन्छ ?’

***

यी दुई मित्रहरूमा अरू पनि एकाध कुरा प्रचलित थिए । रहमत मिनीलाई भन्थे, ‘तिमी कहिल्यै पनि ससुराल (श्रीमानको घर) नजानू, हुन्छ ?’

हाम्रो देशका केटीहरू जन्मनेबित्तिकै नै ‘ससुराली’ शब्दसँग परिचित हुन्छन् तर हामी अलि फरक विचार राख्नेखालको हुनाले हामीले यो सानी बच्चीलाई ससुरालीको विषयमा विशेष ज्ञान दिन सकेका थिएनौँ, अतः रहमतको अनुरोध उनी स्पष्ट रूपमा बुझ्न सक्दैनथिइन् । यस्तो हुँदा पनि कुनै पनि कुराको उत्तर नदिइकन चुपचाप बस्नु उनको स्वभावको विल्कुलै विरुद्ध थियो । उल्टै उनी रहमतलाई सोध्थिन्, ‘तपाईं ससुराली जानुहुन्छ ?’

रहमत आफ्ना काल्पनिक ससुरातर्फ आफ्नो मुड्की तान्दै भन्थे, ‘म ससुरालाई कुट्छु ।’

त्यो सुनेर मिनी ‘ससुरा’ नाम गरेका कुनै अन्जान जीवको दुरवस्थाको कल्पना गरेर खुब हाँस्थिन् ।

हेर्दाहेर्दै जाडोको रमाइलो ऋतु आयो । पूर्व युगमा यही समय राजाहरू दिग्विजयका लागि निक्लने गर्थे । म कलकत्ता छोडेर कहिल्यै पनि कत्तै गइनँ, सायद त्यही कारण मेरो मन ब्रह्माण्डमा घुम्ने गर्छ । अर्थात्, म आफ्नै घरमा चिर प्रवासी हुँ, बाहिरी ब्रह्माण्डका लागि मेरो मन सधैँ आतुर हुने गर्छ । विदेशको नाम अगाडि आउनेबित्तिकै मेरो मन त्यहीँको उडान लगाउन थाल्छ । यसप्रकार कोही विदेशीलाई देख्नेवित्तिकै तत्कालै मेरो मनले नदी–पर्वत–घनाजङ्गलको बीचमा एउटा कुटीको दृश्य देख्न थाल्छ र एउटा उल्लासपूर्ण स्वतन्त्र जीवनयात्राको कुरा कल्पनामा जागेर आउँछ ।

यता हेर्यो भने चाहिँ म त्यस्तो प्रकृतिको प्राणी हुँ, जसलाई आफ्नो घर छोडेर बाहिर निस्कँदा टाउकै काटिन्छ । यही कारण हो कि बिहानको समय आफ्नो सानो कोठाको मेचको सामुन्ने बसेर ती काबुलीवालासँग गफसफ गरेर धेरैजसो भ्रमणको काम निकाल्ने गर्छु । मेरा सामुन्ने काबुलको पूरै चित्र कोरिएर आउँछ । दुवैतिरबाट उतारचढाव, राताराता अग्लो दुर्गम पहाडहरू छन् र रेगिस्तानी बाटो, त्यसमा भारी बोकको ऊँटहरूको लाम गइरहेको छ । अग्लोअग्लो फेटा बाँधेका व्यापरी र यात्रीहरूमध्ये कोही ऊँट चढेका छन् त कोही पैदल नै गइरहेका छन् । कसैको हातमा भाला छ, कोही अति पुरानो बन्दुक पक्रेका छन् । बादलहरूको भयानक गर्जनको स्वरमा काबुलका मानिसहरू आफ्नो मिलिजुली भाषामा आफ्नो देशका कुराहरू गरिरहेका छन् ।

***

मिनीकी आमा अत्यन्तै शङ्कालु प्रकृतिकी छिन् । बाटोमा कुनै पनि किसिमको हल्लाखल्ला हुनेबित्तिकै उनले संसारभरिकै सबै मस्त रक्स्याहाहरू हाम्रै घरतिर दौडिएर आइरहेका छन् भन्ने ठान्छिन् ।

