नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू

म केवल यति भन्न चाहन्छु कि त्यस कोठामा अथाह प्रेम थियो,’ अंकारामा आयोजित सन् २०२६ को नेटो शिखर सम्मेलन समापन गर्दै राष्ट्रपति ट्रम्पले उद्घोष गरे। तर योजनाबद्ध रूपमा खिचिएका तस्बिरहरू भन्दा पर नियाल्ने जो कोहीले पनि सार्वजनिक कलह, सुरक्षा सम्बन्धी प्रतिस्पर्धात्मक दृष्टिकोण र फराकिलो बन्दै गएको राजनीतिक विभाजनले घेरिएको एउटा गठबन्धन देख्न सक्थे।

यहाँ अंकारा शिखर सम्मेलनलाई परिभाषित गर्ने र नेटोको भविष्यमाथि नै आधारभूत प्रश्नहरू खडा गर्ने आठ विरोधाभासहरू प्रस्तुत गरिएका छन्।

१. सैन्य खर्च विरुद्ध वास्तविक सुरक्षा

नेटो नेताहरूले अघिल्लो शिखर सम्मेलनमै सैन्य क्षेत्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत खर्च गर्ने दिशातर्फ अघिबढ्ने सहमति जनाइसकेका थिए, तर अंकारा बैठकले उक्त प्रतिबद्धता कति विभाजक छ भन्ने कुरालाई छताछुल्ल पारिदियो। ट्रम्पले यस बैठकको प्रयोग पुराना २ प्रतिशतको मापदण्ड समेत पूरा गर्न नसकेकोमा सहयोगी राष्ट्रहरूको भर्त्सना गर्न गरे, र अधिकांश सहयोगीहरूले तिर्नुपर्ने जति रकम नतिरिरहेको तर्क अघि सारे। स्पेन यसको मुख्य निशाना बन्यो किनभने उसले पूर्ण ५ प्रतिशतको लक्ष्यमा प्रतिबद्धता जनाउन अस्वीकार गरेको थियो। यसैकारण ट्रम्पले स्पेनलाई ‘नेटो को एउटा अति नराम्रो साझेदार’ भन्दै व्यापारिक प्रतिशोध लिने धम्की समेत दिए।

जु समयमा जलवायु परिवर्तनले मानिसहरूको ज्यान लिइरहेको छ र सरकारहरूलाई शिथिल बनाइरहेको छ, यस्तो बेला मानिसहरूले आज सामना गरिरहेका वास्तविक खतराहरूमा लगानी गर्नुको साटो सैन्य बजेटलाई नाटकीय रूपमा बढाउनु किन मुख्य राजनीतिक प्राथमिकता बनिरहेको छ?

यस बहसको समय विशेष रूपमा ध्यानाकर्षण गराउने खालको थियो। नेताहरू हतियार र सेनामा थप सयौँ अर्ब डलर खन्याउने विषयमा छलफल गर्न जुटिरहँदा, युरोपले आफ्नो इतिहासकै सबैभन्दा गम्भीर लूको सामना गरिरहेको थियो।  जहाँ अत्यधिक गर्मीका कारण मानिसहरूको ज्यान गइरहेको थियो, डढेलो लागिरहेको थियो, विद्युत प्रसारण ग्रिडहरूमा दबाब थियो र जनस्वास्थ्य प्रणालीहरू थला पर्दै थिए। यो अन्तरले एउटा अपरिहार्य प्रश्न खडा गरिदिएको छ: जुन समयमा जलवायु परिवर्तनले मानिसहरूको ज्यान लिइरहेको छ र सरकारहरूलाई शिथिल बनाइरहेको छ, यस्तो बेला मानिसहरूले आज सामना गरिरहेका वास्तविक खतराहरूमा लगानी गर्नुको साटो सैन्य बजेटलाई नाटकीय रूपमा बढाउनु किन मुख्य राजनीतिक प्राथमिकता बनिरहेको छ?

