अन्धविश्वास के हो?
–प्रमाण हुँदाहुँदै वा प्रमाण बिना नै विश्वास गर्नु।
–एक रहस्यलाई अर्को रहस्यको सहाराले सही ठहराउनु।
–यो विश्वास गर्नु कि संसार दैवी संयोग वा सनकद्वारा सञ्चालित हुन्छ।
–कार्य र कारणबीचको वास्तविक सम्बन्धलाई बेवास्ता गर्नु।
–विचार, उद्देश्य, र योजनाहरू प्रकृतिभन्दा माथि छन् र प्रकृतिभन्दा पहिले नै अस्तित्वमा थिए भन्ने मान्यता राख्नु।
–मस्तिष्कले पदार्थको सिर्जना गर्यो र त्यसलाई नै सञ्चालन गर्छ भन्ने धारणा राख्नु।
–शक्तिलाई पदार्थबाट र पदार्थबाट शक्क्तिलाई अलग ठान्नु।
–चमत्कार, जादू-टोना, सम्मोहन, सपना र भविष्यवाणीमा विश्वास गर्नु।
–अलौकिक चीजहरूमा विश्वास गर्नु।
–अन्धविश्वासको जग अज्ञान हो, यसको बाहिरी संरचना श्रद्धा-भक्ति हो, र यसको गुम्बज झूटा आशा हो।
–अन्धविश्वास अज्ञानको सन्तान हो र विपत्तिको जननी हो।
–प्रायः हरेक व्यक्तिको मस्तिष्कमा अन्धविश्वासको अलिकति तुँवालो पाइन्छ।
खतरनाक हुन्छ भिटामिन डीको कमी
एचआईभी उन्मूलनमा जीन एडिटिङले पैदा गरेको आशा
इबोला संकट: अप्रिय सत्यहरू
हाम्रा भावनाहरू: जीवन रक्षाका अदृश्य संकेत
पोलेको ठाउँमा किन पानीफोको उठ्छ ?
विश्व स्वास्थ्य संगठनद्वारा इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा
प्याज: मसला मात्रै हैन, स्वास्थ्य फाइदाको खानी नै खानी !
प्रतिक्रिया