नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

हालै सम्पन्न आम निर्वाचनको परिणामले नेपाली कम्युनिष्ट आन्दोलन, विशेष गरी नेकपा (एमाले) लाई गम्भीर धक्का दिएको विश्लेषण गर्न थालिएको छ। निर्वाचनमा प्राप्त नतिजा आकस्मिक नभई लामो समयदेखि पार्टीभित्र गुम्सिएका सैद्धान्तिक विचलन र सांगठनिक कमजोरीको उपज भएको भन्दै एमालेभित्रका इमान्दार, बौद्धिक तथा पाका मानिएका नेता टंक कार्कीले  सघन उपचारको माग उठाएका छन् ।

पार्टीको वर्तमान अवस्थालाई लिएर कार्कीले फेसबुकमा लेखिएको एक लामो टिप्पणीमार्फत् अघि सारेका सुझावहरुले ‘एमालेको आगामी बाटो सहज नभएको तर दृढ संकल्पका साथ अघि बढे पुनर्जागरण सम्भव रहेको’ संकेत गरेका छन्।

नेतृत्व र संगठनमा व्यापक फेरबदलको खाँचो

निर्वाचनमा बेहोरेको पराजयलाई लिएर पार्टीको नीति निर्माण र 'एकमना' नेतृत्व शैलीमाथि प्रश्न उठाइएको छ। भुइँयथार्थको वस्तुनिष्ठ मूल्याङ्कन गर्न चुक्दा आन्दोलनले इतिहासकै पहिलो र भयानक भूल बेहोरेको ठहर कार्कीले गरेका छन् । उनले  पार्टीलाई पुनर्जीवन दिन वर्तमान केन्द्रीय कमिटी विघटन गरी 'विशेष महाधिवेशन आयोजक समिति' गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

कार्कीले अघी सारेका सुझावहरुमा संरचनात्मक सुधारका लागि निम्न बुँदाहरूलाई प्राथमिकतामा राखिएको छ:

सामूहिक नेतृत्व: व्यक्तिगत तुष्टीकरण भन्दा सामूहिक संज्ञान र सामूहिक नेतृत्वको अक्षरस पालना गर्ने ढाँचा तयार गर्ने।

कार्यकालको निश्चितता: सबै तहका नेतृत्वको कार्यकाल स्पष्ट र निश्चित गरी ‘ठालुपन’को अन्त्य गर्ने।

समावेशी र सन्तुलित प्रतिनिधित्व: लक्षित सामाजिक वर्ग, समुदाय र उमेर समूहको सन्तुलित सहभागिता सुनिश्चित गर्दै ‘नव वर्ग’को उदयलाई रोक्ने।

सैद्धान्तिक निष्ठा र सुशासन

कार्कीको सुझावमा एमालेको पुनर्जागरणका लागि मार्क्सवाद-लेनिनवाद र आफ्नै आन्दोलनका अनुभवजन्य विचारलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ। रणनीतिक लक्ष्य समाजवाद र साम्यवाद नै हुनुपर्ने भए तापनि वर्तमानको 'प्रारम्भिक पुँजीवादी समाज'का बाध्यतालाई बुझेर समाजवाद उन्मुख विकासमा लाग्नुपर्ने सुझाव पनि उनले दिएका छन् ।

उनका अनुसार विशेष गरी सत्तामा रहँदा वा विपक्षमा हुँदा पनि सुशासन, पारदर्शिता र विधिको शासनलाई पार्टीको मूल मन्त्र बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। गणतान्त्रिक लोकतन्त्र र राष्ट्रिय स्वाधीनता प्रतिको निष्ठालाई अविचलित राख्दै वैचारिक भिन्नताबीच पनि राष्ट्रिय हितमा सहकार्य गर्ने संस्कृतिको विकास हुनुपर्ने देखिन्छ।

कम्युनिष्ट एकता र अन्तर्राष्ट्रिय सम्बन्ध

कार्कीको सुझावमा विभाजित कम्युनिष्ट धाराहरूलाई एकीकृत गर्ने संकल्प एमालेको प्राथमिकतामा हुनुपर्ने देखिन्छ। रणनीतिक उद्देश्यमा सहमति भए कार्यनीतिक भिन्नतालाई एकताको बाधक बनाउनु नहुने र अन्य कम्युनिष्ट समूहहरूलाई 'भ्रातृ पार्टी' मान्दै अमैत्रीपूर्ण व्यवहार अन्त्य गर्नुपर्ने प्रस्ताव पनि उनको सुझावमा गरिएको छ ।  कार्कीको भनाइमा 'जनवादी केन्द्रीयता'को नाममा अभ्यास भइरहेको सामन्ती ढाँचालाई भत्काएर चुस्त र दुरुस्त सांगठनिक संरचना बनाउनु अबको अनिवार्य सर्त बनेको छ।

त्यस्तै, परराष्ट्र नीतितर्फ भारत र चीनसँगको सन्तुलित र असल छिमेकी सम्बन्धलाई प्राथमिकता दिँदै पञ्चशीलको सिद्धान्त र असंलग्नताका आधारमा बहुध्रुवीय विश्व व्यवस्थाको पैरवी गर्नुपर्ने देखिन्छ।

एमालेभित्र अत्यन्तै इमान्दार छवि बनाएका तर पार्टीभित्रको सत्तापक्षबाट सदैव सीमान्तकृत गरिएका कार्कीका यी सुझावहरु निक्कै गम्भीर छन् । हालै सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको अकल्पनीय पराजयको पृष्टभूमिमा नेकपा (एमाले) का लागि यो घडी आत्मसमीक्षा र कठोर निर्णय लिने समय हो। कार्कीले व्यक्त गरेका यी सुझावहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र सामाजिक मिसनमा केन्द्रित हुन सचेत गराएका छन्। यदि एमालेले कार्की लगायतका एमालेभित्रका इमान्दार पङ्तिले उठाएका संरचनात्मक र वैचारिक सुधारका प्रस्तावहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढेमा कम्युनिष्ट आन्दोलन एवं एमालेको पुनर्जागरण सम्भव छ। अन्यथा, अहिले लागेको धक्काले पार्टीलाई अझै रक्षात्मक अवस्थामा पुर्‍याउने निश्चित छ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त