भिक्टर जारा: कहिल्यै नटुंगिने धुन
चिलीको आधुनिक इतिहासमा क्रान्तिका अमर नायक साल्भादोर एलेन्देको नामसँगै एउटा अर्को नाम पनि अत्यन्तै उच्च आदर र सम्मानका साथ लिइने गरिन्छ । त्यो नाम हो– भिक्टर जारा। एलेन्दे चिलीको राजनीतिक इतिहासका एक अमर पात्र हुन् भने जारा त्यही इतिहासको सांस्कृतिक र मानवीय स्मृतिमा अंकित नाम हुन्। एलेन्देको सरकार १९७३ को अमेरिकी साम्राज्यवादद्वारा रचित र पोषित सैनिक कूपछि ढल्यो । तर त्यसले भिक्टर जाराको साँस्कृतिक विरासतलाई ढलाउन सकेन । भिक्टर जाराको त्यो आवाज आज पनि संसारका अनेक भाषामा सुनिन्छ।
जारा गायक मात्र थिएनन्। उनी कवि थिए, गीतकार थिए, गिटारवादक थिए, अभिनेता थिए, नाटक निर्देशक थिए, शिक्षक थिए र लोकसंस्कृतिका खोजकर्ता पनि थिए। त्यसैले उनको जीवनलाई एउटा मात्र परिचयमा सीमित गर्न सम्भव र उचित हुँदैन ।चिलीको राष्ट्रिय पुस्तकालयको ‘मेमोरिया चिलेना’ अभिलेखले उनलाई ग्रामीण पृष्ठभूमिबाट आएका कलाकारका रूपमा प्रस्तुत गर्छ । त्यसअनुसार जाराले पछि चिलीको लोकप्रिय संगीत, रंगमञ्च र सामाजिक चेतनामा गहिरो प्रभाव पारे। उनको कलामा गाउँ र सहर, किसान र श्रमिक, व्यक्तिगत प्रेम र सामाजिक अन्याय, लोकपरम्परा र आधुनिक राजनीतिक चेतना एकै ठाउँमा भेटिन्थे।
भिक्टर जारा २८ सेप्टेम्बर १९३२ मा चिलीको चियान भिएखोमा जन्मिएका थिए। उनको जन्म एउटा गरिब परिवारमा भएको थियो। उनका पिता मानुएल जारा कृषिसँग सम्बन्धित श्रमिक थिए भने उनकी आमा आमन्दा मार्तिनेस लोकगायिका थिइन्। बाल्यकाल चियान भिएखो र लोन्केन क्षेत्रमा बित्यो। पछि परिवार सान्टियागो पुग्यो। भिक्टरकी आमालाई संगीत प्रति रुचि थियो। उनि गिटार र पियानो बजाउन जान्दथिन। आमाबाट उनले लोकसंगीतको पहिलो संस्कार पाए। यही पारिवारिक वातावरणले उनको संगीत चेतनाको आधार तयार गरेको थियो ।
भिक्टरले पछि जीवनमा जति सामाजिक असमानता, गरिबी र श्रमिक जीवन देखे, त्यसको जरा आफ्नै बाल्यकालको अनुभवमा पनि थियो। त्यसैले उनका गीतमा गरिब मानिसप्रति सहानुभूति लहडबाजीमा राजनीतिक नाराका रूपमा आएको थिएन। त्यो उनको आफ्नै जीवनानुभवबाट आर्जित मानवीय संवेदनामा आधारित थियो।
जाराको बाल्यकाल सम्पन्न परिवारको बालकको जस्तो सुखद थिएन। आर्थिक कठिनाइका बीच उनको पारिवारिक जीवन जेनतेन अगाडि बढिरहेको थियो । उनले एउटा रेस्टुरेन्टमा कुकको काम गरेर आफ्ना बालबालिकाहरूलाई हुर्काएकी थिइन्। आमा उनलाई पादरी बनाउन चाहन्थिन्, तर उनको रुचि धर्मकर्म भन्दा पनि राजनीतिमा बढी थियो। भिक्टरले पछि जीवनमा जति सामाजिक असमानता, गरिबी र श्रमिक जीवन देखे, त्यसको जरा आफ्नै बाल्यकालको अनुभवमा पनि थियो। त्यसैले उनका गीतमा गरिब मानिसप्रति सहानुभूति लहडबाजीमा राजनीतिक नाराका रूपमा आएको थिएन। त्यो उनको आफ्नै जीवनानुभवबाट आर्जित मानवीय संवेदनामा आधारित थियो।
आमाको मृत्युपछि उनको जीवनले अर्को मोड लियो। उनले अध्ययन छाडे, केही समय क्याथोलिक धार्मिक संस्थामा रहे र पछि अनिवार्य सैनिक सेवा पूरा गरे। उनको प्रारम्भिक जीवनमा धर्म र धार्मिक संस्थासँग सम्बन्ध रहे पनि अन्ततः उनको बाटो रंगमञ्च र संगीततर्फ मोडियो।