***

मिनीकी आमा अत्यन्तै शङ्कालु प्रकृतिकी छिन् । बाटोमा कुनै पनि किसिमको हल्लाखल्ला हुनेबित्तिकै उनले संसारभरिकै सबै मस्त रक्स्याहाहरू हाम्रै घरतिर दौडिएर आइरहेका छन् भन्ने ठान्छिन् । उनको विचारमा यो संसारको ओल्लो छेउदेखि पल्लो छेउसम्म चोर–डाँका, रक्स्याहा, साँप, बाघ, रोगहरू, मलेरिया, साङ्लाहरू र अङ्ग्रेजहरूले भरिएका छन् । यो दुनियाँमा बसेको यतिका दिन भइसक्दा पनि उनको मनको यो रोग हटेको छैन ।

रहमत काबुलीको तर्फबाट पनि उनी पूरै निश्चिन्त थिइनन् । त्यहीकारण काबुलीवालामाथि विशेष नजर राख्नका लागि उनी मलाई बारम्बार अनुरोध गरिरहन्थिन् । जब मैले उनको शङ्कालाई हाँसोठट्टाको आवरणले छोप्न खोज्थेँ, उनी मलाई एकै पटकमा थुप्रै प्रश्नहरू गर्थिन्, ‘के कहिल्यै कुनै केटा चोरिएको छैन ? के काबुलमा गुलाम बिक्दैन ? के एउटा मोटाघाटा काबुलीका लागि एउटा सानो बच्चा उठाएर लैजान असम्भव छ ?’ आदि इत्यादि ।

मैले मान्नै पर्थ्यो कि यो कुरा नितान्त असम्भव छ भन्ने हैन तर भरोसायोग्य पनि छैन । भरोसा गर्ने शक्ति सबैमा समान हुँदैन, अतः मिनीकी आमाको मनमा डर बाँकी नै रह्यो तर फगत यही कारण बिना कुनै दोष मैले रहमतलाई आफ्नो घरमा आउनको लागि मनाही गर्न सकिनँ ।

***

उनले घरघर, दोकान दोकान घुम्नुपर्ने हुन्छ तर पनि मिनीसँग उसको भेट एक पटक भइहाल्छ । हेर्दा यस्तो प्रतीत हुन्छ कि यी दुईजनाका बीच कुनै षड्यन्त्रको श्रीगणेश भइरहेको छ । जुन दिन उनी बिहानै आउन पाउँदैनथिए, त्यो दिन उनी बेलुकी आइपुग्थे ।

***

हरेक वर्ष रहमत माघ महिनामा लगभग आफ्नो देश फर्केर जाने गर्छन् । यो समय उनी आफ्ना व्यापारीहरूसँग रुपियाँ पैसा उठाउन तल्लीन हुन्छन् । उनले घरघर, दोकान दोकान घुम्नुपर्ने हुन्छ तर पनि मिनीसँग उसको भेट एक पटक भइहाल्छ । हेर्दा यस्तो प्रतीत हुन्छ कि यी दुईजनाका बीच कुनै षड्यन्त्रको श्रीगणेश भइरहेको छ । जुन दिन उनी बिहानै आउन पाउँदैनथिए, त्यो दिन उनी बेलुकी आइपुग्थे । अँध्योरोमा घरको कुनामा खुकुलो पाइजामा लगाएका, झोला बोकेका मोटाघाटा मानिसलाई दखेर साँच्चै नै मनमा अचानक डर पैदा भइहाल्थ्यो ।

तर जब मिनी ‘एक काबुल वाला’ भनेर बोलाउँदै हाँस्दै दौडिएर आउँछिन् र दुई भित्री आयुका मित्ररुहरूका माझ त्यही पुराना हासपरिहास चल्न थाल्छ, त्यो बेला मेरा सारा हृदय खुसीले नाचिहाल्छ ।

एक दिन बिहानै म आफ्नो सानो कोठामा बसेर नयाँ किताबको शुद्धाशुद्धि हेरिरहेको थिएँ । जाडो सकिनुभन्दा पहिल, आज अत्यन्तै उग्रताका साथ आफ्नो प्रकोप देखाइरहेको छ । जता हेर्यो, उतै जाडोकै चर्चा छ । यस्तो जाडोमा झ्यालबाट बिहानैको घामको किरण मेचको तलबाट मेरो खुट्टा पर्यो । त्यसको गर्मी मलाई राम्रो लाग्न थाल्यो । लगभग आठ बजेको समय होला । टाउकामा मफ्लर बेरेर उषाचरण बिहानको घुमफिर गरेर घरतर्फ फर्किरहेका थिए । त्यही समयमा बाटोमा एउटा ठूलो आवाज सुनियो ।

