आधा मिटरभन्दा लामो जिब्रो हुने जीव

शीर्षक पढ्दा अचम्म लाग्न सक्छ ! धैत कतै त्यति लामो जिब्रो भएको जीव पनि कतै हुन्छ र ?

तर अचम्म नमान्नुहोस् । यस संसारमा त्यस्ता थुप्रै विचित्रका जीवहरु पाइन्छन् जसका बारेमा थाहा पाउँदा हामी अचम्भित बन्न पुग्छौं । त्यस्तै एउटा विचित्रको जीव हो एन्ट इटर अर्थात् कमिला खाने जीव । यो जीवको जिब्रो आधार मिटरभन्दा पनि लामो हुन सक्छ ।

खासगरी, कमिलाहरु खान रुचाउने यो जीवका थरिथरि प्रजातिहरु पाइन्छन् । तीमध्ये एउटा प्रजाति चाहिँ ठूलो खालको हुन्छ । त्यसलाई जाइन्ट एन्टइटर  (Myrmecophaga tridactyla) भनिन्छ । यसको जिब्रो अनौठो गरी लामो हुने गर्छ । यो जीवले आफ्नो कमिला र धमिरालाई आफ्नो मुख्य आहारा बनाउने गर्छ । त्यसका लागि यसले आफ्नो लामो जिब्रोको सहायताले गुँडभित्रसम्म रहेका कमिला–धमिराहरुलाई खाने गर्छ ।

यस जीवको जिब्रो भित्रतिर फर्किएका मसिना काँडाले ढाकिएको हुन्छ । यसको आकार पनि कमिला–धमिराका गुँडभित्रैसम्म छिर्ने खालको सुलुत्त परेको हुन्छ । यसले आफ्नो त्यस जिब्रोलाई कमिला–धमिराको गुँडभित्र छिराएर राख्छ । त्यसको सम्पर्कमा आएका कमिला–धमिराहरु च्यापच्याप लाग्ने र्यालमा उम्किनै नसक्ने गरी टाँसिन्छन् । त्यसमाथि थप, जिब्रोमा रहेका काँडाहरुले  पनि टाँसिएका कमिला–धमिराहरुलाई भाग्न दिँदैन । त्यसपछि एन्टइटरले आफ्नो कमिला–धमिराको गुँडबाट बाहिर निकालेर जिब्रोमा टाँसिएका कमिला–धमिराहरुलाई खाइदिन्छ ।

त्यसबाहेक, एन्टइटरको पन्जा पनि बलियो खालको हुन्छ । त्यसमा तीखो नङ्ग्राहरु हुने गर्छ । त्यही बलियो पञ्जा र नङ्ग्राको सहायताले यसले कमिला–धमिराहरुको गुँडलाई सजिलै फोर्ने र कमिला–धमिराको शिकार गर्ने गर्छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।