सन् १९५० को दशकको सुरुआतमा उनी संगीततर्फ व्यवस्थित रूपमा प्रवेश गरे। १९५३ मा उनी चिली विश्वविद्यालयको कोरसमा आबद्ध भए। त्यसपछि लोकसंगीतको अनुसन्धान र प्रस्तुति उनको जीवनको महत्त्वपूर्ण हिस्सा बन्यो। सन् १९५७ मा उनी ‘कुन्कुमेन’ नामक लोकसंगीत समूहसँग जोडिए। यो समूहसँगको सम्बन्धले उनलाई चिलीको ग्रामीण संगीत, लोकपरम्परा र जनजीवनसँग अझ नजिक पुर्यायो। उनी लोकगीतलाई मनोरञ्जनका लागि गाइने धुनका रूपमा मात्र लिँदैनथिए । उनी त्यसमा मानिसको इतिहास, श्रम, दुःख, उत्सव र सामूहिक स्मृति रहेको देख्थे।
‘नयाँ चिली गीत’ केवल नयाँ धुनको प्रयोग थिएन। यसको विशेषता लोकसंगीतको आधारमा समकालीन सामाजिक र राजनीतिक प्रश्नलाई गीतमा ल्याउनु थियो। किसान, मजदुर, गरिब, शोषित समुदाय, युद्ध, साम्राज्यवाद, सामाजिक असमानता र राजनीतिक दमनजस्ता विषय उनीहरुको गीतका मुख्य विषय बन्न थाले।
यही समयमा चिलीको सांस्कृतिक संसारमा भायोलेता पार्राको प्रभाव बढिरहेको थियो। पार्रा लोकगीत संकलन र पुनर्जीवनको अभियानमा अग्रणी व्यक्तित्व थिइन्। उनले चिलीका गाउँहरूमा पुगेर बिर्सिन लागेका गीतहरू संकलन गरिन् र लोकसंगीतलाई राष्ट्रिय सांस्कृतिक चेतनासँग जोडिन्। भिक्टर जारा पनि उनको सांस्कृतिक वृत्तसँग जोडिए। पछि यही परम्पराले ‘नुएभा कांसियोन चिलेना’, अर्थात् ‘नयाँ चिली गीत’ आन्दोलनको रूप लियो।
‘नयाँ चिली गीत’ केवल नयाँ धुनको प्रयोग थिएन। यसको विशेषता लोकसंगीतको आधारमा समकालीन सामाजिक र राजनीतिक प्रश्नलाई गीतमा ल्याउनु थियो। किसान, मजदुर, गरिब, शोषित समुदाय, युद्ध, साम्राज्यवाद, सामाजिक असमानता र राजनीतिक दमनजस्ता विषय उनीहरुको गीतका मुख्य विषय बन्न थाले। पुराना लोकधुनहरू नयाँ शब्दसँग जोडिए। गिटार, लोकवाद्य र सामूहिक गायनको माध्यमबाट समाजका त्यस्ता आवाज अगाडि आए, जसलाई मुख्यधाराको शक्तिशाली सांस्कृतिक संरचनाले प्रायः बेवास्ता गर्थ्यो।
कालक्रममा भिक्टर जारा यस आन्दोलनका प्रमुख अनुहारमध्ये एक बने। सन् १९६० को दशकमा उनको संगीत यात्रा तीव्र रूपमा विस्तार भयो। सन् १९६५ मा उनले उत्कृष्ट निर्देशकका रूपमा ‘लाउरेल दे ओरो’ पुरस्कार पाए। सन् १९६६ मा उनको पहिलो सोलो एल्बम प्रकाशित भयो। त्यसपछि उनका एल्बमहरू लगातार सार्वजनिक भए। उनको संगीतमा प्रेम, लोकपरम्परा, श्रम, गरिबी, राजनीतिक संघर्ष र मानवीय संवेदनाका अनेक तह भेटिन थाले। भिक्टर प्रगतिशील मानिसहरू, खासगरी युवाहरूमाझ निकै लोकप्रिय थिए। उनका गीतहरू पूरा ल्याटिन अमेरिकाभरि फैलिसकेका थिए। भिक्टर जारालाई ल्याटिन अमेरिकाका 'बब डिलन' भन्न थालिएको थियो।
तर भिक्टर जाराको जीवनको अर्को महत्त्वपूर्ण परिचय रंगमञ्च थियो। उनले १९५० को दशकमा अभिनय सुरु गरे। चिली विश्वविद्यालयको रंगमञ्च विद्यालयमा अध्ययन गरे। पछि अभिनय र निर्देशन दुवै गरे। सन् १९५९ मा उनले आलेहान्द्रो सिभेकिङको ‘Parecido a la felicidad’ निर्देशन गरे। त्यसपछि उनी चिलीका महत्त्वपूर्ण रंगमञ्च निर्देशकका रूपमा स्थापित भए। ‘Los invasores’, ‘Ánimas de día claro’, ‘La remolienda’, ‘Entreteniendo a Mr. Sloane’ र ‘Viet Rock’ जस्ता चर्चित नाटकसँग उनको नाम जोडिन्छ।
