ल्याटिन अमेरिकाले आँधीको सामना गर्दै: अलेक्जेन्डर दुगिन
अलेक्जेन्डर दुगिनले अब ल्याटिन अमेरिकामाथि हुनसक्ने नयाँ आक्रमणहरू बारे सचेत गराउँदै त्यसका विरुद्ध एकीकृत बहुध्रुवीय मोर्चाको निम्ति आह्वान गरेका छन्।
ट्रम्पले लागूपदार्थ कार्टेलसँग लड्ने बहाना बनाएर एकैपटक भेनेजुएला, कोलम्बिया र मेक्सिकोमा आक्रमण गर्ने धम्की दिइरहेका छन्। यस्तो देखिनुको पछाडीको कारण उनले आफ्नै “विशेष सैन्य अभियान” सुरु गरिरहेका जस्तो देखिन्छ। यदि उनले सो लक्ष्यका रूपमा क्यानडा र ग्रिनल्यान्डलाई छान्थे भने त्यसले हाम्रो पूर्ण समर्थन पाउने थियो। त्यो एक शसक्त वैश्वीकतावादी प्रवृत्तिविरुद्धको प्रहार हुने थियो। तर अहिलेको स्थितिमा ल्याटिन अमेरिकामा उनले गरेको गतिविधि शुद्ध साम्राज्यवादी गतिविधि हो। यो त्यो क्षेत्रमाथिको प्रत्यक्ष हस्तक्षेप हो।
बहुध्रुवीयताको पक्षमा स्पष्ट रूपमा खुलेका देशहरूमा आक्रमण गर्नु भनेको हामीविरुद्ध र वृहत्तर मानवताविरुद्ध गरिने प्रहार हो।
इजरायलले गाजामा, लेबनान, यमन, इरान र सिरियामा आक्रमण गर्यो। तर, इस्लामिक विश्व मौन रह्यो, यसलाई हुन दियो।
अब संयुक्त राज्य अमेरिकाले एकैपटक ल्याटिन अमेरिकी सभ्यताका तीन देशमा आक्रमण गर्ने तयारी गर्दैछ। यदि उनीहरूले ‘आफू–आफ्नैका लागि मात्र’ भन्ने सिद्धान्त पछ्याए भने, वा इस्लामिक विश्व जस्तैः मौन रहे भने यसले केही समयका लागि यस क्षेत्रमा पश्चिमी वर्चस्वलाई अझ बलियो बनाउनेछ।
ल्याटिन अमेरिकाका देशहरूले आफूमा एकताबध्द भएर संयुक्त राज्य अमेरिकालाई अन्तिम चेतावनी दिनुपर्छ। अहिले, हामी सबै(प्रत्येक 'ब्रिक्स' देश) ले वैश्विक बहुमत वास्तवमै के हो भन्ने कुरा देखाउनुपर्छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
Source: https://www.multipolarpress.com
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
भारतमा वाम युगको अन्त्य
प्रतिक्रिया