रहमतलाई दुईजना सिपाहीले बाँधेर लगिरहेको देखेँ । उसको पछाड धेरैजनामा तमासे बच्चाहरूको झुण्ड पनि पछ्याउँदै आइरहेको छ । रहमतको खुकुलो कुर्तमा रगतको दाग छ र एकजना सिपाहीको हातमा रगतले लतपतिएको छुरा । मैले ढोकाबाट बाहिर निस्केर सिपाहीलाई रोकेँ र सोधेँ, ‘कुरा के हो ?’

https://i.ytimg.com

लगभग आठ बजेको समय होला । टाउकामा मफ्लर बेरेर उषाचरण बिहानको घुमफिर गरेर घरतर्फ फर्किरहेका थिए । त्यही समयमा बाटोमा एउटा ठूलो आवाज सुनियो । रहमतलाई दुईजना सिपाहीले बाँधेर लगिरहेको देखेँ । उसको पछाड धेरैजनामा तमासे बच्चाहरूको झुण्ड पनि पछ्याउँदै आइरहेको छ ।

***

केही सिपाही र केही रहमतबाट सुनेँ कि हाम्रा एकजना छिमेकीले रहमतसँग रामपुरी तन्ना किनेका थिए । त्यसको केही रुपियाँ दिन बाँकी थियो, त्यो दिनको उनले इन्कार गरे । यही कुरामा दुवैजना बीच भनाभन भयो र रहमतले छुरा निकालेर घोपिदिए ।

ती झुटा बेइमान मानिसका बारेमा रहमत भिन्न भिन्न प्रकारका अपशब्द सुनाइरहेका थिए । त्यत्तिकैमा ‘काबुलवाला, ओ काबुलवाला’ भनेर बोलाउँदै मिनी घरबाट निक्लेर आइन् ।

रहमतको अनुहार क्षणभरमै रमाइलो हास्यले चम्कियो । उसको काँधमा आज झोला थिएन । अतः झोलाका बारेमा यी दुई मित्रहरूको अभ्यस्त आलोचना चल्न सकेन । मिनीले आउनेबित्तिकै उसलाई सोधिन्, ‘तिमी ससुराली जाने हो ?’

रहमतले प्रफुल्लित मनले भने, ‘हो, त्यहीँ त गइरहेको छु ।’

रहमतले थाहा पाए कि उसको यो जवाफले मिनीको अनुहारमा हाँसो ल्याउन सक्ने छैन, तब उनले हात देखाएर भने, ‘ससुरालाई कुट्थेँ तर के गरूँ, हात बाँधिएका छन् ।’

छुरा हानेको अपराधमा रहमतलाई कैयौँ वर्षको कारावास सजाय भयो ।

विस्तारै विस्तारै मबाट रहमतको ख्याल पूरै हट्यो । हामी आफ्नै घरमा बसेर सधैँ अभ्यस्त भएको कारण नित्य कामधन्दामा अल्झेर दिन बिताइरहेका थियौँ । त्यसबेला एउटा स्वाधीन पर्वहरूमा घुम्ने मानिस कारागारको भित्ताहरूभित्र कसरी वर्षमाथि वर्ष बिताइरहेका होलान्, यो कुरा मेरो मनमा कहिल्यै पनि आउँदै आएन ।

अझ चञ्चल मिनीको आचरण त अरू लज्जाप्रद थियो । यो कुरा उनको पिताले पनि मान्नुपर्नेछ । उसले सहजै आफ्ना पुराना साथीलाई भुलेर पहिले त घोडारक्षकसँग मित्रता जोडिन्, फेरि क्रमशः जसैजसै उनको उमेर बढ्दै गयो, तसैतसै साथीको बदला एकपछि अर्को उसका साथीहरू जुट्न लागे । अरू त कुरै छोडौँ, अब ऊ आफ्ना बाबुजीको लेख्ने कोठामा पनि आउन छाडिन् । मेरो त एक किसिमले उनीसँगको नाता नै टुटेको छ ।

