जनस्वास्थ्य रक्षाको पक्षमा काठमाडौं महानगरपालिकाको कडा कदम

काठमाडौं महानगरपालिकाले जनस्वास्थ्य रक्षाको पक्षमा कडा कदम चाल्दै ‘प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको विक्री वितरण’ निषेध गरेको छ ।

काठामाडौं महानगरपालिकाको स्वास्थ्य विभागको तर्फबाट विभागीय प्रमुख रामप्रसाद पौडेलले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

उक्त सूचनाअनुसार, सूचना प्रकाशित भएको मितिले १५ दिनपछि काठमाडौं महानगरपालिका क्षेत्रभित्र त्यस किसिमका पदार्थहरुको विक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी, उक्त सूचनाले सार्वजनिक स्थानमा धूमपानलाई समेत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।

काठमाडौं महानगरपालिकाले चालेको यो कदम जनस्वास्थ्यको हिसाबले अत्यन्तै सकारात्मक देखिएको छ । खासगरी, खैनी, गुट्खा, पानपराग वा त्यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको निर्वाध विक्री वितरणले सरकार महानगरलाई केही राजस्व त प्राप्त भएको होला तर त्यसको तुलनामा त्यसले गर्ने क्षति निक्कै भयानक हुने गरेको थियो । पछिल्लो तथ्यांकअनुसार त्यस प्रकारको वस्तुको सेवनले प्रत्येक वर्ष नेपालमा २० हजारदेखि ३० हजार क्यान्सरका नयाँ रोगीहरु देखापर्ने गरेका थिए । त्यसैगरी, नेपालमा हुने कूल मृत्युका कारणहरुमध्ये १३ प्रतिशतको मृत्यु सूर्तीजन्य पदार्थहरुको सेवनका कारण हुने गरेको थियो ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि नगरभित्रका सार्वजनिक स्थानहरुम धूमपान र सूर्ती सेवनलाई निषेध गरेको थियो । त्यसै गरी, त्यसअघि पनि तत्सम्बन्धी प्रयासहरु भएका थिए । तर ती कुनै पनि प्रयासहरु प्रभावकारी साबित हुने सकेको थिएन ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त