इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे होर्मुज जलडमरूमध्य खुल्छ
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा सम्बोधन गर्दै इरानका विदेशमन्त्री अरागचीले संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो कदमले इरानी जनताको औषधि, खाना र जीवनसम्बन्धी मौलिक अधिकारको गम्भीर हनन गरिरहेको आरोप लगाएका छन्। उनले अमेरिका र उसका सहयोगीहरूले कूटनीतिक मार्ग अपनाउनुको साटो दबाब र आर्थिक आतंकवादको शैली अपनाएको दाबी गरे। साथै, अमेरिकी नेतृत्वले ट्रम्प र नेतान्याहुमार्फत संयुक्त राष्ट्रसंघको मञ्च प्रयोग गरेर आफ्नो आपराधिकतालाई ढाकछोप गर्न र वास्तविकतालाई तोडमोड गर्न खोजेको उनले बताएका छन्।
इरान कूटनीतिक समाधानको पक्षमा रहेको दावी दोहोर्याउँदै अरागचीले इरानले पछिल्लो दुई वर्षदेखि निरन्तर रूपमा सद्भाव राखेर वार्ताको ढोका खुला राखेको उल्लेख गरे।
यसै बीच, इरानको तर्फबाट कतारमार्फत संयुक्त राष्ट्र अमेरिका समक्ष एउटा ठोस ७ दिने योजनासमेत प्रस्तुत गरिएको छ। उक्त योजनाअनुसार, आवश्यक सर्तहरू पूरा भएमा होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन सकिने र सात दिनभित्रै सामान्य सामुद्रिक आवागमन पुनर्स्थापना हुने इरानको भनाइ छ। यद्यपि, वार्ता र यसको कार्यान्वयनका लागि अमेरिकाको तर्फबाट गम्भीरता र 'विश्वसनीय आश्वसनहरू' आवश्यक पर्ने इरानको ठम्याइ छ।
इरानले कुनै पनि किसिमको बल प्रयोग, धम्की वा दबाबलाई पूर्ण रूपमा अस्वीकार गर्ने स्पष्ट पारेको छ। आफ्नो सार्वभौम अधिकारलाई कुनै पनि बाह्य दबाबका सामु नझुकाउने दृढता व्यक्त गर्दै अरागचीले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघीय बडापत्रको पालना सबैका लागि अनिवार्य रहेको बताए। बडापत्र वैकल्पिक नहुने र सार्वभौमसत्ता कुनै सर्तमा पनि नबाँधिने उल्लेख गर्दै उनले विनाशका धम्कीहरू दिएर कहिल्यै पनि दिगो शान्ति निर्माण हुन नसक्ने चेतावनी दिएका छन्। वर्तमान अवस्थामा तनाव अन्त्य गरी जलडमरूमध्य खोल्ने वा नखोल्ने भन्ने सम्पूर्ण निर्णय अब अमेरिकी पक्षको प्रतिक्रियामा निर्भर रहेको उनले स्पष्ट पारेका छन्।
अरागचीको यो भनाइलाई कूटनीतिक सुझबुझको एक उत्कृष्ट तथा मास्टरस्ट्रोक कदमको रुपमा विश्लेषकहरुले लिएका छन् । उनीहरुका अनुसार यसले अमेरिकी सत्तालाई दुईवटा मात्रै विकल्प छन्न बाध्य पारेको छ। वासिङ्टनले इरानी प्रस्तावलाई स्वीकार गर्छ भने: जलमार्ग खुल्नेछ, तेलको आपूर्ति सहज हुनेछ, मूल्यमा स्थिरता आउनेछ र यो सिङ्गो क्षेत्र ठूलो द्वन्द्वको भुमरीबाट जोगिनेछ।
तर, वासिङ्टनले अस्वीकार गर्छ भने: यसले "जलमार्गको स्वतन्त्रता" (Freedom of Navigation) सम्बन्धी भ्रमलाई सदाका लागि सधैँका लागि चकनाचुर पार्दिनेछ। यसले यो सत्य सावित गर्नेछ कि यो नाकाबन्दी कहिल्यै पनि विश्व व्यापारका लागि थिएन, यो त केवल सत्ता परिवर्तनका लागि थियो। यो त आर्थिक रूपमा घाँटी निमोठ्ने र त्यसबाट सिर्जित अस्तव्यस्तताको दोष इरानको टाउकोमा थोपर्दै आफ्नो साम्राज्यवादी प्रभाव कायम राख्ने खेल मात्र थियो।
विश्वमञ्चमा इरानले राखेको प्रष्ट अडानपश्चात अब निर्णय लिने पालो वासिङ्टनको हो। सम्भवतः यो साम्राज्यले आर्थिक पासो वा गला रेट्ने बाटो नै छान्नेछ, र विश्वले अन्ततः यसको वास्तविक मुकुन्डो उदाङ्गिएको हेर्न पाउनेछ।
इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे हर्मुज खु…
‘परमाणु हतियार इजरायलसँग, निरीक्षक इरानमा’ पेजेश्कियानको गम्भीर प्रश्न
रुसमा पुटिन झनै बलियो बन्दै !
मानचित्रको युद्ध: असमान पृथ्वीमाथि समान पृथ्वीको विजय
लाल सागरको तटमा हुथी नियन्त्रण र भूराजनीतिक प्रभाव
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
प्रतिक्रिया