हाम्रो शरीरबारे केही जानकारी
• मानव औंलाले ०.०२ मि.मि.सम्मको चाल (movement) को कम्पन महशूस गर्नसक्छ ।
• हाम्रो शरीरमा राता रक्तकोषिकाहरु प्रति सेकेण्ड १० लाखको संख्यामा उत्पादन हुन्छन् । यिनीहरु लगभग १२० दिन बाँच्छन् ।
• साधारणतया मानव आन्द्रा करिब ९ मि. लामो हुन्छ ।
• औसत मान्छेहरुले आफ्नो जीवनकालमा लगभग ४०,००० के.जी. खाना खान्छन् ।
• एउटा प्लाज्मा सेल (नजमेको रगतको तरल भाग जो रक्ताणुहरु हटाएपछि बाँकी रहन्छ) ले एक सेकेण्डमा २०० एन्टिबडी अणुहरु (रगतमा हानिकारक वस्तुलाई नष्ट गर्न शरीरले नै बनाउने वस्तु) निर्माण गर्नसक्छ ।
• हाम्रो शरीरमा रक्तबाहिनीहरु (ब्लड भेसल्स्)को कुल लम्बाइ १ लाख कि.मि. छ ।
• औसत मान्छेले आफ्नो जीवनकालमा लगभग ४ लाख २० हजार घन मिटर आयतन बराबरको वायुको श्वास तान्छ ।
• हामीले आफ्नो जीवनकाल एउटा सानो थोप्लो (लगभग अंग्रेजीमा लेखिने फूल स्टप) बराबरको डिम्बबाट शुरुवात गरेका हुन्छौं ।
• उमेर बढ्दै गएअनुसार मान्छे कम सुत्छ । एउटा नवजात शिशु १६ घण्टासम्म सुत्न सक्छ । र, ६० वर्ष पुग्दासम्म उसको सुताइ घटेर ७ घण्टाको हुनपुग्छ ।
• नवजात शिशुमा ३५० वटा हाडहरु हुन्छन् भने वयस्कमा २०६ मात्र हुन्छन् । मान्छेको उमेर बढ्दै गएअनुसार हाडहरु जोडिंदै जाने भएकोले यस्तो भएको हो । त्यसैले मान्छेको उमेर हाडको एक्सरे गरेर पत्ता लगाउन सकिन्छ ।
• सबभन्दा सानो हाडको नाम स्टेप्स (stapes bone) हो यो कानमा रहेको हुन्छ । यो २–३ मि.मि. सम्म लामो हुन्छ ।
• सबभन्दा लामो हाडको नाम फिमर (Femur) हो । यो तिघ्रामा हुने हड्डी हो । यो १.८ मि.को अग्लो मान्छेमा ५० से.मि. सम्म लामो हुनसक्छ ।
पृथ्वीको लागि बढ्दो गम्भीर खतरा बनिरहेको अन्तरिक्षको कवाडी
एक मस्तिष्क, दुई प्राचीन प्रणाली
एआईबारे पोपको ज्ञान र चेतावनी - चर्चको ५०० वर्ष पुरानो डर
प्रोजेक्ट सनक्याचर: अन्तरिक्षमा एआई डेटा सेन्टर युगको पहिलो परीक्षा
एआई : हौवा होइन, ऐना हो ! नियमन-नियन्त्रण होइन, दिशा दिनुपर्छ
पृथ्वीको शक्तिशाली खगोलीय संरक्षक बृहस्पति ग्रह
कृषि र पर्यावरणका मौन पहरेदार चमेरो
प्रतिक्रिया