कैयौँ वर्षहरू विते । वर्षौंपछि आज फेरि शरद ऋतु आएको छ । मिनीको सगाई (फूलमाला)को कुरा पक्का भएको छ । पूजाका छुट्टीहरूमा उसको विवाह हुनेछ । कैलाशवासिनीका साथासाथ यस पटक हाम्रो घरकी आनन्दमयी मिनी पनि आमाबुबाको घरलाई अँध्यारो बनाएर ससुराली जानेछिन् ।

बिहान दिवाकर अति सिँगारिएर निक्लिए । वर्षौंपछि शरद ऋतुको यो नयाँ उज्यालो घाम सुनमा सुगन्धको काम दिइरहको छ । कलकत्ताका साँघुरा गल्लीहरूसँग एकापसमा टाँसिएका पुरानो इँटाका फोहोर घरहरूको माथि पनि घामको आभाले एक प्रकारको अनौठो सौन्दर्य छरिदिएको छ ।

***

हाम्रो घरमा दिवाकरको आवागमनभन्दा पहिले नै सहनाई बजिरहेको छ । मलाई यस्तो प्रतीत भइहरेको छ कि मानौँ मेरो हृदयको घड्कनहरूमा रोइरोइकन बजिरहेको छ ।

***

हाम्रो घरमा दिवाकरको आवागमनभन्दा पहिले नै सहनाई बजिरहेको छ । मलाई यस्तो प्रतीत भइहरेको छ कि मानौँ मेरो हृदयको घड्कनहरूमा रोइरोइकन बजिरहेको छ । उसको करुण भैरवी रागिनी मानौँ मेरो चुँडिएको पीडालाई जाडोको घामसँगै सारा ब्रह्माण्डमा फैलाइरहेको छ । मेरी मिनीको आज विवाह हो ।

बिहानदेखि नै घर बबन्डर बनेको छ । हरेक समय आउनेजानेहरूको ताँती लागेको छ । आगनमा बाँसको मण्डप बनाइँदैछ । हरेक कोठा र आँगनमा झाडफानुस झुण्ड्याइँदैछ र त्यसको टकटकको आवाज मेरो कोठामा आइरहेको छ । ‘लौ हिँड’, ‘चाँडो गर’, ‘यता आउ’को तो कुनै गन्ती नै छैन ।

म आफ्नो लेख्नेपढ्ने कोठामा बसेर हिसाब लेखिरहेको थिएँ । यतिकैमा रहमत आए र अभिवादन गरेर उभिए ।

पहिले त मैले उनलाई चिन्नै सकिनँ । उनीसँग न त झोला थियो न त पहिले जस्तो लामो लामो कपाल, न त अनुहारमा पहिलेजस्तो दिव्य ज्योति नै थियो । अन्त्यमा उनको मुस्कान देखेर उनी रहमत हुन् भनेर चिन्न सकेँ ।

***

पहिले त मैले उनलाई चिन्नै सकिनँ । उनीसँग न त झोला थियो न त पहिले जस्तो लामो लामो कपाल, न त अनुहारमा पहिलेजस्तो दिव्य ज्योति नै थियो । अन्त्यमा उनको मुस्कान देखेर उनी रहमत हुन् भनेर चिन्न सकेँ ।

***

मैले सोधेँ, ‘के हो रहमत, कहिले आयौ ?’

उनले भने, ‘हिजो बेलुकी जेलबाट छुटेको हुँ ।’

सुन्नेबित्तिकै मेरो कानमा घण्टी बज्यो । कोही पनि खुनीलाई मैले कहिल्यै पनि आँखाले देखेको थिइनँ, उसलाई देखेर मेरो सारा मन एकाएक खुम्चिएको जस्तै भयो । मलाई यस्तो लाग्यो, आजको यो शुभ दिनमा यो मानिस यहाँबाट गयो भने राम्रो हुन्छ ।

मैले उसलाई भनेँ, ‘आज हाम्रो घरमा केही आवश्यक काम छ, अतः आज म त्यसमा लागको छु । आज तिमी जाऊ । फेरि आउनू ।’

मेरो कुरा सुनेर ऊ त्यतिबेलै जानका लागि तयार भयो तर ढोकाछेउ आएर यताउता हेरेर उसले भन्यो, ‘के बच्चीलाई एकछिन हेर्न सक्दिनँ ?’

