बन्दुक उठाउने अधिकार

सोभियतसंघ र अल्वानिया दुवै समाजवादी मुलुक । त्यसैले दुई देशका नेताहरुबीच भ्रमणको आदानप्रदान भइरहन्थ्यो । यसैक्रममा एकपटक सोभियत नेता निकिता ख्रुश्चेभ अल्बानियाको भ्रमणमा गएका थिए।

भ्रमणको क्रममा अल्बानियाली नेता अनवर होजाले ख्रुश्चेभलाई अल्वानियामा गरिएको सामुहिक खेती देखाउन लगे। ख्रुश्चेभले खेतमा काम गरिरहेको एक जना किसानले काँधमा केही बोकिरहेको देखे।

ख्रुश्चेभले होजालाई ती किसानले के बोकेको हो भनेर प्रश्न गरे। होजाले सहजरुपमा जवाफ दिए- बन्दुक।

होजाको जवाफ सुनेर ख्रुश्चेभ स्तब्ध भए। उनले भने- "बन्दुक हाम्रो देशमा हामी आम जनतालाई बन्दुक बोक्न  दिदैनौ। के थाहा कुन दिन जनताले हामीविरुद्ध नै बन्दुक उठाउलान् फेरि ।''

ख्रुश्चेभको कुरा सुनेर होजाले शान्त भएर जवाफ दिए-  ''हो, हामीले ठीक ढंग काम गरेनौं भने जनतालाई हामीमाथि बन्दुक उठाउने पूर्ण अधिकार हुनुपर्छ । त्यसैले हामीकहाँ जनतालाई बन्दुक बोक्ने छुट छ !''

ख्रुश्चेभका लागि होजाको जवाफ अप्रत्याशित र अपत्यारिलो थियो । उनी केही बोल्न सकेनन्, चुपचाप यताउतातिर हेर्न लागे ।

Title Photo: Enver Hoxha. Source: https://espressostalinist.files.wordpress.com

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।