शिरच्छेदन र सत्ताको चक्र: लोकहित भर्सेज आत्म-मोह
केहीदिन अगाडि केपी ओलीले पार्टीमा पुनर्गठनको माग गर्ने आफ्नै सहकर्मीहरुलाई लल्कार्दै भने, ‘तिमीहरु मेरो टाउको काटेर देऊ भन्ने ?! म दिन्न !’
कोही किन आफ्नै टाउको काटेर दिन्छ ?
नेवारी बौद्ध वाङमयमा साकेत नगरका राजा मणिचुड राजाको बारेमा ‘मणिचूड अवदान’मा उल्लेख पाइन्छ । त्यसमा राजाले दुर्भिक्ष निवारणका लागि आफ्नै शिर काटेर दिन्छन् ।
राजा मणिचुड जन्मँदै शिरमा रत्नजडित दिव्य चूडामणि लिएर जन्मिएका हुन्छन् ।
एक समय अकस्मात राज्यमा वर्षौंसम्म पानी परेन । खेतहरू बाँझिए । नदी र कुवा सुके । पशुहरू मर्न थाले । भयानक अनिकाल पर्यो । मानिसहरू गाउँ छोडेर भौंतारिन थाले ।
राजाले आफ्ना सारा अन्नभण्डार र राजकोष बाँड्दा पनि अनिकाल रोकिएन । आजित भएर राजाले विशेषज्ञहरुलाई बोलाएर सोधे, “प्रजा बचाउने उपाय के छ ?”
तिनले सुझाए, “राजन्, यो साधारण विपत्ति होइन। यसलाई अन्त्य गर्ने एउटै उपाय छ। तपाईंको शिरमा रहेको दिव्यमणि पृथ्वीलाई अर्पण गर्नुपर्छ, मणिचुड अवदान गर्नु पर्दछ । मौसुफको शिरै काट्नु पर्दछ ।”
सभा स्तब्ध भयो।
रानी, मन्त्री र भाइभारदारले विरोध गरे। उनीहरूले भने : “राजा रहेनन् भने राज्य कसरी बाँच्ला?”
तर मणिचूड मुस्कुराए। उनले भने : “प्रजा र प्राणीको खातिर मेरो मणि त के मेरो शिर पनि केही पनि होइन ।’
“मेरो एउटा जीवनले लाखौं प्राण जोगिन्छन् भने यो कुनै त्याग होइन। राजाको जीवन आफ्ना लागि होइन, प्रजा र प्राणीका खातिर हो।”
राजाले खड्ग उठाए र आफ्नै शिरच्छेदन गरे ।
राजाले करुणा, त्याग मात्र देखाएनन् ‘बल चक्रम् हि निश्रय धर्म चक्रम् प्रवर्तते ।’ (सत्ताको चक्र न्यायको चक्रमा टिकेको हुन्छ) भन्ने बौध राजधर्म पनि निर्वाह गरे ।
यस मिथ अनुसार साखुँ माथिको मणिचुड दह तिनै राजाको शिरच्छेदन हुँदा बगेको रगतले बनेको हो ।
राजविराजबाट लगभग १० किलोमिटर दक्षिण छिन्नमस्ता मन्दिर छ ।
मिथिलाको लोक किम्वदन्तिमा छिन्नमस्ता कालीकी एक भयानक रुप हुन् । बौद्ध वाङमयमा उनलाई बज्रबाराही भनेर चिनिन्छ ।
एक दिन छिन्नमस्ता आफ्ना संगिनी योगिनीहरुसंग मन्दाकिनी नदीमा स्नान गर्न गएकी थिइन् । त्यहीं क्षण योगिनीहरुले आफू भोकले अत्यन्त व्याकुल भएको बताए । देवीले उनीहरुलाई न नुहाएसम्म पर्खिन धैर्यता गर्न भनिन् । तर उनीहरुले उल्टै आग्रह गरे कि ‘ आमाले त शिशुलाई आफ्नो रगत खुवाएर पनि बचाउँछिन् ।’ तब देवीले उनीहरुको भोकको पीडालाई समन गर्न तरवार उठाएर आफ्नै गर्धनमा राखिन् र टाउको छिनालिन् । टाउको उनको देव्रे हातमा पर्यो । काटिएको गर्धनबाट रगतका तीनवटा धारा छुटे । दुइटा धाराको सेवन आफ्ना दुइटी सखीले गरे र एउटा धाराको उनी आफैंले गरिन् । यस त्रासद दृश्यको अन्तर्यमा भने उनी एक असाधरण त्याग र करुणाकी देवीको रुपमा देखिन्छिन् ।