रंगमञ्चले उनको गीतमा पनि प्रभाव पार्यो। गीत गाउँदा उनी केवल धुन र शब्द प्रस्तुत गर्दैनथे। उनको प्रस्तुति आफैंमा एउटा अभिनयजन्य संवाद हुन्थ्यो। अनुहारको भाव, आवाजको उतारचढाव, मौनता र शारीरिक हाउभाउ सबैको भूमिका हुन्थ्यो। त्यसैले उनको गायनलाई खालि रेडियोमा बज्ने सपाट गीतको रूपमा बुझ्न सकिँदैन। उनी आफ्ना गीतका कथालाई श्रोताको अनुभवसँग जोड्न खोज्थे।
उनका गीतहरूको शक्ति त्यसैमा थियो। उनी राजनीतिक विषयमा गीत गाउँदा पनि गीतलाई राजनीतिक नाराबाजी वा लफ्फाजीले भरिएका घोषणापत्र बनाउँदैनथे।
सन् १९६९ मा ‘प्लिगारिया आ उन लाब्रादोर’, अर्थात् ‘किसानका लागि प्रार्थना’ गीतले पहिलो ‘नयाँ चिली गीत महोत्सव’मा पहिलो स्थान हासिल गर्यो। यही महोत्सवले ‘नुएभा कांसियोन चिलेना’लाई स्पष्ट सांस्कृतिक पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्यो। गीतमा किसानको श्रम, सामाजिक न्याय र परिवर्तनको आकांक्षा व्यक्त गरिएको थियो। भिक्टर जाराको नाम त्यसपछि यो सांस्कृतिक आन्दोलनसँग लगभग अविभाज्य रूपमा जोडियो।
उनका गीतहरूको शक्ति त्यसैमा थियो। उनी राजनीतिक विषयमा गीत गाउँदा पनि गीतलाई राजनीतिक नाराबाजी वा लफ्फाजीले भरिएका घोषणापत्र बनाउँदैनथे। उनको संगीतमा आममानिस हुन्थ्यो। श्रमिक हुन्थ्यो। किसान हुन्थ्यो। प्रेम गर्ने मानिस हुन्थ्यो। आफ्ना सन्तानका लागि संघर्ष गर्ने आमा हुन्थिन्। आफ्नो जीवनको अर्थ खोजिरहेको युवा हुन्थ्यो। त्यसैले उनको गीत राजनीतिक सीमाभन्दा बाहिर पुगेर मानवीय अनुभवसँग जोडिन सम्भव भयो।
‘ते रेकेर्दो आमन्दा’ अर्थात् ‘म तिमीलाई सम्झन्छु, आमन्दा’ यसको राम्रो उदाहरण हो। गीतमा आमन्दा र मानुएलको कथा छ। केही मिनेटको विश्राम, कारखानातर्फ जाने बाटो र त्यसपछि श्रमजीवी जीवनको कठोर यथार्थ। गीत सुन्दा प्रेमको कथा जस्तो लाग्छ, तर त्यसभित्र श्रम र वर्गीय जीवनको कथा पनि छ। यही बहुस्तरीयता जाराको गीतको विशेषता थियो।
‘एल देरेचो दे भिभिर एन पास’, अर्थात् ‘शान्तिमा बाँच्ने अधिकार’ पनि उनको त्यस्तै अर्को महत्त्वपूर्ण गीत हो। उनको संगीतले चिलीको सीमा पार गर्यो। ल्याटिन अमेरिकामा राजनीतिक र सामाजिक परिवर्तनको बहससँग उनको आवाज जोडिन थाल्यो। उनको नाम युरोप र अन्य महादेशमा पनि पुग्यो। उनी आफ्नो देशका सांस्कृतिक प्रतिनिधि बने।
भिक्टर जारा राजनीतिक रूपमा तटस्थ वा निरपेक्ष कलाकार थिएनन्। उनले आफ्नो राजनीतिक विश्वास लुकाएनन्। उनी समाजवादी आन्दोलनसँग खुलेर आबद्ध थिए।
सन् १९७० मा चिलीको राजनीतिक परिस्थिति निर्णायक मोडमा पुग्यो। सन् १९७० मा भिक्टर जाराले एलेन्देको 'पपुलर युनिटी गठबन्धन'लाई समर्थन गरे। साल्भादोर एलेन्देको नेतृत्वमा ‘युनिदाद पोपुलार’, अर्थात् ‘पपुलर युनिटी’ गठबन्धन सत्तामा आयो। एलेन्देको समाजवादी परियोजनासँग जाराको राजनीतिक प्रतिबद्धता स्पष्ट रूपमा जोडियो। समाजवादी सरकार बनेपछि भिक्टर र उनकी पत्नी जोन जारालाई महत्त्वपूर्ण कार्यक्रमहरूमा बोलाउन थालियो। १९७० देखि जाराले एलेन्देको चुनावी अभियान र त्यसपछिको सरकारसँग सक्रिय राजनीतिक तथा सांस्कृतिक सम्बन्ध राखेको तथ्यहरुले देखाउँछ ।