सायद उसलाई यही विश्वास थियो कि मिनी अहिलेसम्म पहिलेकै जस्तै बच्ची नै छिन् । उसले सोचेको थियो होला मिनी अहिले पनि पहिलेजस्तै ‘काबुलवाला, ए काबुलवाला’ भन्दै दौडेर आउँछिन् । ती दुईजना बीचको हासपरिहासमा कुनै पनि प्रकारको रोकावट नहोला ? यहाँसम्म कि पहिलेको मित्रताको याद गरेर उनी एक पेटी अङ्गुर र एउटा कागजको थैलोमा अलिकति किसमिस र बदाम, सायद आफ्नो देशको कुनै मानिससँग मागेर लिएर आएका थिए । उनको पहिलेको थोत्रो मैलो झोला उनीसँग थिएन ।

मैले भनेँ, आज घरमा धेरै काम छ । अतः कोहीसँग पनि भेट्न सकिन्न ।’

मेरो जवाफ सुनेर ऊ केही उदास जस्तै भयो । त्यही मुद्रामा उसले एक पटक मेरो मुखतिर फर्केर स्थिर दृष्टिले हेर्यो । फेरि अभिवादन गरेर ढोकाबाहिर निस्केर गयो ।

मेरो हृदयमा नजानिदो तरिकाले एउटा वेदनाझैँ उठ्यो । उनलाई बोलाऊँ कि भनेर सोचिरहेको थिएँ । यस्तैमा मैले उनी त आफै पो आइरहका देखेँ ।

उनी नजिक आएर भने, ‘यो अङ्गुर र केही किसिमिस, बदाम बच्चीको लाग ल्याएको थिएँ, उसलाई दिनुहोला ।’

***

मैले उसको हातबाट सामान लिएर पैसा दिन चाहेँ तर उनले मेरो हात पक्रेर भने, ‘तपाई‌लाई धेरै धन्यवाद बाबु साहब, सधैँ याद रहनेछ तर पैसा रहन दिनुहोस् ।’ कोहीबेर रोकिएर फेरि भने, ‘बाबु साहब’ तपाईंकी जस्तै मेरो देशमा एउटी नानी छिन् । म उनलाई याद गरेर तपाईंकी नानीका लागि केही मेवा हातमा लिएर आउने गर्छु । म यहाँ सौदा बेच्न आउँदिनँ ।’

***

मैले उसको हातबाट सामान लिएर पैसा दिन चाहेँ तर उनले मेरो हात पक्रेर भने, ‘तपाई‌ंलाई धेरै धन्यवाद बाबु साहब, सधैँ याद रहनेछ तर पैसा रहन दिनुहोस् ।’ कोहीबेर रोकिएर फेरि भने, ‘बाबु साहब’ तपाईंकी जस्तै मेरो देशमा एउटी नानी छिन् । म उनलाई याद गरेर तपाईंकी नानीका लागि केही मेवा हातमा लिएर आउने गर्छु । म यहाँ सौदा बेच्न आउँदिनँ ।’

त्यसो भन्दै उनले आफ्नो खुकुलो कुर्ताभित्र हात घुसाएर छात्तीको नजिबाट एउटा मैलाधमिलो मोडिएको कागजको टुक्रा निकाले र अत्यन्तै जतनका साथ चारैपत्र खोलेर दुवै हातले त्यसलाई फैलाएर मेरो मेचमा राखिदिए ।

मैले कागजको त्यो टुक्रामा एउटा कलिलो हातको सानो पञ्जाको छाप देखेँ । फोटो हैन, तेलचित्र हैन, हातमा अलिकति कालो मोसो लगाएर कागजमाथि यसको निशान लिइएको छ । आफ्नी नानीको त्यो स्मृतिपत्रलाई छातीमा टँसाएर, रहमत हरेक वर्ष कलकत्ताका गल्लीहरू सौदा बेच्नका लागि आउँछन् र तब त्यो कालोमोसोको चित्र मानौँ उसकी बच्चीको हातको कोमल–स्पर्श, उसको विछोडिएको विशाल वक्षस्थलमा अमृत हालिदिइरहन्छ ।