२. इरानको मामिलामा ट्रम्पलाई समर्थन गर्न नेटो देशहरूको आनाकानी

हालै भएको अमेरिका–इजरायल र इरान बीचको युद्धको लामो छाया यस शिखर सम्मेलनमा प्रष्ट देखियो। अधिकांश युरोपेली नेताहरूले कूटनीति र तनाव न्यूनीकरणका लागि आह्वान गरिरहँदा, स्ट्रेट अफ हर्मुजमा भएका आक्रमणहरूपश्चात् अमेरिकी सेनाद्वारा इरानी ठेगानाहरूमा पुनः गरिएको बमबारीसँगै यो शिखर सम्मेलनको सुरुवात भयो। बैठकको क्रममा ट्रम्पले अमेरिका–इरान समझदारी पत्र ‘समाप्त भएको’ घोषणा गरे, थप वार्ताहरूलाई ‘समयको बर्बादी’ भन्दै खारेज गरे र इरानका नेताहरूलाई ‘घृणित’ को संज्ञा दिए।

शिखर सम्मेलन अघि, इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पनि त्यसैगरी इरानमाथि आक्रमणका लागि इटालीका सैन्य बेसहरू प्रयोग गर्न दिन अस्वीकार गरेपछि ट्रम्पले उनीसँग सार्वजनिक रूपमै विवाद गरेका थिए।

ट्रम्पले युरोपेली सहयोगीहरू वासिङ्टनको सैन्य अभियानलाई समर्थन गर्न असफल भएकोमा पनि असन्तुष्टि व्यक्त गर्दै भने, ‘हामी उनीहरूका लागि त्यहाँ छौँ, तर उनीहरू हाम्रा लागि त्यहाँ छैनन्।’ स्पेन यस युद्धको सबैभन्दा कडा आलोचकहरूमध्ये एक थियो, र प्रधानमन्त्री पेड्रो सान्चेजले इरान विरुद्धको आक्रामक कारबाहीका लागि स्पेनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरू प्रयोग गर्न दिने अमेरिकी अनुरोधलाई अस्वीकार गरिदिए। शिखर सम्मेलन अघि, इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पनि त्यसैगरी इरानमाथि आक्रमणका लागि इटालीका सैन्य बेसहरू प्रयोग गर्न दिन अस्वीकार गरेपछि ट्रम्पले उनीसँग सार्वजनिक रूपमै विवाद गरेका थिए। जर्मनी र फ्रान्सले पनि सैन्य रूपमा सहभागी हुन अस्वीकार गरे।

यो विरोधाभास प्रष्ट थियो: नेटोले आफूलाई एउटा रक्षात्मक गठबन्धनको रूपमा प्रस्तुत गर्दछ, तैपनि यसको सबैभन्दा शक्तिशाली सदस्यले आफ्ना सहयोगीहरूबाट उत्तरी एटलान्टिकभन्दा हजारौँ माइल टाढा रहेको र कुनै पनि नेटो  सदस्य राष्ट्रमाथि आक्रमण नगरेको देश विरुद्धको आक्रामक युद्धमा समर्थनको अपेक्षा गरिरहेको थियो।

३. अमेरिका पछि हट्दै गर्दा युरोपद्वारा युक्रेनका लागि समर्थनमा जोड

नेटोको अन्तिम घोषणापत्रबाट युक्रेन अन्ततः यस गठबन्धनको सदस्य बन्नेछ भन्ने अघिल्लो प्रतिबद्धता हटाइएको थियो। जुन ट्रम्पको विरोधका अगाडि गरिएको एउटा उल्लेखनीय सम्झौता थियो। युक्रेनको सम्भावित नेटो सदस्यता, जसलाई पहिलो पटक सन् २००८ को बुखारेस्ट शिखर सम्मेलनमा राष्ट्रपति जर्ज डब्ल्यु बुशले कडा समर्थन गरेका थिए, लामो समयदेखि रुसको मुख्य घोषित आपत्तिहरूमध्ये एक रहँदै आएको छ र पुटिनले सन् २०२२ को आक्रमणको औचित्य पुष्टि गर्न यसलाई बारम्बार उद्धृत गरेका थिए। घोषणापत्रबाट यसलाई हटाउनुले नेटो को दृष्टिकोणमा आएको ठूलो परिवर्तनलाई झल्काउँछ।