भिक्टर जारा राजनीतिक रूपमा तटस्थ वा निरपेक्ष कलाकार थिएनन्। उनले आफ्नो राजनीतिक विश्वास लुकाएनन्। उनी समाजवादी आन्दोलनसँग खुलेर आबद्ध थिए। तर उनको सांस्कृतिक महत्त्व उनको राजनीतिक आबद्धताभन्दा ठूलो क्षेत्रमा फैलियो। त्यसैले उनको जीवन र कामलाई चिलीको सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण हिस्सा मानिएको छ।
सन् १९७१ मा उनी चिलीको प्राविधिक विश्वविद्यालय, तत्कालीन Universidad Técnica del Estado, को विस्तार तथा सञ्चारसम्बन्धी सांस्कृतिक समूहमा आबद्ध भए। त्यहाँ उनको भूमिका कलाकारको मात्र थिएन। विश्वविद्यालय र विद्यार्थीहरूसँग उनको निरन्तर सम्पर्क थियो। उनले कला र सामाजिक परिवर्तनबीचको सम्बन्धबारे काम गरे। विद्यार्थी, कलाकार र श्रमिक समुदायबीचको सांस्कृतिक संवादमा उनी सक्रिय रहे।
सन् १९७२ मा उनले ‘ला पोब्लासियोन’ एल्बम तयार गरे। यसका लागि उनले सान्टियागोको लो एर्मिदा र ला भिक्टोरिया क्षेत्रका मानिसका अनुभव र कथाहरू संकलन गरेका थिए। यसबाट उनको संगीतको एउटा विशेष पक्ष देखिन्छ। उनी स्टुडियोमा बसेर गरिबीबारे गीत लेख्ने कलाकार मात्र थिएनन्। उनी मानिसहरूबीच जान्थे, उनीहरूको अनुभवले खारिएका जीवनकथा सुन्थे र त्यसलाई संगीतमा रूपान्तरण गर्थे।
त्यसै वर्ष उनले पाब्लो नेरुदालाई नोबेल साहित्य पुरस्कार प्राप्त भयो । १९७२ को नोभेम्बरमा नेरुदाको सम्मानमा राष्ट्रिय रंगशालामा आयोजित समारोहको संगीतको जिम्मेवारी जारा दम्पतीले सम्हालेका थिए। नेरुदा र जारा दुवै चिलीको जनसंस्कृतिसँग गहिरो रूपमा जोडिएका व्यक्तित्व थिए।
तर चिलीको राजनीतिक तनाव निरन्तर बढिरहेको थियो। वामपन्थी वैचारिकीका साथ अगाडि बढिरहेको एलेन्देको सरकारविरुद्ध अमेरिकाले खुलेरै षड्यन्त्र गरिरहेको थियो । त्यसबेलाको आर्थिक संकट, राजनीतिक ध्रुवीकरण, हडताल, विदेशी हस्तक्षेपसम्बन्धी विवाद र संस्थागत संघर्षले समाजलाई गहिरो रूपमा विभाजित गरिरहेको थियो। ११ सेप्टेम्बर १९७३ मा अमेरिकाको खुला समर्थनमा चिलीको सेनाले एलेन्देको सरकारविरुद्ध सैनिक कू गर्यो। उक्त सैनिक कुको नेतृत्व चिली सेनाका तत्कालीन कमान्डर-इन-चीफ जनरल अगस्टो पिनोसेले गरेका थिए । राष्ट्रपति भवन ला मोनेदामाथि सैन्य आक्रमण भयो। एलेन्दे आफ्ना वफादार समर्थनक सैनिकहरुका साथ स्वयं हतियार लिएर प्रतिरोधमा उत्रिएका थिए । तर त्यसक्रममा एलेन्देको मृत्यु भयो। सैन्य शासनले राज्यसत्ता नियन्त्रणमा लियो।
एलेन्देको मृत्यु भएको रात जाराले आफ्नो विश्वविद्यालयमा विद्यार्थीहरूसँग क्रान्तिकारी गीत गाएर बिताएका थिए। सैनिकहरू विश्वविद्यालयमा प्रवेश गरे। जारासहित ठूलो संख्यामा विद्यार्थी र कर्मचारी पक्राउ परे। उनलाई पछि एस्टाडियो चिलेमा लगियो।
त्यस दिन भिक्टर जारा विश्वविद्यालय जाने तयारीमा थिए। विश्वविद्यालयमा राष्ट्रपति एलेन्देले सम्बोधन गर्ने कार्यक्रम हुने अपेक्षा गरिएको थियो। परिस्थिति बदलियो। एलेन्देको मृत्यु भएको रात जाराले आफ्नो विश्वविद्यालयमा विद्यार्थीहरूसँग क्रान्तिकारी गीत गाएर बिताएका थिए। सैनिकहरू विश्वविद्यालयमा प्रवेश गरे। जारासहित ठूलो संख्यामा विद्यार्थी र कर्मचारी पक्राउ परे। उनलाई पछि एस्टाडियो चिलेमा लगियो।
