दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

विश्व दर्शनशास्त्रका एक शिखर व्यक्तित्व जुर्गेन हेबरमासको निधन भएको छ । ९६ वर्षको उमेरमा शनिबार (१४ मार्च २०२६) जर्मनीको स्टार्नबर्गमा उनले अन्तिम सास फेरेका छन्। उनको प्रकाशक संस्था सुहरक्याम्पले यो दुःखद खबर सार्वजनिक गरेको हो।

हेबरमासको जीवन र उनको चिन्तन एउटा गहिरो सङ्घर्षबाट सुरु भएको थियो। उनी जन्मजात ओठ काटिएको (Cleft Palate) समस्या लिएर जन्मिएका थिए। बाल्यकालमा पटक-पटकको शल्यक्रिया र अरूलाई आफ्नो कुरा बुझाउन कठिन सङ्घर्ष गर्नुपरेको थियो । त्यो कठिन संङ्घर्षले नै उनलाई पछि गएर 'भाषा र सञ्चार' को ठूलो दार्शनिक बनायो। उनले सधैँ भन्ने गर्थे– ‘भाषा नै त्यो साझा आधार हो, जसका कारण हामी मानिसका रूपमा अस्तित्वमा छौँ।’ उनको मान्यता  ‘बोलेका कुरामा कतिपय कमजोरी हुन सक्छन्, तर लेखिएका शब्दले विचारलाई स्पष्ट र अमर बनाउँछन्’ भन्ने थियो ।

उनले आफ्नो ९६ वर्ष लामो जीवनमा दर्शन, समाजशास्त्र र राजनीतिलाई नयाँ दिशा दिए। विशेषगरी उनको 'थ्योरी अफ कम्युनिकेटिभ एक्सन' (सञ्चारात्मक क्रियाको सिद्धान्त) ले विश्वभरका बौद्धिक पाठकलाई सोचको नयाँ दिशा दियो । आफ्नो जीवनकालमा उनी केवल विश्वविद्यालयका कोठामा सीमित रहेनन्, बरु समसामयिक राजनीतिक मुद्दाहरूमा पनि उत्तिकै प्रखर भएर उभिए। तर्क र संवादबाटै समाजका समस्या सुल्झाउन सकिन्छ भन्ने कुरामा उनले कहिल्यै सम्झौता गरेनन्।

आफ्नो लामो प्राज्ञिक यात्रामा उनले क्योटो प्राइज र इरास्मस प्राइज जस्ता विश्वका प्रतिष्ठित सम्मानहरू पनि प्राप्त गरेका थिए।

हेबरमासको निधनले विश्वको बौद्धिक जगतमा एउटा ठुलो रिक्तता छोडेको छ। मानिसलाई आपसमा कुराकानी गर्न र तर्कपूर्ण ढङ्गले बाँच्न सिकाएका मान्छे आज उनी आफैँ मौन भएका छन्। तर उनले लेखेका पुस्तक र उनले देखाएको मार्गले संसारलाई सधैँ यस क्षत्रमा नयाँ ढङ्गले सोच्न बाध्य बनाइरहनेछ।

तस्विर: https://s.rfi.fr

 

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त