'प्रकृतिका सफाइकर्मी' काग सम्बन्धी केही रोचक तथ्यहरु

विश्वभरिमा कागका ४० भन्दा बढी प्रजातिहरू पाइन्छन्। अंटार्कटिका बाहेक कागहरु सबैतिर पाइन्छन्

काग प्रायजसो एक्लै बस्न मनपराउछ। तर कुनै कागलाई संकट परेमा अरु कागहरु सहयोग गर्न तुरुन्त आइहाल्छ।

काग अरु चराहरु जस्तो बसाइसरा गर्दैन। जुन ठाउँमा जन्म भयो त्यहीँ यसले आफ्नो पूरा जीवन बिताउछ।

कागलाई एकदमै बुद्दिमान पंक्षी मानिन्छ। यसलाई सिकाउने हो भने यसले मान्छे र अरु जनावरको पनि नक्कल गर्न सक्छ।

abcnews.go.com

कागहरु निक्कै बुद्दिमान हुन्छन। यिनीहरुले औजारहरुको प्रयोग पनि गर्ने गरेको पाइएको छ। कहिलेकाही सिकार गर्ने क्रममा कागले प्वाल बाट जीवजन्तुहरुलाई बाहिर निकाल्न साना लट्ठी र अरु औजारहरु प्रयोग गर्ने गरेका छन्।

काग कुन खानेकुरा पहिला बिग्रिन्छ कुन ढिलो बिग्रिन्छ भनेर पत्ता लगाउन सक्षम हुन्छ। जसले गर्दा यसले पहिला चाँडो बिग्रने खानालाई खान्छ र ढिलो बिग्रने खानालाई पछि खानको लागि लुकाएर राख्ने गर्छ।

जापानका करिओन (Carrion ) प्रजातिका कागहरुमा ट्राफिक नियमहरु चिन्न सक्ने क्षमता विकसित भएको देखिएको छ । यिनीहरुले सडकमा ट्राफिक लाइट रातो बलेको बेला जब गाडीहरु रोकिन्छ, त्यस बेला सडकमा गएर गाडीका टायरमुनि ओक्खर राख्ने गरेको पाइएको छ। ज गाडीहरु गुडछन्, त्यसबेला ओक्खरहरु फुटछन्। ट्राफिक लाइट पुन: रातो भएको बेला कागले त्यो फुटेका ओक्खर लिएर जाने गरेको पाइएको छ ।   

कागको स्मरणशक्ति तीब्र हुन्छ। कागले मानिसको अनुहार ५ बर्ष सम्म याद राख्न सक्छ र मौका मिल्नासाथ यसले ठुँगेर बदला लिने गर्छ । अझ कतिपय अवस्थामा त कागको बथान नै मिलेर पनि आक्रमण गर्ने गर्छ । त्यसैले कागलाई दुख दिने र सताउने काम कहिले गर्नु हुँदैन।

काग सर्वभक्षी हुन्छ। यसले शाकाहार र मांसाहार दुवै गर्छ। यसैले यिनीहरुलाई प्रकृतिका रक्षक पनि भनिन्छ। किनकि यिनीहरुले फोहोर मैला र मरेका जनावरहरु खाएर वातावरण सफा गर्न मद्दत गर्छ। 

कागलाई धार्मिक दृष्टिकोण बाट महत्वपूर्ण प्राणी मानिन्छ । हिन्दु धर्ममा कागलाई हाम्रो कर्मको लेखाजोखा गरेर जीवनकालमै दण्डित गर्ने भगवान शनिको वाहन मानिन्छ । तिहारको पञ्चक (पाँच दिन)मा  एक दिन विशेष रुपमा कागलाई पुजा गरिन्छ । त्यसदिन कागलाई खुवाएको खाना मृत पितृले पाउने  हिन्दू मिथक छ ।

भुटानमा पनि कागलाई पवित्र जीव मानिन्छ। भुटानको राष्ट्रिय चराको रुपमा काग रहेको छ।

कागको औसत जीवनकाल १०-१५ बर्ष हुन्छ। अस्ट्रेलियाको रेवन जातिको काग २२ बर्ष सम्म बाच्न सक्छ।

काग आफ्नो इलाकाको रक्षाको लागि सधैं सजक हुन्छ। आफ्नो इलाकाको रक्षाका लागि कागले आफूभन्दा ठूलो पशुपंक्षीसंग समेत लड्नभिड्न तत्पर हुन्छ। खतराको संकेत पाउने बित्तिकै कागले ठूलो आवाजमा अरु कागहरुलाई मद्दतको लागि गुहार माग्छ र सबै मिलेर झुण्ड बनाएर हमला गर्छ । 

काग आफ्ना जीवनसाथीप्रति एकनिष्ठ पंक्षी हो। यसले आफ्नो पूरा जीवन एउटै साथीसँग बिताउछ र दुवै मिलेर बच्चाहरुलाई हुर्काउँछ

अरु चराहरुमा जस्तो कागले आफ्ना बच्चाहरुलाई उड्न थाल्नेबित्तिकै गुँडबाट धपाउँदैन। यसले आफ्ना बच्चाहरुलाई ५ र्षसम्म आफूसँगै राख्छ। फलत: कागका बच्चाहरुले धेरै कुरा सिक्ने मौका पाउँछ

कागसंग राम्रो व्यहार गर्ने हो भने यसले उपहार पनि दिने गर्छ। अमेरिकाको सियाटलमा एक जना ८ बर्षकी बच्चीले एउटा कागलाई सधैं खाना दिने गर्थिन्। कागले पनि ती बच्चीलाई कागज, पिन, क्लिप र सानासाना चम्किला पत्थरका टुक्रा ल्याएर दिने गर्थ्यो

१६. कागको रंग कालो मात्र हुदैन। कुनै कुनै कागहरु सेता पनि हुन्छन। तर वास्तवमा त्यो उसको स्थायी प्रकृतिको रङ भने होइन ।  कुनै कुनै कागमा आनुवंशिक बिकृति उत्पन्न भयो भने कागको रंग सेतो हुने गर्छ। सेता कागहरु धेरै लामो समय सम्म बाँच्दैन । यिनीहरु कम उमेरमै मर्ने गर्छ

श्रोत;- Best Hindi Facts

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।