एस्टाडियो चिले त्यसबेला खेलकुद र सांस्कृतिक कार्यक्रम हुने स्थान थियो। तर सैनिक विद्रोहपछि त्यही स्थान हिरासत, यातना र हत्याको केन्द्रमा परिणत भयो। चिलीको स्मृति तथा मानवअधिकार संग्रहालयका अनुसार राष्ट्रिय रंगशाला पनि ११ सेप्टेम्बरदेखि ९ नोभेम्बर १९७३ सम्म राजनीतिक बन्दीहरूको विशाल हिरासत तथा यातना केन्द्रका रूपमा प्रयोग भएको थियो। एस्टाडियो चिले पनि त्यही दमनकारी संरचनाको एउटा हिस्सा बनेको थियो। बन्दीहरुलाई निक्कै क्रूर यातना दिइएको थियो । त्यसमाथि थप सैनिक यातनाको शिकार भिक्टर जारा बढी नै भए । हिरासतमा नै उनको हत्या गरियो ।
सेप्टेम्बर १२ मा उनलाई गिरफ्तार गरेर नेशनल स्टेडियम पुर्याइयो। उनको औँलाहरू राइफलको कुन्दाले कुच्चाउदै एक सैनिक अफिसरले भने— "अब तैले कहिल्यै गिटार बजाउन सक्ने छैन।" उनका नङहरू उखेलिए। बलिरहेको चुरोटमा उनका खुट्टा राख्न लगाइयो। उनलाई निर्ममतापूर्वक पिटियो। तर यस्तो यातनाको क्षणमा पनि उनले १९७० को चुनावमा एलेन्देका लागि गाइएको गीत 'वी विल विन' (हामी जित्नेछौँ) गाइरहे। कुटाइबाट उनका ओठ फुटेका थिए, तर उनी रोकिएनन्। जब सैनिकहरु थाकेर गए, उनले आफ्ना एक बन्दी साथीसँग कापी र कलम मागे। उनले आफ्नो अन्तिम गीत लेखे— एस्टाडियो चिले (चिली स्टेडियम):
हामी यहाँ यो सानो ठाउँमा पाँच हजार मानिस छौँ।
हामी पाँच हजार छौँ।
म सोच्छु कि हामी सबै कति जना होलाै
शहरहरूमा र पूरा देशमा?
कति गाह्रो छ गाउन
जब मैले डरलाग्दा चीजबिजहरूको बारेमा गाउनुछ।
ती डरलाग्दा चीजबिजहरू जुन म भोगिरहेको छु,
ती डरलाग्दा चीजबिजहरू जसबाट म मरिरहेको छु।
आफूलाई यति धेरै
र अनन्त क्षणहरूको बीचमा देख्नु,
जहाँ मौनता र चीत्कारहरू
मेरो गीतको अन्त्य हुन्।
त्यसपछि उनी बेपत्ता पारिए। त्यसरी नै जसरी हजारौँ अरू मानिसहरू बेपत्ता भएका थिए। ३ दिन पछि शव गृहमा जाराको शव भेटियो । उनको शव उनकी पत्नी जोनले शवगृहमा पहिचान गरिन्। भिक्टरको टाउकोमा दुई वटा गोली हानिएको थियो र पूरा शरीरमा गोलीका ४४ वटा प्वालहरु थिए। उनको शरीरमा असंख्य यातनाका निसाना थिए। भिक्टर जाराको मृत्यु १६ सेप्टेम्बर १९७३ मा भयो। त्यसबेला उनी मात्र ४० वर्षका थिए। जाराकी पत्नी जोन उनलाई समाधिस्त गरेपछि आफ्ना दुई छोरीहरूसँग देश छाडेर बेलायत निर्वासनमा गइन्।
३ दिनपछि शव गृहमा जाराको शव भेटियो । उनको शव उनकी पत्नी जोनले शवगृहमा पहिचान गरिन्। भिक्टरको टाउकोमा दुई वटा गोली हानिएको थियो र पूरा शरीरमा गोलीका ४४ वटा प्वालहरु थिए।
सन् १९९० मा ९१ वर्षकी जोन जाराले भनिन्— "हामी भाग्यमानी थियौँ कि कम्तीमा उनको शव भेटियो, हजारौँ मानिसहरू त यसरी बेपत्ता भए कि तिनका परिवारले अन्तिम संस्कारका लागि शवसम्म पाएनन्।"
जारालाई किन यति क्रूरतापूर्वक यातना दिइयो भन्ने प्रश्नको उत्तर उनको गीत र राजनीतिक प्रतिबद्धतामा खोज्न सकिन्छ। उनी एलेन्देको पक्षमा खुलेर उभिएका थिए। उनी समाजवादी आन्दोलनका सांस्कृतिक प्रतिनिधि थिए। तर उनको हत्या कुनै सामान्य राजनीतिक विवादको परिणाम थिएन। उनी सैनिक हिरासतमा रहेका कैदी थिए।