बौद्ध र हिन्दू दुवै संप्रदायमा कथामा आउने ‘नागानन्द’को कथा छ । त्यसमा कथाका नायक जीमूतवाहनले अर्काको ज्यान बचाउन आफ्नो टाउको र शरीर दान गरेका थिए । शङ्खचूड नामक नागको ज्यान बचाउनका लागि जीमूतवाहन आफैँ रातो कपडा ओढेर वधशालामा सुते र गरुडलाई आफ्नो शिर र शरीर काटेर खान दिएका थिए ।
‘रामायण’मा रावणले पनि आफ्नो शिर काटेर दिएको कथा छ । उनि शक्ति आर्जनको निम्ति कठोर साधनामा थिए । कसै गरेर पुण्यदेव शिवजी प्रकत नभएको झोंकमा उनले आफनै आफ्नो शिर काटेर दिएको कथा पनि छ । त्यस क्रममा उनले शिवजीलाई प्रसन्न पार्नका लागि एक-एक गर्दै आफना दश मध्ये नौवटासम्म टाउको काटेर हवन कुण्डमा अर्पण (दान) गर्न भ्याएका थिए । यो स्व:शक्ति आर्जनको निम्ति देव पुजनको ज्याद्रो उपाय थियो । मालिक त्यसै खुशी हुँदैनन् भनेर भक्ति ।
माथि चर्चा गरिएका प्रसंगमा शिरच्छेदन र मणि दानको अर्थ बौद्ध वाङमयमा प्रयुक्त दान पारमिता हुनसक्दछ । शिरच्छेदनको अर्थ भौतिक रुपमा राजमोग त्याग हुन सक्दछ, त्यो पनि लोकहितमा देखिन्छ । अपवादमा रावणले मात्रै स्व:शक्ति आर्जनको निम्ति देव तुष्टीकरण गर्न गरेको देखिन्छ । मणी दानको अर्थ राजकीय मानमर्यादाको त्याग, निस्पृयता र प्रज्ञाको आलोक उत्सर्जन गर्नु हुन सक्दछ ।
यहाँ प्रयुक्त भएको दुर्भिक्ष भनेको भौतिक, साँच्चिकै अनिकाल मात्र नभएर आध्यात्मिक, धर्म, करुणा र प्रज्ञाको अभावलाई प्रतिकात्मक अर्थमा प्रयोग भएको पनि हुन सक्दछ ।
सबै जसो धार्मिक कथ्य परम्परामा यस्ता सांकेतिक उपमा प्रयोग गर्ने विधि वहुधा अपनाइएको देखिन्छ ।
कुरो लोकहितमा आत्ममोहको त्यागको अर्थ हुन्छ, त्यसमा हठको होइन ।
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा अनुवादकको नाम, मूल लेखको स्रोत र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
प्रतिक्रान्तिको मतियार बन्दै रास्वपा?
के धनको बलमा बदल्न सकिन्छ वैश्विक नैतिकता?
देङले कसरी साम्राज्य बनाए र गोर्भाचोभले कसरी महाशक्ति गुमाए ?
तर्कशील भारतीयले सुन्न पनि सिक्नै पर्छ
गन्तव्य
इतिहासकै सबैभन्दा रंगभेदी विश्वकप
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
प्रतिक्रिया