इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरान इजरायलबीच चलिरहेको युद्धमा अमेरिकामा पनि इजरायलको पक्ष लिँदै युद्धमा प्रत्यक्ष रुपमा उत्रिएको छ ।
भरखरै मात्र अमेरिकाको बी२ बमवर्षाकहरुले इरानका फोर्डो, नातान्ज, इस्पाःहान आणविक संयन्त्रहरुमाथि वमवर्षा गरेको छ। अमेरिकी राष्ट्रपतिले यो अभियान सफलतापूर्वक सम्पन्न भएको र अब शान्तिको लागि पहल गर्ने समय आएको बताएका छन् ।
तर इरानले त्यसको प्रतिरोध र बदला लिने घोषणा गरेको छ । यसअघि नै इरानले अमेरिका यस युद्धमा इजरायलको पक्षमा प्रत्यक्ष संलग्न भयो भने पश्चिम एशियास्थित अमेरिकी स्वार्थ केन्द्रहरु इरानी निशाना बन्ने चेतावनी दिइसकेको छ । त्यही मेसोमा अमेरिकाले कतारस्थित आफ्ना सबै युद्धक विमानहरुलाई त्यहाँबाट हटाइसकेको खबर पनि सार्वजनिक भइसकेको कुरा हो ।
रुस, चीन लगायतका मुलुकहरुले अमेरिकालाई इरानी आणविक केन्द्रहरुमा हमला नगर्न चेतावनी दिँदै आएका थिए । यस्तो स्थितिमा अमेरिका स्वयं इजरायलको रक्षामा उत्रिएपछि अब मध्यपूर्वमा युद्ध भड्किने आशंका विश्लेषकहरुले गरेका छन् ।
अमेरिकी कंग्रेसका डेमोक्र्याट सदस्य सारा ज्याकोबले ट्रम्पको यो कदम असंवैधानिक रहेका र यसले अमेरिकालाई अर्को अन्त्यहीन युद्धमा झोक्ने खतरा बढेको प्रतिक्रिया दिएका छन् ।
अमेरिकी आक्रमणले अब इरानलाई आणविक बम बनाउनेतिर बाध्यात्मक रुपमा धकेल्न सक्ने अवस्था पैदा भएको छ । अर्कोतिर विश्व तेल बजारको प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने मुख्य मार्गमध्येका एक स्ट्रेट अफ हर्मुजमाथि इरानले नाकाबन्दी लगाउने सम्भावना पनि बढेको छ । आफूमाथि आक्रमण भए त्यो कदम चाल्ने चेतावनी इरानले यसअघि नै दिँदै आएको छ । त्यसो भएको खण्डमा विश्व अर्थतन्त्रमा नयाँखालको संकट तथा आर्थिक मन्दीको अवस्था आउन सक्ने चेतावनी यसअघि नै विज्ञहरुले दिँदै आएका छन् ।
स्मरण रहोस्, ट्रम्पले चुनावताका संसारभरि चलिरहेको युद्धहरु रोक्ने कुरालाई मुख्य नाराको रुपमा अघि सारेका थिए ।
इरान समर्थित मानिने यमनका हुथी विद्रोहीहरुले अमेरिकी आक्रमणको बारेमा प्रतिक्रिया दिँदै ‘युद्धको शुरुवात’ भएको घोषणा गरेको छ । उसले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यता उताका आणविक केन्द्रहरुमाथि हमला गरेर युद्धको अन्त्य हुने छैन, यो त बरु युद्धको शुरुवात हो । अब हानेर भाग्ने समय सकियो ।’
यसअघि नै हुथी विद्रोहीहरुले अमेरिका इजरायलको समर्थनमा युद्धमा उत्रियो भने रेड सी (लाल सागर)मा अमेरिकी जहाजहरुमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । केही समयअघि मात्रै पनि अमेरिका र हुथी विद्रोहीबीच रेड सीमा हानाहान चलेको थियो । अमेरिकाले यमनस्थित हुथी विद्रोहीको अड्डामाथि वमवर्षा गरेको थियो । पछि अमेरिका र हुथीबीच एकअर्कोमाथि प्रहार नगर्ने भनी सम्झौता भएको थियो ।

इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

इरानको समर्थनमा बोले किराती

‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्ब…

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

रुसविरुद्ध युक्रेनको अपरेशन स्पाइडर: रुसको प्रतिशोध कस्तो होला ?

शान्तिवार्ताको प्रस्तावको जवाफ गोलीबाट दिनु राज्यद्वारा गरिने हिंसात्मक दमनको न…

शीर्षस्थ नेताको हत्याले भारतीय माओवादी आन्दोलनलाई गम्भीर धक्का !

प्रतिक्रिया