त्यो देखेर मेरा आँखा भरिएर आए । फेरि मैले यो कुरा सबै भुलेँ र उनी एउटा मामुली काबुली मेवावाला हो र म एउटा उच्च वंशको धनी हुँ । त्योबेला मलाई यस्तो लाग्न लाग्यो उनी जे हुन्, म पनि त्यही हुँ । उनी पनि एक पिता हुन् र म पनि । उनकी पर्वतवासिनी सानी बच्चीको निशानीले मेरै मिनीको याद दिलायो । मैले तत्कालै मिनीलाई बाहिर बोलाएँ, यद्यपि यसमा घरभित्र आपत्ति प्रकट गरियो तर मैले त्यसमा खासै ध्यान दिइनँ । विवाहको वस्त्र र आभूषणहरू धारण गरेकी विचारी मिनी लज्जाको कारण खुम्चिएर मेरो छेऊमा आएर उभिइन् ।

***

त्यो देखेर मेरा आँखा भरिएर आए । फेरि मैले यो कुरा सबै भुलेँ र उनी एउटा मामुली काबुली मेवावाला हो र म एउटा उच्च वंशको धनी हुँ । त्योबेला मलाई यस्तो लाग्न लाग्यो उनी जे हुन्, म पनि त्यही हुँ । उनी पनि एक पिता हुन् र म पनि ।

***

त्यो देखेर रहमत काबुल पहिले त अकमकाए । उनीसँग पहिले जस्तै कुरा गर्नै सकेनन् । पछि हाँस्दै भने, ‘लल्ली’ सासुरालीको घर जाँदैछौँ के ?’

मिनीले अब सासुरालको अर्थ बुझ्न थालेकी थिइन्, अतः अब उनले पनि पहिले जस्तै उत्तर दिन सकिनन् । रहमतको कुरा सुनेर लाजले उनको अनुहार रातो भयो । उनले अनुहार घुमाए । मलाई त्यो दिनको याद आयो, जुन दिन रहमतसँग मिनीको पहिलो परिचय भएको थियो । मनमा एउटा पीडाको लहर दौडियो ।

मिनी गएपछि लामो सास तानेर रहमत भुइँमा बसे । सम्भवतः यसलाई यो कुरा प्रष्ट भयो होला उनकै छोरी पनि यतिका दिनसम्ममा ठूली भइहोलिन् र उनका साथ पनि उसले अब फेरि नयाँ परिचय गर्नुपर्नेछ । सम्भवतः उनलाई उनले पहिलेजस्तै पाउने छैनन् । यी आठ वर्षमा उनलाई के भयो होला, कसले जान्ने ? बिहानको समयमा शरदको मनमोहक सूर्यका किरणहरूमा सहनाई बज्न थाल्यो र रहमत कलकताको एउटा गल्लीभित्र बसेर अफगानिस्ताको मेरु–पर्वको दृश्य हेर्न लागे ।

मैले एउटा नोट निकालेर उसको हातमा दिएँ र भनेँ, ‘रहमत, तिमी आफ्नो देशमा जाऊ, आफ्नी छोरीकोमा । तिमीहरू दुवैको मिलन सुखले मेरी मिनीले सुख पाउनेछिन् ।’

***

मैले एउटा नोट निकालेर उसको हातमा दिएँ र भनेँ, ‘रहमत, तिमी आफ्नो देशमा जाऊ, आफ्नी छोरीकोमा । तिमीहरू दुवैको मिलन सुखले मेरी मिनीले सुख पाउनेछिन् ।’

***

रहमतलाई रुपियाँ दिएपछि विवाहको हिसाबबाट मैले उत्सव समारोहका एकदुई कार्य छाँटकाँट गर्नुपर्यो । जस्तो मनमा थियो, त्यस्तो झिलिमिली गराउन सकिनँ, अङ्ग्रेजी बाजा पनि आएन, घरमा महिलाहरू रिसाए । सबै भयो तर पनि आज एउटा अभूतपूर्व ज्योतिले हाम्रो शुभ समारोह उज्ज्वल भएर आएको छ भन्ने विचार मनमा आयो ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।