इजरायलतर्फ ढुङ्गा हान्ने 'आतंकको प्राध्यापक' !

प्यालेस्टाइनी अमेरिकी मुलका बिद्वान एडवर्ड सईद साहित्यिक र सांस्कृतिक समालोचना, उत्तर उपनिवेशवाद अध्ययनको क्षेत्रमा प्रख्यात छन्। उनको ओरिएंटालिज़्म भन्ने पुस्तक विश्वप्रख्यात छ।

एडवर्ड सईद आफ्नो विद्वताको लागि मात्र होइन राजनीतिक सक्रियताका लागि पनि उत्तिकै चर्चित थिए। उनी प्यालेस्टाइनको मुक्तिको लागि गठित विभिन्न प्यालेस्टाइनी निकायमा आबद्ध थिए। एडवर्ड सईदले २००२ मा लेबनानको भ्रमणको क्रममा लेबनान र इजरायलको सिमानामा पुगेर इजरायलतर्फ ढुंगा प्रहार गरे। यो घटना त्यस समय एकदमै चर्चित भएको थियो। यसरी इजरायल तर्फ ढुंगा हानेवापत उनलाई अमेरिकी र इजरायलीहरुले 'आतंकको प्राध्यापक' भन्ने आरोप समेत लगाए। अमेरिकाका विश्वविद्यालयहरुमा एडवर्ड सईदलाई बहिस्कार गर्ने माग समेत गरियो।

एडवर्ड सईदले इजरायल तर्फ ढुंगा हान्ने घटना बारे प्रस्टीकरण दिदै भनेका थिए- 'ढुंगा हान्ने कामका दुईवटा आयामहरू थिए। एउटा व्यतिगत र अर्को राजनीतिक। दुईजना मानिसहरुबीचको क्षमता र शीपको प्रतिस्पर्धा। बाउ र छोराको बीचमा। त्यस्तै दक्षिण लेबनानमा इजरायली अतिक्रमणको अन्त्य भएकोमा एउटा अरब मुलको मानिसको खुशी। यो उल्लासको प्रतिकात्मत्क अभिव्यक्ति थियो। त्यो एउटा सानो ढुंगा थियो। उता पट्टि कोही पनि थिएनन्। इजरायली सैनिक चौकी कमसेकम आधा माइल टाढा थियो।'

Title Photo: www.theneweuropean.co.uk

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।