धेरै युरोपेली सरकारहरूले रुसलाई अझै पनि प्रत्यक्ष खतराको रूपमा हेरिरहेका छन् र कूटनीतिक समाधान खोज्नुको साटो युक्रेनलाई हतियार उपलब्ध गराउन प्रतिबद्ध छन्।

घोषणापत्रले सन् २०२६ र २०२७ दुवै वर्षमा युक्रेनका लागि करिब ८२ अर्ब डलर बराबरको सैन्य सहायताको प्रतिबद्धता त जनायो, तर अघिल्ला वर्षहरूको विपरीत यसको ठूलो हिस्सा अमेरिकाको साटो युरोपेली सहयोगीहरू र क्यानडाबाट आउनेछ। वासिङ्टनले युक्रेनको युद्धको प्रयासमा १०० अर्ब डलरभन्दा बढी खन्याएपछि, अमेरिका अहिले पछि हटिरहेको छ। यसले ट्रम्प समर्थकहरू माझ बढ्दै गएको त्यस भावनालाई प्रतिविम्बित गर्दछ, जसका अनुसार अमेरिकाले उनीहरूको नजरमा अर्को एउटा अनन्त विदेशी युद्धका रूपमा रहेको यस लडाइँलाई आर्थिक सहयोग गर्न बन्द गर्नुपर्छ। यद्यपि, धेरै युरोपेली सरकारहरूले रुसलाई अझै पनि प्रत्यक्ष खतराको रूपमा हेरिरहेका छन् र कूटनीतिक समाधान खोज्नुको साटो युक्रेनलाई हतियार उपलब्ध गराउन प्रतिबद्ध छन्।

४. युरोप अझै पनि अमेरिकी सेना चाहन्छ, जबकि ट्रम्प समुद्रपारको दायित्व घटाउन चाहन्छन्

शिखर सम्मेलन अघि, ट्रम्पले युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई एक-तिहाइ सम्मले घटाउने विचार अघि सारेको चर्चा थियो। जसले हाल नेटो देशहरूमा तैनाथ करिब ८०,००० देखि ९०,००० अमेरिकी सैनिकहरूको भविष्यमाथि प्रश्न खडा गरिदिएको छ।

जर्मनी, इटाली, स्पेन र संयुक्त अधिराज्य (यूके) जस्ता नेटो  देशहरूका शान्ति आन्दोलनकारीहरू माझ अमेरिकी सैन्य बेसहरू निकै विवादास्पद रहे तापनि, त्यहाँका सरकारहरूले अमेरिकी सैन्य उपस्थितिलाई युरोपेली सुरक्षाका लागि अझै पनि अत्यावश्यक मान्दै आएका छन् र तिनलाई हटाउने मागहरूको प्रतिरोध गरिरहेका छन्। उक्त उपस्थितिलाई कम गर्ने ट्रम्पको चाहनाले अर्को एउटा बढ्दो विरोधाभासलाई उजागर गरेको छ। धेरै युरोपेली सरकारहरू वासिङ्टनको सुरक्षा ग्यारेन्टी दृढतापूर्वक कायम रहोस् भन्ने चाहन्छन्, जबकि शीतयुद्ध समाप्त भएको तीन दशकभन्दा बढी भइसक्दा पनि दशौँ हजार अमेरिकी सैनिकहरू किन युरोपमै तैनाथ रहनुपर्छ भन्ने कुरामा धेरै अमेरिकीहरूले अचेल झन् झन् प्रश्न उठाइरहेका छन्।

५. ग्रीनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकतामाथि ट्रम्पद्वारा निरन्तर प्रश्न

