भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
३० अप्रिल १९७५ मा, भियतनामी कम्युनिस्ट शक्तिहरूले अमेरिकी साम्राज्यवाद विरुद्धको प्रतिरोध युद्धमा ठूलो विजय हासिल हासिल गरे। ५१ वर्षपछि पनि, भियतनामको मुक्ति र हाम्रा जनताको पुनःएकीकरणको उत्सव हाम्रो क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण दिनहरूमध्ये एकको रूपमा रहिआएको छ । यो केवल त्यस ऐतिहासिक विजयको स्मरण गर्ने दिन मात्र होइन, त्यसले आज पनि हामीलाई निरन्तर सिकाइरहेको पाठका कारण पनि उत्तिकै महत्त्वपूर्ण छ।
भियतनामका जनता विरुद्ध अमेरिकाको क्रूरता र अमानवीयता इतिहासमै कुख्यात छ, र हामी अझै पनि त्यसको परिणाम भोगिरहेका छौँ।
१९६५ देखि १९७२ सम्म, अमेरिकाले झण्डै ३० लाख सैनिक भियतनाम पठायो। युद्धको अन्त्यसम्ममा, यस द्वन्द्वमा २० लाखभन्दा बढी भियतनामी नागरिक र १० लाखभन्दा बढी भियतनामी सैनिकको मृत्यु भइसकेको थियो। भियतनामका जनता विरुद्ध अमेरिकाको क्रूरता र अमानवीयता इतिहासमै कुख्यात छ, र हामी अझै पनि त्यसको परिणाम भोगिरहेका छौँ। भियतनाम, लाओस र कम्बोडियामा रासायनिक हतियार 'एजेन्ट ओरेन्ज'बाट पीडित भएकाहरूको सङ्ख्या ४० लाखभन्दा बढी छ। यो एउटा यस्तो अपराध हो जसका लागि अमेरिकालाई कहिल्यै जवाफदेही बनाइएन।
आर्थिक दबाब
अमेरिकी आधिपत्य सैन्य अखडाहरूको विशाल सञ्जाल, सशस्त्र द्वन्द्व र आक्रमणमा मात्र निर्माण भएको होइन। यो मुख्य रूपमा सफ्ट पावर, आर्थिक दबाब र कूटनीतिक चलखेल मार्फत निर्माण भएको हो। आज, भियतनामलाई सैन्य आक्रमणको खतराभन्दा पश्चिमी साम्राज्यको सफ्ट पावरबाट धेरै गुणा बढी खतरा छ। यसै वर्ष, भियतनामको कम्युनिस्ट पार्टीले आधिकारिक रूपमा घोषणा गर्यो कि हाम्रो राष्ट्रिय सुरक्षाका लागि अब वैदेशिक कूटनीति पनि सैन्य रक्षा जत्तिकै महत्त्वपूर्ण भएको छ। हामीलाई राम्ररी थाहा छ कि अमेरिका, यसका सहयोगीहरू र यसका कठपुतलीहरूलाई कुनै सार्वभौम राष्ट्रमा हस्तक्षेप गर्न बन्दुक चलाउन वा क्षेप्यास्त्र प्रहार गर्न आवश्यक पर्दैन। भन्सार शुल्क, प्रतिबन्धहरू, र भूमिगत प्रतिक्रान्तिकारी गतिविधिहरू मार्फत अशान्ति भड्काउनु पनि गोली र बम जत्तिकै प्रभावकारी हुन्छन्।
