दायित्वबोधका सम्पादकलाई मातृशोक

काठमाडौं– मन्थन प्रकाशन प्रालिद्वारा संचालित ई–म्यागजिन (अनलाइन पोर्टल) दायित्वबोध डटकमका प्रधान सम्पादक चन्द्र खाकीलाई मातृशोक परेको छ । 

शनिबार खाकीकी आमा  दीलकुमारी खाकीको  ९१ वर्षको उमेरमा इलाममा निधन भएको  हो । उनको इलाम नगरपालिका ८, तिल्केनीस्थित निवासमै निधन भएको हो । 

मृतक दीलकुमारी खाकीको ५ छोरा र २ छोरी (एक छोरीको यसअघि नै निधन भइसकेको छ) छन् । उनको आइतबार नै अन्तिम संस्कार गरिएको छ । 

दायित्वबोध डटकम दिवंगत दीलकुमारी खाकीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।