ईश्वरको लाश

हरिशंकर परसाई हिन्दी साहित्यमा व्यंग्यका सम्राटको रुपमा परिचित छन् । उनलाई ईश्वरको पूजाआजामा रत्तिभर पनि विश्वास थिएन । उनी पक्का नास्तिक थिए । एक दिन साहित्यकारहरुबीच गफै गफमा उनले प्वाक्क भनिहाले- “ईश्वर त मरिसक्यो ।”

उनको ईश्वरप्रतिको यस्तो नकारात्मक विचारको खण्डन गर्दै हिन्दीकै प्रख्यात् साहित्यकार जैनेन्द्रकुमारले भने- “कसले भन्यो, ईश्वर मर्यो भनेर ? ईश्वर कहिल्यै मर्दैन र फेरि ईश्वरलाई कसले मार्न सक्छ ?"

 उनी तर्कमाथि तर्क थप्दै भावुक हुन थाले । यत्तिकैमा श्रोताहरूको बीचमा बसेका हरिशंकर परसाईको मुखबाट निस्किहाल्यो-

"साथीहरु, जबसम्म तिमीहरुले जैनेन्द्रजीलाई ईश्वरको लाश देखाउँदैनौं, तबसम्म उनी ईश्वर मरेको कुरा मान्न तयार हुँदैनन् ।”

Photo: i.ytimg.com

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।