अण्ड र शुक्रकीटबेगरनै प्रयोगशालामा भ्रूण बन्यो !

सामान्यतः एउटा मानिसको जन्म हुनको लागि महिलाको अण्ड र पुरुषका वीर्यमा हुने शुक्रकीटको मिलन, त्यो मिलनमा शुक्रकीटले अण्डलाई निषेजन (फर्जिलाइज) गर्नु जरुरी हुन्छ । तर विज्ञान–प्रविधिको क्षेत्रमा भएको अद्भूत प्रगतिले प्रकृतिको त्यो नियमलाई पनि भंग गरिदिन सक्ने देखिएको छ ।

वैज्ञानिकहरुले प्रयोगशालामै एउटा १४ दिनसम्म विकसित भ्रूणको मोडल बनाउन सफलता हासिल गरेका छन् । उनीहरुले त्यो मोडल अण्ड र शुक्रकीट बिना नै स्टीम सेलको प्रयोग गरी सो मोडेल तयार गरेका हुन् । यो प्रकृतिक रुपमा निर्माण र विकसित हुने १४ दिनसम्मको भ्रूणजस्तै सफलतापूर्वक विकसित भएको छ ।

उक्त भ्रूण बनाउनका लागि अनुसन्धानकर्ताहरुले प्लुरियोपोटेन्ट (Pluripotent)  स्टीम सेलको प्रयोग गरेका थिए । यो स्टीम सेलमा विभिन्न कसिमका कोषहरुका रुपमा सफलतापूर्वक विकसित हुने विशेषता र क्षमता हुन्छ । उनीहरुले त्यो प्लुरियोपोटेन्ट कोषलाई त्यसको प्राकृतिक रुपमा परिवर्तित गरिदिए । त्यसो गर्दा त्यो स्टीम कोष शरीरमा तयार हुने कुनै पनि कोषमा परिवर्तिन हुन तयार भयो । त्यसमध्ये मानव विकासका प्रारम्भिक चरणमा अत्यावश्यक कोषहरु पनि पर्छ ।

ल्याबमा निर्माण गरिने यो भ्रूण तयार गर्नको लागि अनुसन्धानकर्ताहरुले तीन समूहका स्टीम सेललाई मिसाएका थिए । पहिलो समूहको कोष भ्रूण बन्नका लागि प्राकृतिक रुपमा विकसित हुने गरी तयार गरिए भने अरु दुई समूहका कोषहरुलाई साल (Placenta) र साल नबनुन्जेल भ्रूणलाई पोषण पुर्याउने योक स्याक (Yoke sack)  का रुपमा विकसित हुने गरी तयार गरियो । ती स्टीम सेलका अधिकांश हिस्साहरु सफलतापूर्वक विकसित हुन त सकेन तर १ प्रतिशत जति चाहिँ भ्रूणको रुपमा विकसित भएको देखियो । स्टीम कोषमा आधारित भ्रूणजस्तो संरचना (SEMs) विकसित भएर आफैंमा संगठित भए । ती सबै गर्भाशयमा विकिसभ भएको १४ दिनसम्मको भू्रण जस्तै अवस्थामा थियो । अनुसन्धानकर्ताहरुले त्यो भ्रूणजस्तो संरचनामा गर्भावस्थासम्बन्धी जाँचहरु समेत गरेका थिए । रोचक कुरा त के रह्यो भने त्यस जाँचमा सकारात्मक परिणाम आएको थियो ।

यो अध्ययनले गर्भावस्थाको प्रारम्भिक अवस्थाका चरणहरुबारेको हाम्रो बुझाइलाई थप परिमार्जन गर्ने विश्वास अनुसन्धानकर्ताहरुले लिएका छन्

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।