युद्ध १९७५ मा सकिए पनि अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्ष आजको दिनसम्म जारी छ। युद्ध समाप्त भएलगत्तै संयुक्त राज्य अमेरिकाले भियतनाममाथि कडा आर्थिक प्रतिबन्धहरू लगायो। त्यसका कारण हामी आर्थिक रूपमा एक्लियौँ, विशेषतः सोभियत संघ कमजोर बन्दै गएर अन्ततः विघटन भएपछि। भियतनाम युद्धले ध्वस्त भएको थियो। हाम्रा नागरिक पूर्वाधार र उद्योगहरू बमबारीका कारण नामोनिसान नरहने गरी नष्ट भएका थिए र हामीले अधिकांश राष्ट्रहरूसँग व्यापार गर्न सकेनौँ। १९८० को दशकको अन्त्यतिर आइपुग्दा, भियतनाम देशव्यापी अनिकालको संघारमा पुगेको थियो। लाखौँको जीवन जोखिममा थियो। सोभियत सङ्घ मद्दत गर्न सक्ने अवस्थामा थिएन।
यी नै कारणहरूले गर्दा, १९८६ मा भियतनामले 'दोई मोई' (Đổi Mới ) को नीति सुरु गर्यो। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट वित्तीय सहयोग सुरक्षित गर्नका लागि भियतनामले सीमित निजीकरणलाई अनुमति दियो र बजार अर्थतन्त्रको विकास गर्यो। यही समयमा नै अमेरिकाले भियतनाम विरुद्ध आर्थिक हस्तक्षेप र प्रतिबन्धहरू तीव्र पारेको थियो। त्यतिबेला देखि नै पश्चिमी साम्राज्यवादले हाम्रा जनता विरुद्ध प्रयोग गर्दै आएको प्राथमिक हतियार यही नै हो।
युद्धका बेला भियतनामी नागरिकहरूको नरसंहार गर्न प्रयोग गरिएको पैसा र हतियारको क्षतिपूर्ति स्वरूप हामीले अमेरिकालाई १४ करोड ५० लाख डलरभन्दा बढी तिर्नुपर्यो। साम्राज्यका सर्तहरू स्वीकार गर्नुबाहेक भियतनामसँग कुनै विकल्प थिएन।
अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउनका लागि, भियतनामलाई १९७५ सम्म दक्षिण भियतनाममा कब्जा जमाएको फासिस्ट कठपुतली शासकले थुपारेको ठूलो ऋण चुक्ता गर्न बाध्य पारियो। युद्धका बेला भियतनामी नागरिकहरूको नरसंहार गर्न प्रयोग गरिएको पैसा र हतियारको क्षतिपूर्ति स्वरूप हामीले अमेरिकालाई १४ करोड ५० लाख डलरभन्दा बढी तिर्नुपर्यो। साम्राज्यका सर्तहरू स्वीकार गर्नुबाहेक भियतनामसँग कुनै विकल्प थिएन। त्यो ऋण चुक्ता गर्न हामीलाई २० वर्षभन्दा बढी समय लाग्यो। हामीले अमेरिकालाई यो अन्यायपूर्ण युद्धको ऋण भर्खरै सात वर्ष अघिसम्म तिरिरहेका थियौँ।
राजनीतिक अस्थिरीकरण
यस्ता आर्थिक आक्रमणहरूका अतिरिक्त, अमेरिकाले भियतनामलाई राजनीतिक रूपमा कमजोर पार्न आफ्नो सफ्ट पावरको पनि विकास गरेको छ। अमेरिकाले भियतनामका बारेमा भ्रामक सूचना फैलाउन र देश भित्र प्रतिक्रान्तिको बीजारोपण गर्नका लागि युएसएड, ह्युमन राइट्स वाच, रेडियो फ्री एसिया, र भ्वाइस अफ अमेरिका जस्ता गैरसरकारी संस्था र सञ्चारमाध्यमहरूलाई समर्थन गर्न खुला तथा गुप्त रूपमा अर्बौँ डलर खर्च गरेको छ। यस्तो हस्तक्षेप भोग्ने भियतनाम एक मात्र राष्ट्र भने