भिक्टर जाराको मृत्युको अनुसन्धान गर्ने क्रममा २००९ मा चिलीको अदालतले उनको शव उत्खनन गरेर फोरेन्सिक जाँच गर्ने आदेश दियो। जाँचबाट उनको मृत्यु गोली लागेर भएको प्रमाणित भयो। उनको हड्डीमा दर्जनौँ चोटका निशानासमेत भेटिए। अनुसन्धान सकिएपछि भिक्टर जाराको शवलाई उनको स्मृतिमा खोलिएको भिक्टर जारा फाउन्डेसनमा तीन दिनसम्म सम्मानका लागि राखियो। ५ डिसेम्बर २००९ मा उनको शवलाई फेरि राजधानी सान्तियागोमा रहेको कब्रिस्तानमा समाधिस्थ गरियो। उनको अन्तिम संस्कारमा १२ हजार मानिसहरू सामेल थिए। जबकि ३६ वर्षअघि उनलाई बिना मलामी चुपचाप गाडिएको थियो।
न्यायिक अनुसन्धान र पछि भएका अदालती प्रक्रियाहरूले उनको हत्या तथा अपहरणसँग सम्बन्धित सैनिक अधिकारीहरूको जिम्मेवारी स्थापित गर्ने प्रक्रिया अघि बढाए। सन् २०२३ मा जाराको हत्या प्रकरणमा सात पूर्वसैनिकलाई दोषी ठहर गरिएको थियो ।
उनको हातमा गम्भीर चोट पुर्याइएको र गिटार बजाउन नसक्ने बनाउने धम्की दिइएको थियो । सैनिक हिंसाले उनको हातलाई निशाना बनायो, किनकि ती हातले गिटार बजाउँथे। तर गिटार बजाउने हातलाई नष्ट गरे पनि गीतलाई नष्ट गर्न सकेन।
जारामाथि भएको यातनाका विवरणहरू उनका बन्दी साथीहरुका साक्ष्य र अनुसन्धानमा आएका प्रमाणसँग जोडिएका छन्। उनको हातमा गम्भीर चोट पुर्याइएको र गिटार बजाउन नसक्ने बनाउने धम्की दिइएको थियो । सैनिक हिंसाले उनको हातलाई निशाना बनायो, किनकि ती हातले गिटार बजाउँथे। तर गिटार बजाउने हातलाई नष्ट गरे पनि गीतलाई नष्ट गर्न सकेन।
हिरासतमा उनले आफ्ना बन्दी साथीहरुबाट कागज र कलम प्राप्त गरेका थिए। त्यहाँ उनले आफ्नो अन्तिम कविता लेखे। पछि त्यसलाई ‘Estadio Chile’ नामले चिनियो। कवितमा उनको व्यक्तिगत पीडाको बयान मात्र थिएन। उनी वरिपरि रहेका हजारौँ बन्दीको अवस्था पनि त्यसमा समेटिएको थियो। स्मृति तथा मानवअधिकार संग्रहालयका अभिलेखअनुसार कविताका टुक्राहरू सहबन्दीहरूले लुकाएर स्टेडियमबाट बाहिर निकालेका थिए। पछि ती टुक्रा उनकी पत्नी जोन जारासम्म पुगे। कवितामा उनले आफू रहेको ठाउँको भौतिक सीमालाई एउटा ठूलो राष्ट्रिय प्रश्नमा रूपान्तरण गरेका छन्। उनी आफू वरिपरि रहेका हजारौँ कैदीलाई सम्झिन्छन्। उनी सहर र देशभरि रहेका मानिसबारे सोच्छन्। उनी गीत गाउन कठिन भएको कुरा लेख्छन्, किनकि गीत गाउने मानिस आफैं हिंसाको बीचमा छ। तर त्यही अवस्थामा पनि उनले लेखे। उनका हातमा गिटार थिएन। तर शब्द थिए।
यही कारण ‘एस्टाडियो चिले’ उनको अन्तिम रचना भएर पनि अन्तिम आवाज बनेन। कविता बाहिर आयो। टुक्राटुक्रा भएर बाहिर आयो। त्यो व्यापक बनेर जनमानसमा पुग्यो। पछि कलाकार जोर्जे ताक्लाले यही अन्तिम कविताबाट प्रेरणा लिएर सान्टियागोस्थित स्मृति तथा मानवअधिकार संग्रहालयमा ‘Al mismo tiempo, en el mismo lugar’ नामक भित्तिचित्र निर्माण गरे। संग्रहालयका अनुसार उक्त कलाकृतिले हिंसाको स्थानबाट मृत्युको सामना गरिरहेका कलाकारको अन्तिम अभिव्यक्तिलाई स्मरण गर्छ।
जोन जारा स्वयं नर्तकी, शिक्षक र सांस्कृतिक कार्यकर्ता थिइन्। भिक्टरको मृत्यु भएपछि उनले आफ्नो जीवनको ठूलो हिस्सा उनको संगीत र स्मृतिको संरक्षणमा बिताइन्।
जाराको मृत्युले उनकी पत्नी जोनको जीवन पनि बदलिदियो। जोन जारा स्वयं नर्तकी, शिक्षक र सांस्कृतिक कार्यकर्ता थिइन्। भिक्टरको मृत्यु भएपछि उनले आफ्नो जीवनको ठूलो हिस्सा उनको संगीत र स्मृतिको संरक्षणमा बिताइन्। उनी देशबाहिर निर्वासनमा गइन्। विदेशबाट उनले भिक्टरका रचनाहरूलाई संसारभर पुर्याउने काम गरिन्। उनको जीवनमा व्यक्तिगत शोक र सार्वजनिक स्मृतिको जिम्मेवारी एकै ठाउँमा जोडियो।