ट्रम्पले अमेरिकाले ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्नुपर्ने कुरामा पुनः जोड दिए। बाँकी नेटो  राष्ट्रहरूको समर्थन सहित डेनमार्कले यस विचारलाई दृढतापूर्वक अस्वीकार गर्‍यो र ग्रीनल्याण्डको भविष्य वासिङ्टनले नभई ग्रीनल्याण्डवासी र डेनमार्कले नै तय गर्ने कुरामा अडान लियो। डेनिस अधिकारीहरूले सन् १९५१ को रक्षा सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डमा पहिलेदेखि नै व्यापक सैन्य पहुँच उपभोग गरिरहेको र आफ्नो सुरक्षा हितको रक्षाका लागि अमेरिकी स्वामित्व आवश्यक नरहेको कुरालाई पनि औँल्याएका छन्।

आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्ने दाबी गर्ने एउटा गठबन्धन आफ्नै सबैभन्दा शक्तिशाली सदस्यले अर्को सदस्य राष्ट्रको सार्वभौमिकतालाई खुला रूपमा चुनौती दिइरहेको अवस्थाको सामना गर्न विवश थियो।

नेटो शिखर सम्मेलनमा डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेड्रिक्सनले ग्रीनल्याण्ड टापु बिक्रीका लागि नभएको र यसको भविष्य ग्रीनल्याण्डवासीहरू आफैँले तय गर्नुपर्ने कुरा दोहोर्‍याउँदै डेनमार्कले ग्रीनल्याण्ड सहित आफ्नो अधिराज्यको ‘हरेक इन्चको रक्षा गर्ने’ प्रतिबद्धता पुनः व्यक्त गरिन्।

यस घटनाले शिखर सम्मेलनको सबैभन्दा गम्भीर विरोधाभासहरूमध्ये एकलाई उजागर गरिदियो: आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्ने दाबी गर्ने एउटा गठबन्धन आफ्नै सबैभन्दा शक्तिशाली सदस्यले अर्को सदस्य राष्ट्रको सार्वभौमिकतालाई खुला रूपमा चुनौती दिइरहेको अवस्थाको सामना गर्न विवश थियो।

६. टर्कीले उजागर गर्‍यो नेटोको लोकतन्त्र सम्बन्धी दुविधा

टर्कीमा नेटो को शिखर सम्मेलन आयोजना गरिनुमा एउटा गम्भीर विडम्बना लुकेको थियो। सम्मेलन हलभित्र नेताहरू लोकतन्त्र, स्वतन्त्रता र साझा मूल्यमान्यताहरूको उत्सव मनाइरहेका थिए। बाहिर भने, टर्कीका अधिकारीहरूले नेटो  विरोधी प्रदर्शनहरूमाथि प्रतिबन्ध लगाएका थिए र शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका सयौँ प्रदर्शनकारी, पत्रकार, वकिल र अभियन्ताहरूलाई गिरफ्तार गरिरहेका थिए। एर्दोगानले वर्षौँदेखि व्यवस्थित रूपमा असहमतिलाई दबाउने, आलोचकहरूलाई जेल हाल्ने, प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने र राजनीतिक विरोधीहरूलाई निशाना बनाउने काम गरिरहेका भए तापनि ट्रम्पले राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘एक अत्यन्त बलियो नेता’ भन्दै प्रशंसा गरे।

रुसको एस- ४०० (S-400) वायु रक्षा प्रणाली खरिद गरेपछि टर्कीलाई एफ-३५ (F-35) फाइटर जेट कार्यक्रम लगायतका उन्नत अमेरिकी हतियारहरू प्राप्त गर्ने प्रक्रियाबाट निलम्बन गरिएको थियो। ट्रम्पले यस शिखर सम्मेलनको अवसर पारेर टर्कीको सोही उन्नत हतियारहरूमाथिको पहुँच पुनः स्थापित गर्ने आफ्नो चाहनाको संकेत समेत दिए।