होइन। हामी सबैलाई २०१० को दशकमा एसिया र पूर्वी युरोपमा भएका कलर रेभोलुसनको शृङ्खलाका बारेमा थाहा छ, जस्तै पश्चिम एसियामा भएको 'अरब स्प्रिङ' र युक्रेनमा भएको 'मैदान'। यी हस्तक्षेपहरूले प्रभावित राष्ट्रहरूको राजनीतिक अर्थतन्त्रलाई पूर्ण रूपमा परिवर्तन गरिदिए र धेरैजसो अवस्थामा सामाजिक पतन र विनाश निम्त्याए। भियतनामको समाजवादी सरकार पतन भएको हेर्नुबाहेक अमेरिका अरू केही चाहँदैन। २०१४ देखि २०१९ सम्म, अमेरिकाले भियतनामभरि विरोध प्रदर्शन र राजनीतिक विध्वंसका अभियानहरूलाई समर्थन गर्यो। कठिनाइ र अराजकताका बाबजुद, भियतनामका जनता र हाम्रो समाजवादी सरकार बीचको ऐक्यबद्धताका कारण यी सबै रङ्गीन क्रान्तिका प्रयासहरू असफल पारिएका छन्।
हामी सबैलाई २०१० को दशकमा एसिया र पूर्वी युरोपमा भएका कलर रेभोलुसनको शृङ्खलाका बारेमा थाहा छ, जस्तै पश्चिम एसियामा भएको 'अरब स्प्रिङ' र युक्रेनमा भएको 'मैदान'। यी हस्तक्षेपहरूले प्रभावित राष्ट्रहरूको राजनीतिक अर्थतन्त्रलाई पूर्ण रूपमा परिवर्तन गरिदिए र धेरैजसो अवस्थामा सामाजिक पतन र विनाश निम्त्याए।
चार अस्वीकारको नीति
दशकौँ लामो आर्थिक युद्ध र पश्चिमाहरूका निरन्तरका षड्यन्त्रहरूको सामना गर्न भियतनाम लचिलो, सहनशील र रचनात्मक बन्नु परेको छ। अमेरिकी साम्राज्यवाद भनेको आक्रमण र सैन्य बल मात्र होइन। आर्थिक र राजनीतिक शक्ति पनि दबाब दिने प्रमुख माध्यम हुन्, जुन ट्याङ्क र विमानवाहक युद्धपोत जत्तिकै विनाशकारी हुन्छन्। हामीमाथि राजनीतिक र आर्थिक दुवै रूपमा निरन्तर प्रहार भइरहने हुनाले, भियतनामले अन्य कुनै पनि देशसँगको द्वन्द्वमा तानिन सक्ने जोखिम मोल्न सक्दैन। धेरै हदसम्म, हामी अझै पनि युद्धको विनाश र चौतर्फी नाकाबन्दीको असरबाट तङ्ग्रिने प्रयास गरिरहेका छौँ, त्यसैले हाम्रा सीमित स्रोतसाधनहरू आफ्ना जनताको हित र अर्थतन्त्रको विकासमा खर्च गर्नु हाम्रा लागि अत्यावश्यक छ।
स्थायित्व र शान्तिको यही आवश्यकताले गर्दा सन् १९९० को दशकदेखि परिमार्जन गरिएका कूटनीतिक रणनीति र नीतिहरूको एउटा विस्तृत प्याकेज तयार भयो। जसलाई सामूहिक रूपमा भियतनामको 'चार हुदैन' (Four No's) नीतिका रूपमा चिनिन्छ। यसलाई रक्षा श्वेतपत्र (Defence White Paper - 2019) मा यसरी लिपिबद्ध गरिएको छ:
कुनै पनि देशसँग सैन्य गठबन्धन नगर्ने: भियतनामले पर्याप्त युद्ध भोगिसकेको छ। युद्ध कति विनाशकारी हुन्छ भन्ने कुरा हामी अन्य धेरै राष्ट्रहरूभन्दा राम्ररी बुझ्दछौँ, र हामी अर्को युद्धमा तानिनबाट बच्न हरसम्भव प्रयास गर्नेछौँ।
