दाँतको उपचारमा कोकिन

सुन्दा हामीलाई अचम्म लाग्न सक्छ– १९ औं शताब्दीतिर दाँतको उपचारमा कोकिनको प्रयोग हुने गथ्र्यो ।

हो, यो सत्य हो । अहिले कानूनले प्रतिबन्ध गरेको लागू औषध हो कोकिन । तर १९ औं शताब्दीमा स्वास्थ्य विज्ञानले अहिलेको जस्तो प्रगति गरिसकेको थिएन । त्यसबेला कोकिनका दुर्गुणहरुबारे पनि मानिसले राम्ररी थाहा पाइसकेका थिएनन् । मानिसहरुलाई कोकिनले दुखाइ कम गर्छ भन्ने चाहिँ पत्ता लगाएका थिए । त्यसैले त्यसबेला दाँतको दुखाइको उपचारमा तथा अन्य दुखाइहरुमा समेत कोकिनको व्यापक मात्रामा प्रयोग हुने गथ्र्यो ।

कोकिन कोकाका पातहरुबाट बनाइन्छ । यसमा दुखाइ कम गर्ने गुण हुने गर्छ ।

त्यहीकारण त्यसबेला उपचारमा कोकिनको व्यापक प्रयोग हुने गथ्र्यो । मानिसहरुले यसका अवगुणहरु खासगरी, यसबाट दुव्र्यसनको लत लाग्छ भन्ने कुरा थाहा पाइसकेका थिएनन् ।

तर पछि औषधी विज्ञानमा प्रगति हुँदै गयो । दुखाइ कम गर्ने नयाँ नयाँ औषधीहरु पत्ता लाग्दै गए भने कोकिनका खराब पक्षहरु, यसले दुव्र्यसन गराउने कुराहरु मानिसले थाहा पाउँदै गए । फलतः औषधीको रुपमा कोकिनको प्रयोग बन्द भयो । अहिले त यो खतरनाक लागू औषधको श्रेणीमा राखिन्छ । यसको सेवन, कारोवार अवैध मानिन्छ । त्यो कानूनी रुपमा दण्डनीय हुन्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।