चराको सहायताले मह खोज्ने जनावर

अफ्रिका र एशियामा एउटा यस्तो जनावर पाइन्छ, जसले चराको मद्दतले मह खोजेर खान्छ । यसको बदलामा यस जनावरले चरालाई महको मैन दिन्छ । यो जनावरको नाम हो– हनी बाङगर (Honey badger) । यसलाई राटेल्स (Ratels)  पनि भन्ने गरिन्छ ।

यो जनावरको लागि एक जातिको चराले मह खोजिदिने काम गर्छ । जब त्यो चराले कतै मौरी वा अन्य त्यस्तै मह पार्ने कीराको घार वा गुँड फेला पार्छ, त्यसले विशेष आवाज गरेर यो जनावरला डाँक्ने गर्छ । यसरी उक्त चराले यो जनावरलाई मह भको ठाउँसम्म डाकेर ल्याइपुर्याउँछ । त्यसपछि यो जनावरले महको चाका भत्काएर मह खान्छ र चराको लागि चाहिँ मैन छोडिदिन्छ । मह खाने यो जनावरको शरीरमा बाक्लो भुत्ला हुन्छ तर यसको टाउकोमा भने यसै परिवारका अन्य जनावरहरुको जस्तो सेतो पट्टी चाहिँ हुँदैन । यो जनावर आक्रामक र ह्रिसंक हुन्छ । यसले आफ्नो बचावको लागि पुच्छरमुनि हुने एउटा विशेष ग्रन्थीबाट नराम्रो दुर्गन्ध छाडेर आक्रमणकारीहरुलाई भगाउने गर्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।