कुनै एक देशको विरुद्ध अर्को देशसँग मिलेर मोर्चाबन्दी नगर्ने: भियतनाम कुनै पनि देशको कठपुतली बन्न चाहँदैन, र हामी कुनै पनि देशमाथि थिचोमिचो गर्न चाहँदैनौँ। भियतनाम सकेसम्म विश्वका हरेक राष्ट्रसँग मित्रवत सम्बन्ध राख्न चाहन्छ।
हाम्रो भूभागमा कुनै पनि विदेशी सैन्य अखडा राख्न नदिने: भियतनामले आफ्नो भूभागमा कुनै पनि देशलाई सैन्य अखडा राख्न दिँदैन, र अर्को देश विरुद्ध युद्ध छेड्नका लागि आफ्नो भूभागको कुनै पनि हिस्सा प्रयोग गर्न अनुमति दिँदैन। इतिहासले, र विशेष गरी इरान विरुद्धको अमेरिकी आक्रामकताले स्पष्ट रूपमा देखाउँछ कि विदेशी सैन्य अखडाहरूले आश्रय दिने देशहरूलाई नै शत्रुतापूर्ण शक्तिहरूको निसाना बनाउँछन्, वा कम्तीमा पनि अन्य देशहरू बीचको युद्धमा तानिनबाट जोगिन कठिन बनाउँछन्। यी अखडाहरू भित्रैबाट देशहरूलाई अस्थिर बनाउन प्रयोग गरिने गुप्तचर गतिविधिका मुख्यालय समेत बन्न सक्छन्। वास्तविकता के हो भने, अमेरिकाले वर्षौँदेखि भियतनाममा, विशेष गरी हाम्रो समुद्री तटमा नौसैनिक अखडाहरू राख्न दिन हामीलाई दबाब दिइरहेको छ। हाम्रो जवाफ सधैँ 'हुदैन' नै हुनेछ।
हामीमाथि राजनीतिक र आर्थिक दुवै रूपमा निरन्तर प्रहार भइरहने हुनाले, भियतनामले अन्य कुनै पनि देशसँगको द्वन्द्वमा तानिन सक्ने जोखिम मोल्न सक्दैन। धेरै हदसम्म, हामी अझै पनि युद्धको विनाश र चौतर्फी नाकाबन्दीको असरबाट तङ्ग्रिने प्रयास गरिरहेका छौँ, त्यसैले हाम्रा सीमित स्रोतसाधनहरू आफ्ना जनताको हित र अर्थतन्त्रको विकासमा खर्च गर्नु हाम्रा लागि अत्यावश्यक छ।
अन्तर्राष्ट्रिय सम्बन्धहरूमा बल प्रयोग वा बल प्रयोगको धम्की नदिने: भियतनाम हिंसाको भाषामा कुरा गर्दैन; हामी स्वार्थको द्वन्द्व सुल्झाउन वार्ता र सञ्चारको प्रयोग गर्छौँ। यसले सेनाको आधुनिकीकरण वा भियतनामी सशस्त्र बलको प्राथमिक जिम्मेवारीलाई खण्डन गर्दैन, जसको मुख्य काम आवश्यक पर्दा बल प्रयोग गरेर भए पनि देशको रक्षा गर्नु हो।
सङ्घर्ष जारी छ
गत शताब्दीमा, एसियामा हाम्रा राष्ट्रहरू बीचका धेरैजसो द्वन्द्वहरू पश्चिमाहरूद्वारा भड्काइएका छन्। एसियाका लागि युद्ध र द्वन्द्व नयाँ कुरा होइनन्, र हाम्रा केही राष्ट्रहरू बीच त अमेरिका स्थापना हुनुभन्दा धेरै अघिदेखि नै तनाव थियो। तर यो कुरालाई नकार्न सकिँदैन कि अमेरिकाले एउटा बलियो र शान्तिपूर्ण क्षेत्र निर्माणका लागि सँगै मिलेर काम