अरुतिरको अनुभव: व्यक्तिपुजा राम्रो होइन
सन् १९५७ । माओ चतुङको नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डल मस्को पुग्यो । भनिन्छ, माओले तङ सियाओपिङको बारेमा परिचय गराउँदै निकिता ख्रुश्चेवलाई भनेका थिए, ' यी होचा कदका मानिसलाई हेर्नो'स त ! यिनी तीक्ष्ण बुद्धिका छन् र ठुलो सम्भावना बोकेका छन् ।'
तङ सियाओपिङको राजनीतिक जीवन घामछायाँमा बित्यो । धनी किसान परिवारमा जन्मेका । फ्रान्समा पढ्दा पढ्दै मार्क्सवादमा तानिएका । चाओ एनलाईसंग उहीँ भेट भएका । पछि मस्को गएर अध्ययन गरेका । २० वर्ष मात्रै उमेरका थिए,सन् १९२४ मा आफ्नो मुलुक, चीनमा फर्केर चिनियाँ कम्युनिष्ट पार्टीमा सामेल भए र जीवन भर त्यसमा लागिरहे । जनगणतन्त्र चीनको स्थापना हुँदा त्यसको उनी उपप्रधानमन्त्री बने । सन् १९५६ मा भएको चिनियाँ कम्युनिष्ट पार्टीको आठौं महाधिवेशनमा पार्टीको महासचिव चुनिए । सन् १९६६ मा सुरु भएको सांस्कृतिक क्रान्तिमा ' दुई नम्बरको पुँजीवादी पन्थी' भनेर पार्टीबाट निस्काशनमा परे । सन् १९७३मा माओ चतुङको पहलमा पुनर्स्थापित भए र उपप्रधानमन्त्री भए । सन् १९७६ मा प्रधानमन्त्री चाओ एनलाईको मृत्युपछि 'ग्याङ अफ फोर'को कार्वाहीमा परेर पुन: पार्टीबाट निस्कासनमा परे । अर्को वर्ष नै ह्वा कोफङले उनलाई पुनर्थापना गरे । सन् १९७८ पछि भने उनले राज्य र पार्टीको सर्वोच्च लगाम न समाते पनि 'सर्वोच्च नेता'को रुपामा चीनमा 'सुधार र खुलापन' थाल्नी गर्ने श्रेय उनैलाई छ । उनी 'जीवन पर्यन्त नेतृत्व प्रणाली'लाई सामन्ती अवशेष मान्थे । उनले चाहेको भए ह्वा कोफङको अन्त्यपछि आजीवन पार्टी र राज्यको प्रमुख हुन उनलाई कसैले रोक्न सक्ने थिएन । तर उनमा त्यो आशक्ति रहेन र उनने आफ्नो विश्वासको बाटो रोजे । चीनमा 'दुई पदावधि प्रणाली'को थिति उनले नै बसालेका हुन् ।
तङ सियायोपिङले एक ठाउँ भनेका छन् :
"मेरो एउटा दृष्टिकोण छ : कुनै पार्टी वा देशले आफ्नो सम्पूर्ण आस्था कुनै एउटा वा दुईटा व्यक्तिमा नि:सृत गरेको छ भने त्यो उस्तो स्वस्थकर हुँदैन । अन्यथा त्यस्ता व्यक्तिको परिवर्तन हुनासाथै अस्थिरताले घर गर्न थाल्दछ । ... मलाई लाग्छ, व्यक्ति विशेषको भूमिकालाई अति जोड दिनु गलत हुन्छ ।"*
कार्ल मार्क्सको पनि ठीक यस्तै दृष्टिकोण थियो ।
*श्रोत : Deng Xiaoping And The Transformation Of China, Ezra F. Vogel
Image: https://i.ytimg.com
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
भारतमा वाम युगको अन्त्य
प्रतिक्रिया