सुन थुपार्ने प्रमुख देशहरु: अमेरिका सबैभन्दा अगाडि

सुन कुनै पनि देशको आर्थिक समृद्धिको सूचक हो । यो मुद्रा विनिमयको सबैभन्दा प्रमुख र भरपर्दो माध्यम पनि हो । त्यसैले संसारभरिकै देशहरु सुन थुपार्ने गर्छन् ।संसारभरिमा सुन थुपार्ने प्रमुख १० देशहरु निम्नानुसार छन्ः

अमेरिकाः सुन थुपार्ने देशहरुको सूचीमा सबैभन्दा माथि अमेरिकाको नाम आउँछ । अमेरिकासँग संसारभरिका देशहरुमध्ये सबैभन्दा धेरै सुन छ । अहिले अमेरिकासँग ८,१३३.४६ टन सुन छ ।

जर्मनीः सुन थुपार्ने देशको सूचीमा जर्मनी दोस्रो नम्बरमा पर्छ । यो दशसँग ३,३५४.८९ टन सुन जम्मा छ ।

इटालीः तेस्रो नम्बरमा आउँछ इटाली । पश्चिम युरोपमा अवस्थित यो देशसँग यतिखेर २,४५१.८४ टन सुन मौज्दात छ ।

फ्रान्सः संसारमा अत्यधिक सुन थुपार्ने देशको सूचीमा फ्रान्स चौथो नम्बरमा पर्छ । यो देशसँग २,४३६.८१ टन सुन छ ।

रुसः संसारमा सबैभन्दा धेरै सुन भएको देशहरुको सूचीमा पाँचौ नम्बरमा रुसको नाम आउँछ । रुससँग यतिखेर २,३२६.५२ टन सुन मौज्दात छ ।

चीनः चीन पनि अत्यधिक सुन थुपार्ने देशहरुमा पर्दछ । यो देशसँग २,०६८.३६ टन सुन छ ।

स्वीटजरल्याण्डः चीनपछि नम्बर आउँछ स्वीटजरल्याण्डको । यो देशसँग १,०४० टन सुन मौज्दात छ ।

जापानः सुन जम्मा गर्ने देशहरुको सूचीमा रहेको अर्को नाम हो जापान । यो देशसँग ८४६ टन सुन छ ।

भारतः सुन जम्मा गर्ने देशहरुको सूचीमा भारत पनि पर्दछ । यो देशसँग ७९४.६२ टन सुन जम्मा छ ।

नेदरल्याण्डः अत्यधिक धेरै सुन जम्मा गर्ने देशहरुको सूचीमा दशौं नम्बरमा नेदरल्याण्ड पर्छ । यो देशसँग ६१२.५ मेट्रिक टन सुन छ ।

 

 

 

 

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।