गर्नुको सट्टा, एसियाली राष्ट्रहरूलाई एकअर्काको विरुद्धमा भिडाइराख्न विद्यमान द्वन्द्वहरूको फाइदा उठाएको छ र नयाँ द्वन्द्वहरू सिर्जना गरेको छ। भियतनाम एसियाका ती थोरै राष्ट्रहरूमध्ये एक हो जसले, धेरै हदसम्म, १९९० को दशकदेखि आफ्ना छिमेकीहरूसँगको द्वन्द्वलाई टार्न सफल भएको छ। सबै कुरा परिपूर्ण त छैनन्, तर हाम्रो 'चार हुदैन ' (Four No’s) नीति सापेक्षिक रूपमा सफल भएको छ, र यो एउटा यस्तो सूत्र हो जसलाई जुनसुकै राष्ट्रले पनि आफ्नो अनुकूल बनाउन सक्छ।
मार्क्सवाद-लेनिनवादको मुख्य अन्तर्दृष्टि नै यही हो– एक पटक तपाईंले आर्थिक आधार बुझ्नुभयो भने, तपाईंले झूटको पर्दा उघारेर हेर्न सक्नुहुन्छ। अमेरिकाले आफ्नो आक्रामकतालाई लुकाउन स्वतन्त्रता र लोकतन्त्रको आवरण प्रयोग गर्छ।
जहाँसुकैका युद्ध-विरोधी आन्दोलनहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यसको आर्थिक आधारलाई बुझ्नु हो: पूँजी, पैसा र प्राकृतिक स्रोतहरू। मार्क्सवाद-लेनिनवादको मुख्य अन्तर्दृष्टि नै यही हो– एक पटक तपाईंले आर्थिक आधार बुझ्नुभयो भने, तपाईंले झूटको पर्दा उघारेर हेर्न सक्नुहुन्छ। अमेरिकाले आफ्नो आक्रामकतालाई लुकाउन स्वतन्त्रता र लोकतन्त्रको आवरण प्रयोग गर्छ। इरान विरुद्धको युद्ध कसैलाई बचाउनका लागि होइन; यो त तेल र त्यस क्षेत्रमा अमेरिकी नियन्त्रण कायम गर्नका लागि थियो।
हो ची मिन्हले हामीलाई सिकाएझैँ, सिद्धान्त सधैँ व्यवहारसँगै आउनुपर्छ। पहिलो चरण– पुँजीवाद र साम्राज्यवादको वास्तविकता बुझ्नु। दोस्रो चरण– आफ्नो कार्ययोजना र सङ्घर्षको योजना निर्माण गर्नु। भियतनामले गर्यो, लाओसले गर्यो, क्युबाले गर्यो, चीनले गर्यो। सङ्घर्ष अझै जारी छ।
तपाईं एसियाको जुनसुकै ठाउँमा हुनुभएपनि, जुनसुकै राष्ट्र र संस्कृतिबाट आउनुभएपनि, म तपाईंलाई भियतनामको ‘चार अस्वीकारको नीति’ अध्ययन गर्न र आफ्नै देशले पनि त्यस्तै नीति विकास गरोस् भन्ने पक्षमा आवाज उठाउन आग्रह गर्दछु। एसियाका सबै राष्ट्रहरू एकजुट भएर अमेरिकी सेना र गुप्तचर संयन्त्रलाई हाम्रो क्षेत्रबाट बाहिरिन बाध्य बनाउनुपर्छ। साम्राज्यवादी स्वार्थका लागि हामीलाई अझ विभाजित पार्ने र एकअर्काविरुद्ध हतियारका रूपमा प्रयोग गर्ने प्रयास सफल हुन दिनु हुँदैन।
एसियामाथि हस्तक्षेप बन्द गर !
Source: https://thetricontinental.org
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
खामेनीको अन्त्येष्टिमार्फत् इरानले दिएको सन्देश
प्रतिक्रिया