माइकल प्यारेन्टीको ९२ वर्षको उमेरमा निधन
प्रख्यात अमेरिकी राजनीतिशास्त्री, इतिहासकार र मार्क्सवादी विचारक माइकल प्यारेन्टीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनी विशेष गरी शक्ति, वर्ग, साम्राज्यवाद, सञ्चारमाध्यम र इतिहास लेखनमा निहित वैचारिक पक्षपातमाथि कठोर प्रश्न उठाउने विद्वानका रूपमा चिनिन्छन्।
उनको भनाइ ‘इतिहास प्रायः विजेताले लेख्छन्, र त्यो लेखन निर्दोष हुँदैन’ निक्कै चर्चित छ ।
राज्य र नीतिहरू “सार्वजनिक हित” भन्दा बढी शासक वर्गको हितमा काम गर्छन् भन्ने प्यारेन्टी अमेरिकी विदेश नीति, सैन्य हस्तक्षेप र “लोकतन्त्र निर्यात” भन्ने भाष्यलाई ‘आर्थिक र भू–राजनीतिक स्वार्थको आवरण’ भन्ने गर्थे ।
‘सञ्चारमाध्यम स्वतन्त्र देखिए पनि संरचनागत रूपमा शक्तिशाली निगम र राज्यको दृष्टिकोणलाई सामान्य सत्यका रूपमा प्रस्तुत गर्छन्’ भनेर खरो आलोचना गर्ने प्यारेन्टीलाई आलोचकहरू पूँजीवादी समाजका सकारात्मक पक्षहरूलाई कम आँक्ने गरेको आरोप लगाउने गर्थे। तर त्यसको जवाफमा प्यारेन्टीले भन्ने गर्थे, “सत्ता आफैंले आफ्नो प्रचार गर्न पर्याप्त साधन राख्छ, त्यसलाई थप सन्तुलन दिनु मेरो काम होइन।”
उनका Blackshirts and Reds: Rational Fascism and the Overthrow of Communism, Against Empire, Inventing Reality: The Politics of News Media," र The Assassination of Julius Caesar जस्ता पुस्तकहरु अत्यन्त प्रख्यात छ। Inventing Reality मा मिडियाले कसरी ‘यथार्थ’ निर्माण गर्छ भन्ने विश्लेषण गरिएको छ भने Democracy for the Few माअमेरिकी लोकतन्त्र कति हदसम्म सीमित वर्गका लागि काम गर्छ भन्ने प्रश्न उठाइएको छ। त्यसैगरी, Against Empire अमेरिकी साम्राज्यवादको राजनीतिक, आर्थिक र नैतिक आलोचना गरिएको छ । Blackshirts and Reds मा फासीवादी र समाजवादी राज्यहरूको तुलना, र शीतयुद्धकालीन प्रचारमाथि खरो वैचारिक प्रश्नहरु उठाइएका छन् ।
प्यारेन्टीको ख्याति र प्रभाव वामपन्थी, प्रगतिशील र साम्राज्यवाद–विरोधी आन्दोलनमा अत्यन्त प्रभावशाली छ। तर उनलाई “मार्क्सवादी विचारक” भनेर मात्र सीमित गर्नु अपूरो हुन्छ। उनी एक प्रकारका ‘बौद्धिक असहजता’ सिर्जना गर्ने चिन्तक–लेखक हुन् ।
तस्विर: https://i.ytimg.com
डा. सङ्ग्रौला भन्छन्– राजनीतिमा बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न मेरो उ…
रामचन्द्र भट्टराईको निधन
भारतको झारखण्डमा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता सहित १५ जना …
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
प्रतिक्रिया