बग्नु पर्छ एक पटक परिवर्तनको खोला

बिहानीलाई बादलले छेकिन्न
आउने युगलाई रोकेर रोकिन्न ।
जालीको जालभित्र सोझाको काल हुन्छ
अराजकको बठ्याइँभित्र सज्जनको काल हुन्छ
ती जाल बठ्याइँ छोपेर छोपिन्न
आउने युगलाई रोकेर रोकिन्न ।
बिहानीलाई......................!

अन्यायको घेराभित्र सुखी जीवन बन्दैन
अत्याचारको घेराभित्र सुखी जीवन हुँदैन
अन्याय अत्याचार ढाकेर ढाकिन्न
आउने युगलाई रोकेर रोकिन्न ।
बिहानीलाई......................!

बग्नु पर्छ एक पटक परिवर्तनको खोला
स्वार्थमा अल्झिदिँदा दरसन्तान रोला
व्यक्ति स्वार्थ लत्याउँदा लतिन्छ
आउने युगलाई कसरी रोकिन्छ?
बिहानीलाई......................!

रचना/ संगीत रुपन राई
 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।