यद्यपि, टर्की मात्र यस्तो एक्लो देश भने होइन। नेटो आबद्ध धेरै देशहरूमा, लोकतन्त्र र मानव अधिकारप्रति आफ्नो प्रतिबद्धता घोषणा गर्ने सरकारहरूले असहमति, विशेष गरी प्यालेस्टाइन समर्थक अभियन्ताहरूमाथि झन् झन् कडा दमन गरिरहेका छन्। अमेरिका, जर्मनी, संयुक्त अधिराज्य (यूके) र अन्य ठाउँहरूमा पुलिस छापा, प्रदर्शनमाथिको प्रतिबन्धदेखि लिएर गिरफ्तारी, मुद्दा चलाउने र आलोचकहरूलाई मौन गराउने प्रयासहरूले के देखाउँछन् भने– जब लोकतान्त्रिक स्वतन्त्रताहरू राजनीतिक र रणनीतिक प्राथमिकताहरूसँग बाझिन्छन्, तब ती सर्तको अधिनमा सीमित हुन पुग्छन्।

७. युरोपले आफ्नो रक्षा आफैँ गरोस् भन्ने अपेक्षा– तैपनि नेटो मै निर्भर रहनुपर्ने

शिखर सम्मेलनभरि नेपथ्यमा एउटा प्रश्न निरन्तर मडारिइरह्यो। यदि युरोपले अब आफ्नो सेनामा बढी लगानी गर्ने, युक्रेन युद्धको खर्च बेहोर्ने र कम हुँदै गइरहेको अमेरिकी सैन्य उपस्थितिका लागि तयार रहने अपेक्षा गरिन्छ भने, वास्तवमा नेटो को भावी भूमिका के हो त? युरोपेली नेताहरूले यस गठबन्धनलाई अपरिहार्य भन्न छाडेका छैनन्, तर वासिङ्टनले भने युरोप आफ्नै खुट्टामा उभियोस् र साथसाथै अन्यत्र हुने अमेरिकी नेतृत्वका सैन्य अभियानहरूलाई सहयोग गर्न पनि सधैँ तत्पर रहोस् भन्ने बढ्दो अपेक्षा राखेको छ।

युरोपेलीहरूले बढी पैसा तिर्नुपर्ने, आफ्नो रक्षा आफैँ गर्नुपर्ने र आफ्नै सुरक्षाका लागि ठूलो जिम्मेवारी काँधमा लिनुपर्ने हो भने, उनीहरू वासिङ्टनको वर्चस्व रहेको गठबन्धनमा किन निर्भर रहिरहने?

त्यही विरोधाभासले युरोपभरि एउटा बृहत् बहसलाई इन्धन दिइरहेको छ। यदि युरोपेलीहरूले बढी पैसा तिर्नुपर्ने, आफ्नो रक्षा आफैँ गर्नुपर्ने र आफ्नै सुरक्षाका लागि ठूलो जिम्मेवारी काँधमा लिनुपर्ने हो भने, उनीहरू वासिङ्टनको वर्चस्व रहेको गठबन्धनमा किन निर्भर रहिरहने?

८. के नेटो अझै पनि अस्तित्वमा रहनुपर्छ?

अंकारा शिखर सम्मेलनमा मडारिएको सबैभन्दा ठूलो प्रश्न सम्मेलन हलभित्र होइन, बरु सडकहरूमा थियो: के नेटो  अझै पनि अस्तित्वमा रहनुपर्छ? सोभियत संघलाई रोक्नका लागि सन् १९४९ मा स्थापना भएको यस गठबन्धनले शीतयुद्ध समाप्त भएको लामो समयपछिसम्म पनि आफ्नो मिसनलाई निरन्तर विस्तार गर्दै लग्यो।  बाल्कनदेखि अफगानिस्तान जस्ता ठाउँहरूमा हस्तक्षेप गर्‍यो र आफ्नो मूल म्यान्डेट भन्दा धेरै परसम्म सैन्य शक्ति प्रदर्शन गरिरह्यो।

