नेपाली काङ्ग्रेस: परिवर्तन र रुपान्तरणको सकस
के छ गगन र विश्वप्रकाशका प्रतिवेदनमा ?
मुलुकको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस यतिखेर प्रखर अन्तरद्वन्द्वबीच गुज्रिरहेको छ । त्यस अन्तरद्वन्द्वको एकातिर भदौ २३–२४ को जेनजी आन्दोलनपछि सिर्जित बदलिएको परिस्थितिलाई आत्मसात गर्दै त्यसलाई सम्बोधन गर्ने गरी राजनीतिक, सांगठनिक तथा स्वयं नेतृत्वकै समेत पुनर्संरचना गरेर जानुपर्ने बलियो जमात छ । जमातको नेतृत्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माले गरिरहेका छन् । अर्कोतिर पुरानै संस्थापन पक्ष छ, जसले त्यसलाई सम्बोधन गर्ने आवश्यकता नै देख्दैन, ठान्दैन । खासगरी, संस्थापनपक्ष पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरणको मागले तर्सिएको प्रतीत हुन्छ ।
यो अन्तरद्वन्द्वबीच पहिलो पक्षले यतिखेर विशेष महाधिवेशनको आयोजना गरिरहेको छ भने पुरानो संस्थापन पक्षले त्यसलाई स्वीकारेको छैन । यसले यतिखेर मुलुककै सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली काङ्ग्रेस फूट वा जुटको प्रसव बेदनाबीच गुज्रिरहेको छ । वास्तवमा यतिखेर काङ्ग्रेसभित्र सुधारको प्रयाससँगसँगै सत्ताकेन्द्रीत कसरत समानान्तर चलिरहेको प्रतित हुन्छ ।
यो विशेष महाधिवेशनका पक्षमा खडा काङ्ग्रेस नेतृत्वले महाधिवेशनलाई संगठन सुदृढीकरण, विधान संशोधन, र आन्तरिक लोकतन्त्रलाई चुस्त बनाउने प्रक्रियाका रूपमा प्रस्तुत गरेको छ। कतिपयले चाहिँ अहिलेको महाधिवेशनले काङ्ग्रेसलाई फूटको दिशातिर घकेल्ने आशंका पनि गरिरहेका छन् ।
काङ्ग्रेस जस्तो पुरानो र ठूलो पार्टीमा परिवर्तन सजिलैसँग हुँदैन। विशेष महाधिवेशन मार्फत कम्तीमा समस्यालाई औपचारिक रूपमा स्वीकार गरिएको छ। यो आफैंमा सुधारको अवसर बन्न सक्ने सकारात्मक संकेत पनि हुन सक्छ।
प्रस्तुत विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरुले यसबारेमा धेरै कुरा बोलेको छ । प्रस्तुत छ: सोही प्रतिवेदनको मूलपाठ ।
पहिचानको लडाइँ र प्रतिरोधी चेतनाका संवाहक: माल्कम एक्स
सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता: आत्म-रूपान्तरणको मार्क्सवादी सिद्धान्त
विषादि सुँघाएर बेहोश पारी दासढुंगामा नियोजित तवरले गाडी खसालेको हुन सक्ने…
मार्क्स र एंगेल्सको प्रख्यात पुस्तक जर्मन आइडियोलोजीको सार
नेपालको बारेमा कार्ल मार्क्स के भन्थे ?
समाजवाद निर्माणका चुनौती र श्रमिकहरूको भूमिका
भविष्यवाणीदेखि इतिहाससम्म: राष्ट्रपति हो ची मिन्हको युद्धकालीन दृष्टिकोण
प्रतिक्रिया