इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन
तस्विर: अलजजिरा
इरान र अमेरिकाबीचको बढ्दो सैन्य तनाव र पछिल्लो समयमा विकसित घटनाक्रमले विश्व राजनीति र अर्थतन्त्रमा ठूलो हलचल पैदा गरेको छ। यस सम्बन्धमा हालै सार्वजनिक भएका विरोधाभासपूर्ण दाबीहरूले स्थितिलाई थप जटिल बनाएका छन्।
शान्ति वार्ताको दाबी र इरानको खण्डन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै एक सार्वजनिक घोषणा गर्दै इरानसँग एउटा बृहत्तर सम्झौताका लागि छलफल भइरहेको दाबी गरेका छन् । उनका अनुसार इरान यस पटक "शान्ति र सम्झौताका लागि गम्भीर" देखिएको छ। ट्रम्पले इरानले वार्ता चाहेको र दुई देशबीचको सम्बन्धमा नयाँ मोड आउन सक्ने संकेत गरेका थिए ।
यद्यपि, तेहरानले यस दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुखले ट्रम्पको यो भनाइलाई 'फेक न्युज' को संज्ञा दिँदै यसको कडा खण्डन गरेका छन् । इरानको बुझाइमा यस्ता आधारहीन दाबीहरू केवल अन्तर्राष्ट्रिय वित्तीय बजार र तेलको मूल्यलाई आफ्नो अनुकूल बनाउन रचिएको एउटा प्रोपागाण्डा मात्र हो।
आर्थिक प्रभाव र तेल बजार
ट्रम्पले इरानका पावर प्लान्टहरूमा हुने भनिएको आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्ने र वार्ताको प्रयास भइरहेको बताएलगत्तै विश्व बजारमा तेलको मूल्यमा नाटकीय गिरावट आयो। कच्चा तेलको मूल्य करिब ११ प्रतिशतले घट्नुले युद्धको हल्लाले विश्व अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ भन्ने प्रस्ट पार्छ। तर इरानले यसलाई बजार नियन्त्रण गर्ने खेल मात्र भनेको छ।
मैदानमा जारी सैन्य द्वन्द्व
कागजमा वार्ताका कुरा भए तापनि जमिनमा भने युद्धको राप कम भएको छैन। अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा आक्रामक रूपमा हवाई आक्रमण जारी राखेको छ। अर्कोतर्फ, इरानी मिसाइल र ड्रोनहरूले अमेरिकी पेट्रो डलरको मूल आधार क्षेत्र मानिएका बहराइन, साउदी अरब र कुवेत जस्ता खाडी मुलुकहरूको अमेरिकी स्वार्थ केन्द्रीत संरचनाहरुलाई रातभर निशाना बनाएका छन्। यसले यो युद्ध केवल दुई देशबीच मात्र सीमित नभई क्षेत्रीय द्वन्द्वमा परिणत भइसकेको पुष्टि गर्छ।
लेबनानमा मानवीय संकट
यसै युद्धको बाछिटा लेबनानसम्म पुगेको छ। इजरायली वायुसेनाले बेरुतका दक्षिणी क्षेत्रहरूमा भीषण बमबारी गरिरहेको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको यस आक्रमणमा हालसम्म १,०३९ जनाले ज्यान गुमाइसकेका छन् भने २,७८६ जनाभन्दा बढी घाइते भएका छन्।
यसरी अहिलेसम्मको घटनाक्रमहरुलाई हेर्दा एकातिर शान्तिका कुरा र अर्कोतिर भीषण बमबारीले गर्दा मध्यपूर्वको भविष्य अन्योलमा छ। कूटनीतिक प्रयास र सैन्य कारबाहीबीचको यो द्वन्द्वले मानवीय क्षति मात्र नभई विश्वव्यापी इन्धन संकट समेत निम्त्याउने देखिन्छ।
किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
प्रतिक्रिया