पिनोसे सत्ताबाट हटेपछि र देशमा पुनः प्रजातन्त्र आएपछि, त्यही नेशनल स्टेडियममा नयाँ राष्ट्रपति प्याट्रिसियो आयलविनको उपस्थितिमा जाराको सम्मानमा एउटा ठूलो कार्यक्रम आयोजना गरियो। त्यहाँ एक जना कलाकारले धेरै बेरसम्म भिक्टर जाराका गीतहरू गाइरहे र स्टेडियममा जम्मा भएका सत्तरी हजार मानिसहरू त्रासका ती दिनहरूलाई सम्झेर भावुक भए।
चिलीमा सैन्य शासनको अन्त्य भएपछि भिक्टर जाराको स्मृति सार्वजनिक रूपमा पुनःस्थापित हुँदै गयो। पहिले प्रतिबन्धित वा दबाइएका गीतहरू फेरि सार्वजनिक रूपमा गाइए। उनका रचनाहरू पुनः प्रकाशित भए। नयाँ पुस्ताले उनका गीतहरू सुन्न थाल्यो। उनका गीतहरू चिलीको लोकतान्त्रिक स्मृतिको एउटा महत्त्वपूर्ण हिस्सा बने।
एस्टाडियो चिलेको नाम पनि परिवर्तन गरियो। सन् २००३ मा चिली सरकारले त्यस स्थानको नाम जाराको स्मृतिमा ‘एस्टाडियो भिक्टर जारा’ राख्यो। यही स्थान कुनै समय उनको यातना र हत्यासँग जोडिएको थियो। पछि त्यही स्थान उनको नाम र सांस्कृतिक योगदानको स्मारक बन्यो।
भिक्टर जारालाई सम्झनु भनेको उनी विरुद्ध भएको हिंसालाई मात्र हैन, उनको जीवनको सिर्जनात्मक पक्ष सम्झनु पनि हो। उनी रंगमञ्च निर्देशक थिए। लोकसंगीतका खोजकर्ता थिए। शिक्षक थिए। गायक थिए। गीतकार थिए। उनले लोकप्रिय संगीतलाई सामाजिक अनुभवसँग जोड्ने नयाँ बाटो खोले। उनको संगीतले रोमान्टिक गीत, प्रतिरोधको गीत, रक र लोकसंगीतका विभिन्न तत्वलाई एउटै सिर्जनात्मक संसारमा ल्याउने काम गरेको थियो ।
उनले आफ्नो विचार लुकाएनन्। उनले एलेन्देको अभियानमा काम गरे। युनिदाद पोपुलारसँग जोडिए। सामाजिक असमानताविरुद्ध गीत लेखे। गरिब बस्तीमा गए। श्रमिक र किसानका कथा संकलन गरे।
उनको राजनीतिक प्रतिबद्धता पनि उनको जीवनको वास्तविक हिस्सा हो। उनले आफ्नो विचार लुकाएनन्। उनले एलेन्देको अभियानमा काम गरे। युनिदाद पोपुलारसँग जोडिए। सामाजिक असमानताविरुद्ध गीत लेखे। गरिब बस्तीमा गए। श्रमिक र किसानका कथा संकलन गरे। त्यसैले उनको कला र राजनीति अलग-अलग विषय थिएनन्। उनको लागि गीत सामाजिक जीवनसँग जोडिएको माध्यम थियो।
भिक्टर जाराको कथा चिलीको मात्र कथा होइन। २०औँ शताब्दीको ल्याटिन अमेरिकामा कला, राजनीति, सैन्य शासन, सामाजिक आन्दोलन र मानवअधिकारबीच रहेको सम्बन्ध बुझ्न उनको जीवन एउटा महत्त्वपूर्ण उदाहरण हो।
तर उनको विरासतलाई केवल एउटा राजनीतिक विचारधाराको सीमाभित्र राख्दा उनको सांस्कृतिक प्रभावको विस्तार बुझ्न कठिन हुन्छ। उनको गीत संसारका विभिन्न देशमा गाइएका छन्। ‘ते रेकेर्दो आमन्दा’, ‘प्लिगारिया आ उन लाब्रादोर’, ‘एल देरेचो दे भिभिर एन पास’ जस्ता गीतले चिलीको इतिहासलाई अन्तर्राष्ट्रिय सांस्कृतिक स्मृतिसँग जोडेका छन्। उनका गीतहरू अनेक भाषामा प्रस्तुत भएको र विभिन्न देशमा उनको नाममा सांस्कृतिक संस्था तथा सार्वजनिक स्थानहरू रहेको पाइन्छ ।
