धर्म र आस्था

एउटा रात्रि भोजको दौरान स्टालिनले अल्बानियाका कम्युनिस्ट नेता अनवर होजा लाई सोधे- 'कमरेड अनवर तपाई पोर्क (सुङुरको मासु) खानु हुन्छ ?'

होजाले जवाफ दिए- 'म खाने गर्छु ।'

उनको जवाफ सुनिसकेपछि स्टालिनले भने- इस्लाम धर्मले आफ्ना अनुयायीहरुलाई सुंगुरको मासु खान निषेध गरेको छ । यो पुरानो म्याद गुज्रिएको रितिरिवाज हो। तैपनि धार्मिक आस्थाको कुरो लाई गम्भीरतापुर्वक हेरिनुपर्छ र बडो सावधानी पुर्वक सञ्चालन गरिनुपर्छ।'

आफ्ना भनाइलाई थप व्याख्या गर्दै स्टालिनले भने, 'हामीले मान्दैनौं भन्ने आधारमै अरु मानिसहरुको धार्मिक आस्थामा ठेस पुर्‍याउनु हुँदैन । यी भावनाहरु शताब्दीऔंदेखि जनताको मनमा झाङिएका हुन्छन् । त्यसैले धर्मको मामिलामा व्यवहार गर्दा ठूलो धैर्यता र सुझबुझको आवश्यकता पर्दछ। धर्मको बारे हाम्रो अडानले जनता बीचको एकतामा असर पार्न सक्छ !'

Picture source: history.com

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।