अंकारामा भएका प्रदर्शनहरू 'नो टु नेटो  नेटवर्क' (No to NATO Network) द्वारा प्रतिनिधित्व गरिएको एउटा बृहत् अन्तर्राष्ट्रिय आन्दोलनको हिस्सा थिए। यस नेटवर्कले नेटो देशहरूका शान्ति संगठनहरूलाई एकजुट गराउँछ, जसले यस गठबन्धनको सट्टा कूटनीति, निशस्त्रीकरण र सहयोगमा आधारित साझा सुरक्षा संरचना निर्माण गर्न आह्वान गरिरहेका छन्।

त्यस कोठामा ‘अथाह प्रेम थियो’ भन्ने ट्रम्पको दाबी एउटा स्मरणीय अभिव्यक्ति (साउन्डबाइट) त बन्न सक्ला, तर यसको शिखर सम्मेलनको वास्तविक रूपसँग कुनै मेल खाँदैनथ्यो। अंकाराले सैन्य खर्च, युक्रेन, इरान, लोकतन्त्र, सार्वभौमिकता र स्वयं आफ्नो उद्देश्यका विषयमा समेत विभाजित भएको एउटा गठबन्धनलाई उजागर गरिदियो।

त्यस कोठामा ‘अथाह प्रेम थियो’ भन्ने ट्रम्पको दाबी एउटा स्मरणीय अभिव्यक्ति (साउन्डबाइट) त बन्न सक्ला, तर यसको शिखर सम्मेलनको वास्तविक रूपसँग कुनै मेल खाँदैनथ्यो।

नेटो देशहरूका शान्ति अभियन्ताहरूका लागि, यी विरोधाभासहरूले उनीहरूले दशकौँदेखि उठाउँदै आएको तर्कलाई मात्र थप बलियो बनाउँछन्। युरोपलाई कूटनीति, हतियार नियन्त्रण, साझा सुरक्षा र सहयोगमा आधारित नयाँ सुरक्षा संरचनाको आवश्यकता छ।  जबकि अमेरिकालाई सैन्यकरणको साटो कूटनीतिमा भर पर्ने परराष्ट्र नीतिको खाँचो छ। उनीहरूका लागि यसको अन्तिम पाठ स्पष्ट छ: अब नेटो लाई विघटन गर्ने र यसको सट्टा हतियारको होडबाजीलाई बढावा दिनु तथा अनन्त युद्धको तयारी गर्नुको साटो तनाव कम गर्ने सुरक्षा प्रणाली लागू गर्ने समय आइसकेको छ।

स्रोत: काउन्टरकरेन्ट

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/

मेडेया बेन्जामिन

मेडेया बेन्जामिन 'ग्लोबल एक्सचेन्ज' (Global Exchange) र 'कोडपिङ्क: वोमन फर पिस' (CODEPINK: Women for Peace) की सह-संस्थापक हुन्। उनी निकोलस जे.एस. डेभिससँग मिलेर लेखिएको पुस्तक 'वार इन युक्रेन: मेकिङ सेन्स अफ अ सेन्सेलेस कन्फ्लिक्ट' (नोभेम्बर २०२२) की सह-लेखिका हुन्। उनका अन्य पुस्तकहरूमा निम्न समावेश छन्: इन्साइड इरान: द रियल हिस्ट्री एन्ड पोलिटिक्स अफ द इस्लामिक रिपब्लिक अफ इरान (२०१८) किंगडम अफ द अनजस्ट: बिहाइन्ड द यु.एस.-साउदी कनेक्सन (२०१६) ड्रोन वारफेयर: किलिंग बाइ रिमोट कन्ट्रोल (२०१३) डोन्ट बी अफ्रेड ग्रिंगो: अ होन्डुरन वोमन स्पिक्स फ्रम द हार्ट (१९८९) जोडी इभान्ससँगको सहकार्यमा: स्टप द नेक्स्ट वार नाउ (२००५)

भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको गम्भीर संकट

भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …

थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको नयाँ संकट

थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…

खामेनीको अन्त्येष्टिमार्फत् इरानले दिएको सन्देश

खामेनीको अन्त्येष्टिमार्फत् इरानले दिएको सन्देश

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…