भिक्टर जाराको कथा चिलीको मात्र कथा होइन। २०औँ शताब्दीको ल्याटिन अमेरिकामा कला, राजनीति, सैन्य शासन, सामाजिक आन्दोलन र मानवअधिकारबीच रहेको सम्बन्ध बुझ्न उनको जीवन एउटा महत्त्वपूर्ण उदाहरण हो। उनको जीवनले एउटा प्रतिबद्ध कलाकार समाजबाट अलग उभिएको निरीक्षक मात्र हुँदैन भन्ने साबित हुन्छ । साँचो जनकलाकार आफ्नो समयको संघर्षमा प्रत्यक्ष सहभागी हुन्छ र उसको सिर्जना पनि इतिहासको दस्तावेज बन्न पुग्छ भन्ने कुरा जाराको जीवनकथाले बताउछ ।
भिक्टर जाराले आफ्नो समयलाई गीतमा लेखे। उनले मानिसहरूको दुःख सुने। उनीहरूका कथा गाए। सामाजिक अन्यायलाई संगीतमा ल्याए। आफ्नो राजनीतिक विश्वासलाई सार्वजनिक रूपमा स्वीकार गरे। अन्ततः उनी त्यही राजनीतिक दमनको शिकार बने।
आज सान्टियागोमा उनको नाम बोकेको स्टेडियम छ। स्मृति तथा मानवअधिकार संग्रहालयमा उनको अन्तिम कविताबाट प्रेरित भित्तिचित्र छ। चिलीको राष्ट्रिय पुस्तकालयमा उनका गीत, जीवन र सिर्जनाको अभिलेख सुरक्षित छन्। उनका गीत नयाँ पुस्ताले गाइरहेका छन्। उनको जीवनबारे चलचित्र र अनुसन्धान बनेका छन्। उनका गीतहरू विभिन्न महादेशमा सुन्न सकिन्छ।
भिक्टर जाराले आफ्नो समयलाई गीतमा लेखे। उनले मानिसहरूको दुःख सुने। उनीहरूका कथा गाए। सामाजिक अन्यायलाई संगीतमा ल्याए। आफ्नो राजनीतिक विश्वासलाई सार्वजनिक रूपमा स्वीकार गरे। अन्ततः उनी त्यही राजनीतिक दमनको शिकार बने। तर उनको मृत्युले उनको सिर्जनालाई समाप्त गरेन।बरु, उनका गीतहरू उनको जीवनपछि अझ व्यापक स्मृतिमा प्रवेश गरे। आज उनको नाम चिलीको तानाशाही, प्रतिरोध, निर्वासन, मानवअधिकार र लोकतान्त्रिक पुनर्स्थापनाको इतिहाससँग जोडिन्छ। तर त्यसभन्दा पनि अगाडि उनको नाम एउटा कलाकारको नाम हो, जसले लोकधुनलाई जनजीवनसँग, संगीतलाई सामाजिक चेतनासँग र व्यक्तिगत आवाजलाई सामूहिक स्मृतिसँग जोडेको थियो।
भिक्टर जारालाई सम्झँदा केवल १६ सेप्टेम्बर १९७३ को त्यो अँध्यारो दिन सम्झनु पर्याप्त हुँदैन। २८ सेप्टेम्बर १९३२ मा जन्मिएको एउटा ग्रामीण परिवारको बालक कसरी गायक बन्यो, रंगमञ्चमा कसरी स्थापित भयो, लोकसंगीतको अनुसन्धानमा कसरी लाग्यो, नयाँ चिली गीत आन्दोलनको प्रमुख आवाज कसरी बन्यो, सामाजिक र राजनीतिक प्रश्नलाई गीतमा कसरी उतार्यो, र अन्ततः सैन्य दमनको बीचमा पनि लेख्न र गाउन कसरी छाडेन भन्ने पूरा यात्रा सम्झनुपर्छ।
त्यसैले भिक्टर जाराको कथा मृत्युको कथा मात्र होइन। यो सिर्जनाको कथा हो। यो स्मृतिको कथा हो। यो एउटा कलाकारले आफ्नो समयसँग गरेको सम्बन्धको कथा हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो गीतलाई इतिहासको दस्तावेजमा रूपान्तरण गर्ने कलाकारको कथा हो। उनको धुन त्यही कारण अझै सुनिन्छ।त्यो धुन सकिएको छैन, र कहिल्यै सकिने पनि छैन।
क्रान्तिनायक चे ग्वेभाराका मनपर्ने पाँच पुस्तकहरू
माओ त्सेतुङ ५० वर्षपछि: उनका शिक्षाहरूको सान्दर्भिकता कायमै छ
माओ पछिको पचास वर्ष: इतिहासको धार बदल्ने विरासत
ओमानको ओझेलमा परेको नारीवादी मार्क्सवादी क्रान्ति
जनता नै ज्ञानका भरपर्दा खानी: जनसमुदाय र उनीहरूको अनुभवबाट सिक्नुपर्ने मार्क्स…
फासीवाद-विरोधी इतिहासकार मार्क ब्लोक फ्रान्सको राष्ट्रिय प्यान्थियनमा समाविष्ट
‘द ग्रेट रोड’: पचास वर्षपछि चू तेहलाई सम्झँदा
प्रतिक्रिया